काठमाडौं- बहराइनबाट दोस्रो उडानमार्फत २ सय ९१ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको चार्टर जहाजमार्फत असार ११ गते स्वदेश फर्काइने दूतावासले जनाएको हो।
यसअघि बहराइनमा समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन असार ३ गतेका लागि पहिलो उडान तय गरिएको थियो। सो उडान असार ७ गतेका लागि सरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।
सो पहिलो उडानमार्फत २ सय ५६ नेपाली स्वदेश फर्काइने दूतावासले जनाएको छ। बहराइनदेखि नेपालको चार्टर उडानको टिकट दर ३ सय ९२ अमेरिकी डलर कायम गरिएको छ। जहाजमा कम्तिमा ८५ प्रतिशत यात्रु भएमा मात्र उडान हुने बताइएको छ। यात्रु कम भए वा अन्य प्राविधिक समस्या निम्तिए उडान परिवर्तन हुनसक्ने दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।