काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको पछिल्लो विवादित अभिव्यक्तिबारे नेताहरुले चासो दिएका छन्।
मंगलबारको बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिबारे विस्तृत जानकारी मागेका छन्।
आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको भनेका थिए। त्यसको कारण भने उनले नयाँ नक्सा सार्वजनिक र संविधान संशोधनलाई देखाएका थिए।
मंगलबारको बैठकमा बोलेका पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल तथा वामदेव गौतमले आफ्नो अभिव्यक्ति र आरोपलाई प्रष्ट पार्न भनेका थिए।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताएका थिए। बैठकमा बोलेका अन्य नेताहरुले पनि सोही आशयको जिज्ञासा राखेको एक स्थायी समिति सदस्यले जानकारी दिए।
बैठकमा अहिले खाजा ब्रेक चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।