• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टुंगिएला त नागरिकता विधेयक विवाद?

64x64
नेपाल लाइभ आइतबार, असार ७, २०७७  १४:१६
1140x725
फाइल फोटो : राज्य व्यवस्था समिति

काठमाडौं– नागरिक विधेयकमाथि जारी रहेको विवाद टुंग्याउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। प्रतिनिधिसभा अन्तर्गतको समितिमा दुई वर्षदेखि उक्त विधेयक विचाराधीन रहेको छ। विधेयकमा अंगीकृत नागरिकता दिने अवधिमा विवाद हुँदै आएको थियो।

सत्तापक्ष नेकपा नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्षको समय तोक्नुपर्ने पक्षमा रहेको छ भने प्रतिपक्ष नेपाली कांग्रेस अन्तरिम संविधान २०६३ कै व्यवस्था हुनुपर्ने पक्षमा रहेका छ।

२०६३ सालमा अन्तरिम संविधान निर्माण गर्दा अवधि तोकिएको थिएन। जसले गर्दा नेपालीसँग विवाह गरेकी महिलाले तत्काल नागरिकता पाउने अवस्था रहेको थियो। नयाँ संविधान जारी भएपछि उक्त संविधानमा संघीय कानुन बमोजिम हुने भनिएको थियो। संविधान सोही व्यवस्था अनुसार कानुन बनाउने छलफलका लागि सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक दर्ता गरेको थियो।

संघीय कानुन अनुकूल बनाउन दर्ता भएको यो विधेयक लामो समयसम्म उल्लेखित विषयमा विवाद भएकै कारण रोकिएको छ। यो विवादमा संसदीय समितिका अतिरिक्त पार्टीको उच्च तहले पनि आफ्नो लाइन स्पष्ट गरिसकेकाले आइतबार यसले अन्तिम रुप पाउने देखिन्छ।

नेकपा सचिवालयले वैवाहिक अंगीकृत नागरिकता दिने अवधि सात वर्ष राख्नुपर्ने निर्णय गरेको छ भने प्रतिपक्ष नेपाली कांग्रेसको शीर्ष नेतृत्वले २०६३ कै व्यवस्था हुनुपर्ने भन्ने पक्षमा निर्णय गरेको छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष नेकपा सचिवलयको शनिबार बसेको बैठकले निकालेको थियो।

समितिमा सत्तारूढ नेकपाको बहुमत छ। समितिमा सभापति श्रेष्ठसहित नेकपाका १५, कांग्रेसका ६, जसपाका ४, नेमकिपाका एक र स्वतन्त्र सांसद एक जना छन्। स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि नेकपालाई समर्थन गर्ने छन्। सत्तारूढ सांसदहरूको बहुमत भएकाले समितिबाट सो प्रस्ताव बहुमतले पारित हुने देखिन्छ। प्रक्रियामा गएर विधेयक पारित गरिए कांग्रेसले त्यसमा फरक मत लेख्ने भनेको छ। बैठकअघि कांग्रेस सांसदहरुले विधेयकमा नागरिकता ऐन २०६३ कै व्यवस्था हुनुपर्ने भनेर फरक नोट तयार गरेका छन्।

नेपाल नागरिकता ऐन ०६३ को दफा ५ को उपदफा १ मा विवाह गरेर आउने महिलालाई दिइने नागरिकताबारे व्यवस्था छ । जसमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नु पर्ने छ भन्ने उल्लेख छ।

Ncell 2
Ncell 2

समितिको मंगलबारको बैठकमा सात वर्षको कुरा छिरिसकेको छ। सभापति शशी श्रेष्ठले मध्यमार्गी प्रस्ताव भन्दै समितिमा पेश गरेकी थिइन्। लगत्तै नेपाली काग्रेसका सांसदहरुले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै एक दिने समय मागेको थियो। त्यसपछि शीर्ष नेता र समितिका सदस्यहरुले छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेस २०६३ कै व्यवस्थामा अडिक हुने निर्णय गरेको थियो। 

त्यसपछि बुधबार समितिको बैठक पुनः बसेको थियो। सो बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारका तर्फबाट समय माग गरेका थिए। सरकारले समय मागेपछि समितिले आइतबारसम्मको समय उपलब्ध गराएको थियो।

त्यसपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससहित समितिका सभापति र सदस्यहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा पनि कांग्रेसले पुरानै अडान कायम गरेको थियो। त्यसपछि शनिबार नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो। जसबाट पार्टीको लाइन स्पष्ट पारिएको थियो।

नेपाली नागरिकसँग विवाह गरेको सात वर्षपछि सरकारी अधिकारीसमक्ष निवेदन दिन पाउने र तबसम्मका लागि स्थायी बसोबास अनुमतिपत्र दिनुपर्ने पनि प्रस्तावमा उल्लेख छ। अनुमतिपत्रका आधारमा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न दिने प्रस्ताव गरिएको छ।

दुई बजे बस्ने समितिको बैठकमा आफ्नो नोट अफ डिसेन्ट राखेर कांग्रेस बाहिरिएपछि नेकपाका तर्फबाट विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारीमा सभापति श्रेष्ठ रहेकी छन्।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
२५ वर्षको शून्यता चिर्दै एन्टिडोपिङ समुदायमा नेपालको बलियो उपस्थिति
सम्बन्धित सामग्री
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा बुधबार, मंसिर २४, २०८२
२५ वर्षको शून्यता चिर्दै एन्टिडोपिङ समुदायमा नेपालको बलियो उपस्थिति बुधबार, मंसिर २४, २०८२
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता बुधबार, मंसिर २४, २०८२
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्