उदयपुर– प्रहरीको ७० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। उयदपुरको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार दिउँसो उनले राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका हवल्दार सुरेन्द्रप्रसाद लम्सालले बैंकका पैसा जम्मा गर्न खोज्ने क्रममा ७० हजार रुपैंयाँ चोरी गरेका हुन्। छेउमा पैसा राखेर भौचर भर्ने क्रममा चौधरीले पैसा लिएर हिडेका थिए।
सिसिटिभी फुटेजका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उदयपुरका एसपी नवराज भट्टका अनुसार चोरी मुद्दामा चौधरीमाथि कारबाही अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।