• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चौरजहारी घटना : अनुसन्धानले देखायो 'जात' नै मुख्य कारण, नदीमा डुबेर होइन कुटपिटबाटै हत्या

64x64
नारायण अधिकारी आइतबार, जेठ ३२, २०७७  २२:१५
1140x725

काठमाडौं- रुकुमको चौरजहारीमा ६ जनाको ज्यान गर्ने गरीको घटना जातकै कारण भएको प्रहरीको अनुसन्धान प्रतिवेदनले देखाएको छ। आइतबार जिल्ला अदालत रुकुममा ३४ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दाको अभियोगपत्रमा हत्याको मुख्य कारण 'जात' नै भएको उल्लेख छ। 

जेठ १० गते जाजरकोटका गणेश बुढा, सन्जु विक, लोकेन्द्र सुनार, सीमा नेपाली, नवराज विक र गोविन्द शाहीको रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका-८ सोतीमा हत्या भएको थियो।

प्रहरी प्रतिवेदनअनुसार प्रतिवादी प्रकाशी मल्लले प्रहरीसमक्ष नवराज विकलाई 'डुम' भनी गालीगलौज गरेको कुरा स्वीकार गरेकी छन्। उक्त कुरा पोलिग्राफ परीक्षणबाट समेत पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। नेपाल लाइभलाई प्राप्त प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार अनुसधान अधिकारीसमक्ष प्रकाशीले नवराज विकलाई जातकै कारण प्रतिवादीहरुसँग मिलेर घेरा हालेर उम्कन नपाउने गरी लाठीले कुट्ने, ढुंगा प्रहार गर्ने गरेको देखिएको उल्लेख गरिएको छ। सोही कुटपिट र चोटका कारण नवराजसहित ६ जनाको ज्यान गएको अभियोगपत्रमा उल्लेख छ। 

प्रतिवादीहरुको बयान, उनीहरुसँगको सम्पर्क, कल डिटेल प्रतिवेदन, घटनास्थल मुचुलका, घटनास्थलको भौगोलिक परिवेशलगायतको अनुसन्धानबाट उनीहरुको हत्या कुटपिटबाटै भएको उल्लेख छ। 

प्रतिवादीहरुको पोलिग्राफबाट नवराजलाई उनकी प्रेमिकाको घर जाँदै गरेको देखेपछि टोपबहादुर मल्ल, प्रकाशी मल्ल समेतले एकआपसमा सल्लाह गरेर निगरानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ। ३ किलोमिटरभन्दा टाढा पुगिसकेको अवस्थामा नवराजसहितलाई लाठीले कुट्दै ढुंगा प्रहार गर्दै, लखेटेर भेरी नदीको किनारासम्म पुर्‍याइएको समेत प्रतिवेदनमा उल्लेख छ। उनीहरूमाथि लात, मुक्का र ढुंगा प्रहार भएको अभियोगपत्रमा उल्लेख छ। 

भाग्दै नदीमा पसेका नवराज विकसहितलाई नदीमा समेत ढुंगा प्रहार गरेर हत्या गरिएको दखिएको एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। मृतकहरूको घाउचोटको अवस्था, लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनमा 'ब्लन्ट फोर्स'समेत प्रयोग भएका कारण घाउचोट लागेको तथ्य स्थापित भएको उल्लेख छ। नवराजलगायत मृतकको शवमा चोटको प्रकृति हेर्दा ढुंगा प्रहारबाटै मृत्यु भएको पुष्टि भएको रुकुम पश्चिमका डिएसपी ठकबहादुर केसीले बताएका छन्। 

नवराज आएको थाहा पाएपछि प्रकाशीले श्रीमानलाई फोन गरेर जानकारी गराएको बयानमा बताएकी छन्। पछि श्रीमान आएर नवराजलगायतलाई 'कता जान्छन् हेर्दै गर्नू' समेत भनेकाकाले उनको नवराजको निगरानी गरेको उनले बयान दिएकी छन्। अन्तरजातीय विवाहबाट छोरीलाई छुटाउन भरमग्दुर प्रयास गरेकै कारण ६ जनाको ज्यान गएको अनुसन्धान प्रतिवेदनले देखाएको छ। किशोरीका परिवारले बैसाख १७ गते पनि नवराजलाई पक्राउ गरी चेतावनी दिएर प्रहरीलाई बुझाएको देखिएको छ। नवराजको ज्यान लिन उद्देश्यले नै षड्यन्त्र गरिएको प्रतिवेदनले देखाएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको अभियोगपत्रमा उल्लेख छ। 

Ncell 2
Ncell 2

आइतबार प्रहरीले चौरजहारी वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेको थियो। 

यस्तो थियो घटना
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवालाई लिएर किशोरी लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेर हत्या गरेको आरोप लागेको छ।

कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ। घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो। उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो।

यस्तो छ सजाय मागदाबी  
३४ प्रतिवादीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१), दफा १८३ (१),दफा ४१ (क), (ग) र जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ३(१) दफा ४ (५) बमोजिमको कसुर अपराधमा सजाय मागदाबी अभियोगपत्रमा गरिएको छ। 

संहिताको दफा १७७ कर्तव्य ज्यानको कसुर हो। जसअनुसार जन्मकैदसम्म सजाय हुने व्यवस्था छ। दफा ४१ मा जन्मकैदबारे उल्लेख छ। दफा ४१ ले यस्तो अपराधमा दोषी ठहर भएको व्यक्तिलाई बाँचुन्जेल जेल सजाय हुन सक्ने उल्लेख छ। सोही दफाको खण्ड (क) मा 'क्रुर यातना दिएर मारेमा' र (ग) 'अपहरण गरी वा शरीर बन्धक गरी मारेमा' जन्म कैद हुने खुलाएको छ। 

जातीय तथा छुवाछुतको घटना जोडिएका त्यसमा तीन महिनादेखि तीनवर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। साथै वडाध्यक्ष डम्बर बहादुर मल्ल सार्वजनिक पद धारण गरेका व्यक्ति भएको हुँदा निजको हकमा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ७(२) बमोजिम थप सजायसमेत मागदाबी गरिएको छ।

प्रतिवादीमध्ये ईन्द्रबहादुर मल्ल र किशोरीकी आमाबीच घटनाहुनुअघि फोन सम्पर्क भएको देखिन्छ। उक्त तथ्य कल डिटेल्सबाट समेत पुष्टि भएको देखिन्छ। इन्द्रले घटना भएको थाहा पाई घटनालाई लुकाउन छिपाउन मतियारको भूमिका निर्वाह गरेको पुष्टि हुन आएको हुँदा ईन्द्र बहादुर मल्ललाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(१) बमोजिमको कसूरमा सोही संहिताको दफा ३६ (३) (ख) बमोजिम सजाय हुन मागदाबी गरिएको छ।

साथै प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क (कम्पेन्सेसन लेभी) अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम हुनेसमेत मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो। 

यी हुन् प्रतिवादी 
चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोही ठाउँका डिल्लीबहादुर मल्ल ठकुरी, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुनलाई प्रतिवादी बनाउनँदै मुद्दा दायर गरिएको छ। त्यसैगरी नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसमेत प्रतिवादी छन्।

त्यसैगरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशम बहादुर मल्ल, धनाराज राना, नविनकुमार घर्ती, विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ललाई समेत प्रतिवादी बनाइएको छ। तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, सौरभ पुन भिमबहादुर बुढा फरार भएकाले फरार बनाएरै मुद्दा दर्ता गरिएको छ। अन्य दुई नाबालकको नाम भने उल्लेख गरिएको छैन।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  २२:१५
  • #चौरजहारी_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्