• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मेरो काम मैले भेटेका अरु सबै मानिसको भन्दा राम्रो छ : कृषिमन्त्री भुसाल

‘दलाल पूँजीवाद र बिचौलिया अर्थतन्त्रले कृषि क्षेत्र ध्वस्त भयो’
64x64
नेपाल लाइभ सोमबार, जेठ २६, २०७७  १८:३८
1140x725

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन भएको बजेटबाट आफू सन्तुष्ट रहेको सत्य भएपनि आफूले गरेको काम भने उत्कृष्ट रहेको दावी गरेका छन्। 

विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको संसदमा जवाफ दिने क्रममा मन्त्री भुसालले भने‚ ‘मलाई धेरैले सोध्छन्– कस्तो आयो त बजेट? के तैले सोचेजस्तै भयो? बजेटबाट मन्त्री नै असन्तुष्ट छ भन्ने पनि आयो’ मन्त्री भुसालले भने‚ ‘हो, म असन्तुष्ट भएकै हो। मैले भनेजस्तो भएन। तर मेरो काम मैले भेटेका अरु सबै मान्छेको भन्दा राम्रो चाहीँ भएको छ। यो चाहीँ म दावा गर्न सक्छु। अरु धेरैले सोचेभन्दा अहिले राम्रो भएको छ। तर मैले सोचेजस्तो अझै भइसकेको छैन।’

कृषि अहिले बहस र छलफलको विषय बनेको भएपनि संसदीय अभ्यास र काम गर्ने शैली सुध्रन नसकेको पनि मन्त्री भुषालले बताए। ‘संसद संसदजस्तो नहुने र आम मानिसका कुरामाथि विमर्श नहुनेजस्तो भयो। मन्त्रिपरिषद मन्त्रिपरिषदजस्तो भएन। त्यहाँ मन्त्री मन्त्रीमात्र भए। मन्त्रालयले के सोच्दैछ त्यो नीति तथा कार्यक्रममा आउँदैन। नीति तथा कार्यक्रममा जे आउँछ त्यो बजेटमा आउँदैन। तर यो विषयमा बोल्न आज संसदमा आएको होइन।’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

यो बेला कृषिका क्षेत्रमा पुनर्निर्माणको बेला रहेको र यो विषयमा अझै धेरै छलफल गर्न बाँकी रहेको पनि मन्त्री भुसालको भनाइ छ। ‘राजाका पालामा कृषिको एउटा संरचना बन्यो। पंचायत व्यवस्थाको अन्तिम १० वर्षमा खाद्यान्नमा परनिर्भरता सुरु भएको र प्रजातन्त्र पुनर्स्थापनापछि बजारमा आधारित अर्थतन्त्रको अभ्यास शुरु भएपछि नेपालको कृषि क्षेत्र धराशायी हुन थाल्यो’ उनले भने।

बजार व्यवस्थाले कृषिलाई ध्वस्त पारेको बताइरहँदा उनले कृषिको नयाँ व्यवस्था बनाउने अवसर अहिले रहेको पनि बताए। दलाल पूँजीवाद र बिचौलिया अर्थतन्त्रले कृषि क्षेत्र ध्वस्त भएको कुरा भुसालले संसदमा जोडतोडले दोहोर्‍याएका छन्। ‘कृषिको समस्या भनेको कृषिकर्मले बजार थान्न सकेको छैन। कृषिबाटै जिविकोपार्जन गर्न सक्ने अवस्था छैन। पछिल्लो दुई तीन दशकयता विकसित भएको दलाल पूँजीवादी अर्थतन्त्र र बिचौलिया अर्थतन्त्रलाई कहाँबाट ब्रेक गर्न सकिन्छ भनेर नयाँ व्यवस्था शुरु गरिनुपर्छ,’ उनले भने। 

Xtrem
Xtrem

त्यस्तै कृषि क्षेत्रको पुनर्स्थापनका लागि मन्त्रालयले तयार पारेका ५ वटा नीतिगत आधारहरु बनाएर दलाल पूँजीवाद र बिचौलिया अर्थतन्त्रको अहिलेको व्यवस्थालाई परिवर्तन ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नारासहित अभियान थालिएको पनि उनको भनाइ छ।  ‘सअघि सधै कृषिको कुरा मात्रै भएछ, तर कृषकको कुरा भएनछ। कृषकको बचत सुनिश्चित गर्ने विषयभन्दा हामीले अन्त सोचेछौं’ भुसालले भने। 

त्यस्तै कृषि अनुदानको रकम र अधिकांश शीर्षकको बजेट तल्लो तहमा पठाउन सक्नु पनि आफ्नो सफलता रहेको उनको भनाइ छ। ‘माथि पैसा राखेर मन्त्री र सचिवले बजेट स्वस्थानीको प्रसाद जस्तो गरी बाँढ्ने कामलाई रोक्ने र तल्लो तहमा बजेट पुर्‍याउने भन्यौं।’ भुसालले भने‚ ‘अंग्रेजी भाषामा लेखिएका प्रतिवेदनका आधारमा पैसा बाढ्ने र जसले उत्पादन गर्छ उसले पैसा नपाउने अवस्थाको अन्त्य गरिनुपर्छ। त्यही कारण अहिले कृषि मन्त्रालयको स्थानीयकरण भएको छ र सबै बजेट तल्लो तहमा गएको छ।’

बाली बिमा र हरेक बालीको न्युनतम समर्थन मूल्य तोकिनुपर्ने उनको भनाइ छ। भुसालले भने‚ ‘मैले किसानको नाफाको कुरा गरेको छैन। बचतको कुरा गरेको हुँ। न्युनतम समर्थन मूल्यमा कृषकले वस्तु बेच्न सकेनन् भने सरकारले किनिदिनुपर्छ। छिमेकी मुलुक भारतमै पनि यस्तो अभ्यास छ।’

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्