• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

टुंगिएला त नागरिकता विधेयक विवाद?

64x64
नेपाल लाइभ आइतबार, असार ७, २०७७  १४:१६
1140x725
फाइल फोटो : राज्य व्यवस्था समिति

काठमाडौं– नागरिक विधेयकमाथि जारी रहेको विवाद टुंग्याउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। प्रतिनिधिसभा अन्तर्गतको समितिमा दुई वर्षदेखि उक्त विधेयक विचाराधीन रहेको छ। विधेयकमा अंगीकृत नागरिकता दिने अवधिमा विवाद हुँदै आएको थियो।

सत्तापक्ष नेकपा नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्षको समय तोक्नुपर्ने पक्षमा रहेको छ भने प्रतिपक्ष नेपाली कांग्रेस अन्तरिम संविधान २०६३ कै व्यवस्था हुनुपर्ने पक्षमा रहेका छ।

२०६३ सालमा अन्तरिम संविधान निर्माण गर्दा अवधि तोकिएको थिएन। जसले गर्दा नेपालीसँग विवाह गरेकी महिलाले तत्काल नागरिकता पाउने अवस्था रहेको थियो। नयाँ संविधान जारी भएपछि उक्त संविधानमा संघीय कानुन बमोजिम हुने भनिएको थियो। संविधान सोही व्यवस्था अनुसार कानुन बनाउने छलफलका लागि सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक दर्ता गरेको थियो।

संघीय कानुन अनुकूल बनाउन दर्ता भएको यो विधेयक लामो समयसम्म उल्लेखित विषयमा विवाद भएकै कारण रोकिएको छ। यो विवादमा संसदीय समितिका अतिरिक्त पार्टीको उच्च तहले पनि आफ्नो लाइन स्पष्ट गरिसकेकाले आइतबार यसले अन्तिम रुप पाउने देखिन्छ।

नेकपा सचिवालयले वैवाहिक अंगीकृत नागरिकता दिने अवधि सात वर्ष राख्नुपर्ने निर्णय गरेको छ भने प्रतिपक्ष नेपाली कांग्रेसको शीर्ष नेतृत्वले २०६३ कै व्यवस्था हुनुपर्ने भन्ने पक्षमा निर्णय गरेको छ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष नेकपा सचिवलयको शनिबार बसेको बैठकले निकालेको थियो।

समितिमा सत्तारूढ नेकपाको बहुमत छ। समितिमा सभापति श्रेष्ठसहित नेकपाका १५, कांग्रेसका ६, जसपाका ४, नेमकिपाका एक र स्वतन्त्र सांसद एक जना छन्। स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि नेकपालाई समर्थन गर्ने छन्। सत्तारूढ सांसदहरूको बहुमत भएकाले समितिबाट सो प्रस्ताव बहुमतले पारित हुने देखिन्छ। प्रक्रियामा गएर विधेयक पारित गरिए कांग्रेसले त्यसमा फरक मत लेख्ने भनेको छ। बैठकअघि कांग्रेस सांसदहरुले विधेयकमा नागरिकता ऐन २०६३ कै व्यवस्था हुनुपर्ने भनेर फरक नोट तयार गरेका छन्।

नेपाल नागरिकता ऐन ०६३ को दफा ५ को उपदफा १ मा विवाह गरेर आउने महिलालाई दिइने नागरिकताबारे व्यवस्था छ । जसमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नु पर्ने छ भन्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

समितिको मंगलबारको बैठकमा सात वर्षको कुरा छिरिसकेको छ। सभापति शशी श्रेष्ठले मध्यमार्गी प्रस्ताव भन्दै समितिमा पेश गरेकी थिइन्। लगत्तै नेपाली काग्रेसका सांसदहरुले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै एक दिने समय मागेको थियो। त्यसपछि शीर्ष नेता र समितिका सदस्यहरुले छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेस २०६३ कै व्यवस्थामा अडिक हुने निर्णय गरेको थियो। 

त्यसपछि बुधबार समितिको बैठक पुनः बसेको थियो। सो बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारका तर्फबाट समय माग गरेका थिए। सरकारले समय मागेपछि समितिले आइतबारसम्मको समय उपलब्ध गराएको थियो।

त्यसपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससहित समितिका सभापति र सदस्यहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा पनि कांग्रेसले पुरानै अडान कायम गरेको थियो। त्यसपछि शनिबार नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो। जसबाट पार्टीको लाइन स्पष्ट पारिएको थियो।

नेपाली नागरिकसँग विवाह गरेको सात वर्षपछि सरकारी अधिकारीसमक्ष निवेदन दिन पाउने र तबसम्मका लागि स्थायी बसोबास अनुमतिपत्र दिनुपर्ने पनि प्रस्तावमा उल्लेख छ। अनुमतिपत्रका आधारमा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न दिने प्रस्ताव गरिएको छ।

दुई बजे बस्ने समितिको बैठकमा आफ्नो नोट अफ डिसेन्ट राखेर कांग्रेस बाहिरिएपछि नेकपाका तर्फबाट विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारीमा सभापति श्रेष्ठ रहेकी छन्।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मन्त्रालयले नीति, कार्यक्रम तथा निर्धारित लक्ष्यलाई नतिजामुखी ढंगले कार्यान्वयन गर्न र जिम्मेवार पदाधिकारीलाई कामको परिणामप्रति जवाफ... मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफ... मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्