• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : म पुग्दा वडाध्यक्षले मान्छे कुटिरहेका थिए [सुरुमा घटनास्थल पुग्ने प्रहरीको बयान]

64x64
नारायण अधिकारी सोमबार, असार १, २०७७  १९:५२
1140x725

काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ ज्यान जाने गरी भएको घटनामा ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
सोतीकी मल्ल थरकी एक युवतीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेका मध्ये ६ जनाको हत्या भएको थियो। सोही घटनाका ३४ अभियुक्तविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको छ। 

यस घटनाका बारेमा प्रहरीले कसरी थाहा पायो? घटनास्थल पुग्ने पहिलो प्रहरी के भन्छन्? यसबारे सबैभन्दा पहिला घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेले यस्तो बयान दिएका छन्।

मिति २०७७।०२।१० गते दिनभर म कार्यरत ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमको कार्यालयमा नै थिए। सोही समयमा कार्यालयमा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँमा जाजरकोटबाट केटाहरु आएका छन्।

झगडा हुनेवाला छ भनी सोही वडाका वडा अध्यक्ष डम्बर बहादुर मल्लले मोबाईल बाट कार्यालयको लेन्डलाईन नं ०८८–४०११०० मा सोही दिनको अ १७ ः १५ बजेतिर सुचना दिए पछि तत्कालै मोटरसाईकलमा साथमा मैले प्रहरी जवान श्यामजंग शाहलाई लिई कार्यालयबाट करीब ७ किमी उत्तर पुर्व पर्ने उक्त सोती गाउँमा पुग्नै लाग्दा मानिस कोही देखिन। त्यससपछि मैले सञ्चार सेटमार्फत हामी अघी भनेको स्थानमा पुगौं, यहाँ त मानिस कोही छैन, कहाँ हो भनी सोधेपछि कार्यालयबाट कुनै जानकारी आउनु भन्दा अगाडी बाटोमा एक जना स्वयम् सेवक भाईलाई देखेपछि यहाँ झगडा भएको भनी हाम्रो कार्यालयमा सुचना गएको छ कुन ठाउँमा हो? झगडा भएको भनी सोधपुछ गयौं। 

उनले यहाँ होईन झगडा भएको तपाईलाई कस्ले गलत सूचना दिएछ तल जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ८ औल जिउँला मध्य पहाडी लोक राजमार्ग भेरी नदी बगर स्थित सोती गाउँका मानिसहरु दौडिदै लखट्दै गएका छन्  र केही केटाहरु भाग्दै छन् भनेपछि उक्त स्थानमा पुग्दा थुप्रै मानिसहरु सडक बाटो तथा भेरी नदी बगरमा भेला जम्मा भएको देखेँ। 

१ जना केटालाई सडक बाटोमा केही व्यक्तिहरुले कुटपिट गरी रहेका थिए। अर्को १ जना केटालाई भेरी नदी किनारबाट केही व्यक्तिहरुले पिट्दै सडक बाटो तर्फ धकेल्दै हान्दै तान्दै ल्याउदै गरेका थिए। 

अन्य थुप्रै मानिसहरुले भेरी नदी बगरमा केही केटाहरुलाई कुटपिट गरिरहेको देखेपछि मैले के को झगडा हो ? किन मानिसलाई कुटपिट गरेको भनी हप्काई मेरो साथमा गएको प्र.ज. श्यामजंग शाहलाई सडक नजिक छोडी यी घाईते र कुटपिट गर्नेहरुलाई राम्रोसँग हेर्नु कसैलाई कुटपिट गर्न र भाग्न नदिनु भनी म सिधै नदी बगरमा पुग्दा ५ जना केटाहरुलाई केही व्यक्तिहरुले निर्घात कुटपिट गरिरहेका थिए। 

म पुग्दा निज व्यक्तिहरुले कुटपिट गर्न छाडे र घाईते मध्येका सुदिप खड्कालाई कसले तिमीहरुलाई कुटपिट गर्‍यो भनी सोधपुछ् गर्दा सोही स्थानमा रहेका सन्तोष मल्ल, टोप बहादुर मल्ल, परिवर्तित नाम ५६ रुकुम पश्चिम ३६(३) समेतका व्यक्तिहरुले म समेतका साथीहरुलाई लखेट्दै ढुङगा, मुढा, लाठी समेतले प्रहार गर्दै यहाँसम्म ल्याई निर्घात कुटपिट गरेका हुन भन्दै थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

निजको नाक मुखबाट रगत समेत वगिरहेको थियो। निज रुदै थिए। नदी पारी पनि थुप्रै मानिसहरुको भेला जम्मा थियो। नदी तरेर गएका केटाहरुलाई समेत कुटपिट गरिरहेका थिए। मैले त्यहीं नजिकका व्यक्तिहरुलाई हप्काई नियन्त्रणमा लिएं र नदी पारीको भिडलाई नियन्त्रण गर्नका लागि मैले जिप्रका जाजरकोटलाई खबर गरिदिनु भनी संचार सेट मार्फत मेरो कार्यालयमा खबर गरे। 

त्यसको केही समय पछि अस्थायी प्रहरी पोष्ट होलु जाजरकोटबाट प्रहरीहरु आई तिनीहरुलाई नियन्त्रणमा लियौं। मैले नदीको बिच बगरमा भएका  घाइते ५ जना केटाहरुलाई सडकमा ल्याएपछि वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई देखेँ। मैले निजलाई तपाई जनप्रतिनिधी जस्तो मान्छे भएर पहिला मान्छे कुट्ने अनि प्रहरीलाई खबर गर्ने भनी घाईतेहरु मध्ये एक जनाको कपडा (भेष्ट) खोली लागेको निलडाम समेत देखाई दिएपछि निज वडा अध्यक्ष केही बोलेनन्। 
सडक बाटोमा घाईते अवस्थामा रहेका महेश कार्की समेतले हामीहरुलाई कुटपिट गर्ने उहाँ नै हो भनी वडा अध्यक्ष डम्बर बहादुर मल्ल समेतका केही व्यक्तिहरुलाई भन्दै थिए। 

सोही समयमा इलाका प्रहरी कार्यालय चौरजहारीको प्रहरी भ्यान समेत आई पुग्यो र उक्त भ्यानलाई जाजरकोट साइडमा रहेका घाईतेहरुलाई लिन कालेगाउँ पुल नजिक पठाई चाइना बगर साइडबाट चौरजहारीतर्फ आउँदै गरेको भौतिक पुर्वाधारको गाडीमा भेरी नदीको बिच बगरमा फेला परेका ५ जना घाइते र सडक बाटो नजिक रहेका २ जना गरी ७ जना घाईतेलाई सोही गाडीमा राखी मैले उपचारको लागि मानव बिकास सामुदायिक अस्पताल चौरजहारी पुर्‍याएँ।

उपचार तथा सोधपुर्छ गर्दा जाजरकोटबाट सोती गाउँमा नवराज बिक समेत १८ जना केटाहरु आएको अवस्थामा गाउँलेहरुले ढुङ्गा मुढा समेतले प्रहार गरी लखेट्दै भेरी नदीमा पुर्‍याई निर्घात कुटपिट समेत गरी केही साथीहरु बेपत्ता भएका छन् भनेका थिए।

सोही दिनको राती अन्दाजी ८÷९ बजेको समयमा सोही भेरी नदीमा नवराज बिकको लाश फेला परेको थाहा पाएको हुँ। अन्य ५ जना बेपत्ता भएको र भेरी नदी तरी पारी गएका ५ जना केटाहरुलाई जाजरकोटबाट आएको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि ईप्रका चौरजहारीको गाडीमा पठाएपछि जम्मा घाइते १२ जना भएको थाहा पाएको हुँ। 

घटना बारेमा बुझ्दा जाजरकोटबाट आएका नवराज बिक समेतका १८ जना केटाहरुलाई सोती गाउँका मानिसहरुले ढुङ्गा मुढा समेतले प्रहार गर्दै छेका हाली भेरी नदीमा पुर्‍याई कुटपिट समेत गरी घाइते मध्येका केही साथीहरु भेरी नदीमा मृत अवस्थामा फेला परेको थाहा पाएको हुँ। 

घटनाको सूचना दिने व्यक्तिले सही स्थान पहिचान नगरी सूचना दिएकोले वास्तविक घटनास्थलमा पुग्न नै करिब १२÷१५ मिनेट भन्दा बढी ढिलो भएकोले ६ जना व्यक्तिहरुको ज्यानै गएको र १२ जना घाइते भएका हुन् भन्ने समेत व्यहोराको कागज।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:५२
  • #रुकुम_हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र आइतबार, भदौ २८, २०८३
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ आइतबार, भदौ २८, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्