• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चौरजहारी घटना : अनुसन्धानले देखायो 'जात' नै मुख्य कारण, नदीमा डुबेर होइन कुटपिटबाटै हत्या

64x64
नारायण अधिकारी आइतबार, जेठ ३२, २०७७  २२:१५
1140x725

काठमाडौं- रुकुमको चौरजहारीमा ६ जनाको ज्यान गर्ने गरीको घटना जातकै कारण भएको प्रहरीको अनुसन्धान प्रतिवेदनले देखाएको छ। आइतबार जिल्ला अदालत रुकुममा ३४ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दाको अभियोगपत्रमा हत्याको मुख्य कारण 'जात' नै भएको उल्लेख छ। 

जेठ १० गते जाजरकोटका गणेश बुढा, सन्जु विक, लोकेन्द्र सुनार, सीमा नेपाली, नवराज विक र गोविन्द शाहीको रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका-८ सोतीमा हत्या भएको थियो।

प्रहरी प्रतिवेदनअनुसार प्रतिवादी प्रकाशी मल्लले प्रहरीसमक्ष नवराज विकलाई 'डुम' भनी गालीगलौज गरेको कुरा स्वीकार गरेकी छन्। उक्त कुरा पोलिग्राफ परीक्षणबाट समेत पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। नेपाल लाइभलाई प्राप्त प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार अनुसधान अधिकारीसमक्ष प्रकाशीले नवराज विकलाई जातकै कारण प्रतिवादीहरुसँग मिलेर घेरा हालेर उम्कन नपाउने गरी लाठीले कुट्ने, ढुंगा प्रहार गर्ने गरेको देखिएको उल्लेख गरिएको छ। सोही कुटपिट र चोटका कारण नवराजसहित ६ जनाको ज्यान गएको अभियोगपत्रमा उल्लेख छ। 

प्रतिवादीहरुको बयान, उनीहरुसँगको सम्पर्क, कल डिटेल प्रतिवेदन, घटनास्थल मुचुलका, घटनास्थलको भौगोलिक परिवेशलगायतको अनुसन्धानबाट उनीहरुको हत्या कुटपिटबाटै भएको उल्लेख छ। 

प्रतिवादीहरुको पोलिग्राफबाट नवराजलाई उनकी प्रेमिकाको घर जाँदै गरेको देखेपछि टोपबहादुर मल्ल, प्रकाशी मल्ल समेतले एकआपसमा सल्लाह गरेर निगरानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ। ३ किलोमिटरभन्दा टाढा पुगिसकेको अवस्थामा नवराजसहितलाई लाठीले कुट्दै ढुंगा प्रहार गर्दै, लखेटेर भेरी नदीको किनारासम्म पुर्‍याइएको समेत प्रतिवेदनमा उल्लेख छ। उनीहरूमाथि लात, मुक्का र ढुंगा प्रहार भएको अभियोगपत्रमा उल्लेख छ। 

भाग्दै नदीमा पसेका नवराज विकसहितलाई नदीमा समेत ढुंगा प्रहार गरेर हत्या गरिएको दखिएको एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। मृतकहरूको घाउचोटको अवस्था, लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनमा 'ब्लन्ट फोर्स'समेत प्रयोग भएका कारण घाउचोट लागेको तथ्य स्थापित भएको उल्लेख छ। नवराजलगायत मृतकको शवमा चोटको प्रकृति हेर्दा ढुंगा प्रहारबाटै मृत्यु भएको पुष्टि भएको रुकुम पश्चिमका डिएसपी ठकबहादुर केसीले बताएका छन्। 

नवराज आएको थाहा पाएपछि प्रकाशीले श्रीमानलाई फोन गरेर जानकारी गराएको बयानमा बताएकी छन्। पछि श्रीमान आएर नवराजलगायतलाई 'कता जान्छन् हेर्दै गर्नू' समेत भनेकाकाले उनको नवराजको निगरानी गरेको उनले बयान दिएकी छन्। अन्तरजातीय विवाहबाट छोरीलाई छुटाउन भरमग्दुर प्रयास गरेकै कारण ६ जनाको ज्यान गएको अनुसन्धान प्रतिवेदनले देखाएको छ। किशोरीका परिवारले बैसाख १७ गते पनि नवराजलाई पक्राउ गरी चेतावनी दिएर प्रहरीलाई बुझाएको देखिएको छ। नवराजको ज्यान लिन उद्देश्यले नै षड्यन्त्र गरिएको प्रतिवेदनले देखाएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको अभियोगपत्रमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार प्रहरीले चौरजहारी वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेको थियो। 

यस्तो थियो घटना
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवालाई लिएर किशोरी लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेर हत्या गरेको आरोप लागेको छ।

कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ। घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो। उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो।

Xtrem

Xtrem

यस्तो छ सजाय मागदाबी  
३४ प्रतिवादीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१), दफा १८३ (१),दफा ४१ (क), (ग) र जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ३(१) दफा ४ (५) बमोजिमको कसुर अपराधमा सजाय मागदाबी अभियोगपत्रमा गरिएको छ। 

संहिताको दफा १७७ कर्तव्य ज्यानको कसुर हो। जसअनुसार जन्मकैदसम्म सजाय हुने व्यवस्था छ। दफा ४१ मा जन्मकैदबारे उल्लेख छ। दफा ४१ ले यस्तो अपराधमा दोषी ठहर भएको व्यक्तिलाई बाँचुन्जेल जेल सजाय हुन सक्ने उल्लेख छ। सोही दफाको खण्ड (क) मा 'क्रुर यातना दिएर मारेमा' र (ग) 'अपहरण गरी वा शरीर बन्धक गरी मारेमा' जन्म कैद हुने खुलाएको छ। 

जातीय तथा छुवाछुतको घटना जोडिएका त्यसमा तीन महिनादेखि तीनवर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। साथै वडाध्यक्ष डम्बर बहादुर मल्ल सार्वजनिक पद धारण गरेका व्यक्ति भएको हुँदा निजको हकमा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ७(२) बमोजिम थप सजायसमेत मागदाबी गरिएको छ।

प्रतिवादीमध्ये ईन्द्रबहादुर मल्ल र किशोरीकी आमाबीच घटनाहुनुअघि फोन सम्पर्क भएको देखिन्छ। उक्त तथ्य कल डिटेल्सबाट समेत पुष्टि भएको देखिन्छ। इन्द्रले घटना भएको थाहा पाई घटनालाई लुकाउन छिपाउन मतियारको भूमिका निर्वाह गरेको पुष्टि हुन आएको हुँदा ईन्द्र बहादुर मल्ललाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(१) बमोजिमको कसूरमा सोही संहिताको दफा ३६ (३) (ख) बमोजिम सजाय हुन मागदाबी गरिएको छ।

साथै प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क (कम्पेन्सेसन लेभी) अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम हुनेसमेत मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो। 

यी हुन् प्रतिवादी 
चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोही ठाउँका डिल्लीबहादुर मल्ल ठकुरी, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुनलाई प्रतिवादी बनाउनँदै मुद्दा दायर गरिएको छ। त्यसैगरी नवराजकी प्रेमिका भनिएकी किशोरी, उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसमेत प्रतिवादी छन्।

त्यसैगरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशम बहादुर मल्ल, धनाराज राना, नविनकुमार घर्ती, विराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ललाई समेत प्रतिवादी बनाइएको छ। तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, सौरभ पुन भिमबहादुर बुढा फरार भएकाले फरार बनाएरै मुद्दा दर्ता गरिएको छ। अन्य दुई नाबालकको नाम भने उल्लेख गरिएको छैन।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  २२:१५
  • #चौरजहारी_घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
कार्टुन सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्