Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको सत्ता संकटको कारण आन्तरिक कि बाह्य? [टिप्पणी]

64x64
किशोर दहाल सोमबार, असार १५, २०७७  १७:०६
1140x725

काठमाडौं- प्रधानमन्त्री बन्दा आफ्नो लोकप्रियता, जनता र जनप्रतिनिधिको मत तथा देशको आवश्यकताले बनें भन्ने र पदीय संकट आइलाग्दा दक्षिणतिर औंला उठाउने नेपाली राजनीतिको पुरानो सूत्रको पुनरावृत्ति गरेका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले।

इतिहासकै बलियो सरकार भनेर विगत २८ महिनायता दोहोरिँदै आएको विश्लेषण र विश्वासका विपरित प्रधानमन्त्री ओलीले आफ्नो सत्ता संकटको संकेत गरेका छन्। र, त्यसको कारणका रुपमा नेपाल र भारतीय शक्तिलाई देखाएका छन्। उनको संकेत छ- भारतको इशारामा नेपालका शक्तिहरुले आफूलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास गरिरहेका छन्। र त्यसको कारण हो, नक्सा सार्वजनिक र संविधान संशोधन।

'दिल्लीका सञ्चार माध्यमहरु सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ केके भइरहेको छ। यहाँका होटलहरुमा भइरहेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ। तर म तपाईंहरुलाई यति भनिदिन्छु- नेपालको राष्ट्रिता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरे वापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन। यो नसोचे पनि हुन्छ', मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले भने।

आन्तरिक संकट
प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन्। उनले पार्टी कमिटीबाट आफूले चाहेजस्तो गराउन नसक्ने परिस्थिति सिर्जना भएको लामो समय भइसक्यो। त्यहीमाथि सरकारलाई पार्टीको पकडबाट बाहिर राख्ने र महत्त्वपूर्ण काम पनि आफू खुसी गर्ने उनको तरिका थियो। उनले पार्टीले सरकारको कामको बचाउ गरिदिएन भनेर दोहोर्‍याइरहँदा पार्टीभित्रचाहिँ उनीबाट चल्दैन भन्ने निष्कर्ष निस्कँदै थियो। ओली निकट भनिने विष्णु पौडेल र वामदेव गौतमले नै ओलीबाट नचल्ने भन्दै आफूलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको माधव नेपालले केही अघि आफू निकट नेताहरुसँगको भेटमा खुलाएको समाचार सार्वजनिक भएको थियो।

पार्टीभित्र प्रधानमन्त्रीको रुपमा ओलीको औचित्यमाथि बहस चलेको धेरै भए पनि गत वैशाखको अध्यादेश प्रकरणपछि भने आम बहसको विषय बन्यो। अध्यादेश प्रकरणबाट विवादित बनेका ओलीलाई सचिवालयका कतिपय सदस्यले राजीनामा दिन भनेका थिए। स्थायी कमिटीका कतिषय सदस्यहरुले पनि बैठक बोलाउन दबाब दिँदै ओलीको राजीनामा माग्ने तयारी गरेका थिए। सो कुरा बुझेका ओलीले बैठक टार्न सफल भए। गत वैशाखमै माग गरिएको बैठक असारमा बस्दैछ।

वैशाखको अध्यादेश प्रकरणपछि ओलीका राजीनामा माग्ने विषयको नेतृत्व दुई नेताले गरेका थिए- पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल। सचिवालयको समीकरण नै यसरी विकास भयो कि ओलीले नमाने हटाउने तयारी समेत भयो। संसदीय दलमा हस्ताक्षर अभियान समेत चल्यो। नेता नेपाललाई त ओलीलाई हटाइएपछिको प्रधानमन्त्री भनेर समेत चर्चा गरियो।

अहिले चलिरहेको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा माग्ने कतिपय सदस्यको तयारी छ। त्यसको पूर्व आकलन गरेका ओलीले बैठकको छलफलमा सहभागिता जनाएका छैनन्। शुक्रबार बैठकमा उपस्थित नभएका ओली शनिबार पनि केही मिनेट मात्रै बसेर निस्किए। ओली नै उपस्थित नभएका कारण उनको आलोचना र राजीनामाको प्रसंग बैठकमा उठ्न पाएको छैन। सीमा लगायतका विषयमा मात्रै छलफल भइरहेको छ।

बाह्य भयमा कति यथार्थ?
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा केही विचारणीय कुरा छन्। पहिलो, नक्सा सार्वजनिक गरेको र संविधान संशोधन गरेकै कारण आफूलाई हटाउन खोजियो। दोस्रो, हटाउने प्रयासमा भारतको भूमिका छ र त्यसलाई नेपालका शक्तिले सघाइरहेका छन्। तेस्रो, पहिलो पटक प्रधानमन्त्री हुँदा पनि आफूलाई त्यसैगरी हटाइएको थियो। चौथो, कसैले हतारो नगरे हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा धेरै सरकार गिर्ने र बन्ने कारकको रुपमा भारतको भूमिका रहने गरेको विषय नयाँ होइन। 'भारतको माइक्रो म्यानेजमेन्ट' नेपाली राजनीतिमा चर्चित र विवादित विषय हो। सरकारले नक्सा सार्वजनिक र संविधान संशोधन गर्दा पनि भारतका तर्फबाट दबाब बढेको हुनसक्छ। भारतीय प्रयत्नले मात्रै पुग्थ्यो भने उसले सरकार ढाल्थ्यो भन्ने बुझ्न नेपाली राजनीतिको केही दशकको इतिहास स्मरण गर्दा पुग्छ।

तर अहिले ओलीमाथि निम्तिएको संकट र उनले भनेजस्तो भारतीय सक्रियताबीच तादम्यता देखिँदैन। पार्टीका मुख्य नेताहरुमा ओलीबाट पार लाग्दैन भनेर बढ्दै गएको विश्वासलाई वैशाख ८ मा जारी दुई अध्यादेशले चरम अवस्थामा पुर्‍याएको हो। तर त्यतिबेलासम्म प्रधानमन्त्री ओली नक्सा सार्वजनिक गर्नु ठूलो कुरा होइन भनिरहेका थिए। संविधान संशोधन त प्रसंगमै थिएन।

भारतले सन् २०१९ नोभेम्बर २ मा राजनीतिक नक्सा जारी गरेपछि नेपालमा पनि नक्सा सार्वजनिक गर्न दबाब बढेको थियो। संसदीय समितिले पनि निर्देशन दिन थालेका थिए। तर सरकारले अटेर गरिरहेको थियो। भारतीय रक्षामन्त्रीले वैशाख २६ मा नेपाली भूमि हुँदै मानसरोबर पुग्ने सडक उद्घाटन गरेपछि सरकारलाई नक्सा सार्वजनिक गर्न दबाब बढ्यो। नेकपा सचिवालय पनि नक्सा सार्वजनिक गर्न भन्यो। र नेपालको तर्फबाट पनि नक्सा सार्वजनिक भयो। संविधान संशोधनका बाँकी काम त्यसपछि उब्जेका हुन्। अहिले ओलीले चर्चा गरेको विषय त्यसपछि सिर्जित घटनाक्रमसँग सम्बन्धित छ। जबकि, राजीनामाको प्रसंग वैशाख मध्येमै उठिसकेको थियो।

अध्यादेश प्रकरण अरुले अरुले निम्त्याएको समस्या थिएन। अरु कसैले उनीमाथि षडयन्त्र गरेको र अप्ठ्यारो पारिदिएको विषय थिएन। उनैले निम्त्याएका समस्या हो। त्यसैले आफूलाई हटाउने प्रयासमा भारतको ‍सक्रियता छ र त्यसलाई नेपाली शक्तिले सघाइरहेका छन् भन्ने उनको अभिव्यक्ति पनि संगतीपूर्ण देखिँदैन। बरु उनले घुमाउरो भाषामा पार्टीभित्र आफ्नो राजीनामा माग्ने सबैलाई भारतीय षडयन्त्रको मतियार भएको करार गर्न खोजेका छन्। आफू बाहेकलाई भ्रष्टीकरण गर्न अघि सरेका छन्।

Xtrem

Xtrem

नक्सा सार्वजनिक र संविधान संशोधनमा पार्टीभित्र कुनै फरक मत र असन्तुष्टि सार्वजनिक भएको होइन। पार्टी भित्र र बाहिरबाट बलियो साथ पाएका थिए। यस खालको राष्ट्रिय सहमतिलाई त ओली स्वयंले प्रशंसा गरेका थिए।

सरकार ढाल्नै नै भए त्यसको अग्रभागमा त राजनीतिक दल र नेता हुनुपर्ने हो। तर नक्साको विषय, जसलाई उनी आफूलाई हटाउने षडयन्त्रसँग जोडिरहेका छन्, त्यसमा त सबैले उनकै पक्ष लिएका छन्। विरोधीले समेत प्रशंसा गरेका छन्। धन्यवाद दिएका छन्। तर, ओलीले आफूलाई साथ दिनेलाई नै आरोप लगाएर अचम्मको गैरराजनीतिक चरित्र देखाएका छन्।

पार्टी बाहिर प्रधानमन्त्रीको आलोचना गर्नेहरुले पनि नक्साको विषयमा धन्यवाद दिँदै उनले कोरोना नियन्त्रण र रोकथाममा अपेक्षाकृत काम गर्न नसकेको, अध्यादेश ल्याएर गैरराजनीतिक काम गरेको, भ्रष्टाचार बढेको जस्ता विषयमा केन्द्रित भएका छन्। उनीहरुले ‍प्रधानमन्त्रीको कार्यशैली सुधारको अपेक्षा गरेका छन्। मुख्यतः सरकार पाँचै वर्ष चलोस् भनेको पाइन्छ। सीमाको विषयमा प्रधानमन्त्रीको राजीनामा त सामाजिक सञ्चालमा पनि उठेका थिएन होला।

आफ्नो सम्बोधनमा उनले पहिलो कार्यकालमा पनि चीनसँगको सम्झौताका कारण आफूलाई हटाइएको स्मरण गरेका छन्। त्यो पनि पूर्ण सत्य होइन। २०७२ चैत ७-१४ मा चीनको भ्रमण गरेका उनले सोही समयमा सम्झौता गरेका थिए। जबकि, सरकार २०७३ साउनमा ढल्यो। २०७३ वैशाखमै उनको सत्ता साझेदार दल माओवादीसँग मतभेद देखिएको थियो। वैशाखमा भद्र सहमति गरेर सत्तामा निरन्तरता पाएका उनले त्यसको कार्यान्वयन नगरेपछि माओवादी सरकार परिवर्तनका लागि अघि सरेको थियो। सत्ता साझेदार दलसँग सल्लाह नगर्ने, माओवादीका नेताहरुलाई द्वन्द्वकालीन मुद्दामा फसाउने, कामभन्दा गफ बढी लगाउने लगायतका आरोप माओवादीसँग थियो। तर, उनले प्रचण्ड भारतीय षडयन्त्रको मतियार भएको अनेक आरोप लगाए।

अहिले उनले प्रधानमन्त्री परिवर्तनका लागि हतारो नगरे हुन्छ भनेर स्पष्ट पारेका छन्। हतारो गरिरहेका आरोप प्रचण्ड र नेता नेपालमाथि छ। उनको संकेत पनि त्यतैतिर भएको बुझ्न सकिन्छ।

समग्रमा पार्टीभित्र आफूलाई अप्ठ्यारो परेको र अप्ठ्यारो निम्त्याउने प्रचण्ड नेपाल भएको बुझेका ओलीले उनीहरुले भारतीय षडयन्त्रको आधारमा त्यस्तो गरिरहेको प्रयत्न गरेको बुझ्न कठिन छैन। उनी अझै पनि काम गरेर मन जित्नुभन्दा र पार्टीभित्र विश्वासको वातावरण बनाउनुभन्दा राष्ट्रवादी नारा बेचेर कुर्सी सुरक्षित राख्ने पुरानो सूत्रको प्रयोग गरिरहेका छन्।

प्रधानमन्त्रीले भनेजस्तो कतिपयले उनलाई प्रधानमन्त्रीबाट नहटाई हुँदैन भनेको सत्य हो। तर त्यसको कारण भने उनले भनेजस्तो नक्सा होइन, उनको कार्यशैलीले हो। अध्यादेश जस्ता विवादित कामले हो। पार्टीभित्रको अविश्वासपूर्ण वातावरणले हो। उनको सत्ता निरन्तरता पनि उनको चाहनाले होइन, जनताको समस्या र सपनाको सारथी हुने कुराले निर्धारण गर्छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण था... बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन।  केन्द्रीय निर्व... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्