• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

आरडीटी पोजिटिभले दिएको भय

महेश श्रेष्ठ   आइतबार, जेठ २५, २०७७  १५:४५
1140x725

विश्व कोरोना भाइरसको महामारीबाट त्रसित छ।सबैजसो देश महामारीको चपेटामा परेका खबर आइरहेका छन्। कोरोनाका कारण अब के हुने हो भन्ने सन्त्रास मानिसहरुमा अहिले फैलिएको छ। 

नेपालमा कोरोना भाइरस संक्रमणबाट सर्वप्रथम सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु हुन पुग्यो। उक्त घटनाले जिल्लामा भय त्रास झनै बढ्यो। महामारीबाट जोगिन जिल्लाका क्रियाशील पत्रकारहरुले कोरोना परीक्षण गर्ने निधो गरे। जिल्ला जनस्वास्थ्य कार्यालयले जेठ १२ गते टेस्ट गर्ने भनेपछि पत्रकार जम्मा भएर आरडीटी टेस्ट गरियो।

उक्त टेस्टमा मेरोबाहेक सबैको नतिजा नेगेटिभ आयो। तर मेरो आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि नमुना १२ गते नै केन्द्रीय प्रयोगशाला टेकु, काठमाडौँ पठाइयो। त्यस दिन म आफ्नै मोटरसाइकलमा काठमाडौँदेखि आएको थिएँ। मसँग मित्र रामचन्द्र नेपाल पनि थिए, तर उनको आरडीटी रिपोर्ट नेगेटिभ आए तापनि मसँगै आएका कारण उनी पनि मसँगै खाडीचौरस्थित सृजनशील भनिने  संस्थाको क्वारेन्टाइनमा बस्यौं।

जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीको शङ्कास्पद व्यवहारले मलाई गराइएको टेस्ट सबैले देख्ने गरी गराइयो जहाँ पत्रकार, रेडक्रसका कर्मचारी र केही स्थानीय पनि थिए। त्यसले गर्दा सबै पत्रकारमा डर-त्रास फैलियो। कोरोना शङ्कामा एक कान, दुई कान मैदान भयो। लौ पत्रकारलाई त कोरोना लाग्यो भनेर हल्ला धेरैतिर फैलियो। तर म भने विश्वस्त थिएँ। ममा कुनै लक्षण नै थिएन। रुघा, सुक्खा खोकी, ज्वरो, श्वास प्रश्वासमा समस्या आदि केही पनि थिएन। 

त्यो दिन चौतारा बजारमा नै एक किसिमको सन्नाटा छायो। पत्रकारलाई कोरोना भाइरस संक्रमण भयो भनेर मेरा साथीहरुलाई समेत मेरा कारणले चौतारामा त्यो दिन बास बस्न दिइएन। धेरै साथीभाइले सान्त्वना दिए, ‘दाइ तपाईंलाई केही भएको छैन, डराउन हुन्न।’ तर, केही साथीभाइ टाढा भएको पनि मलाई महसुस भयो।

संकटका बेला सहयोग गर्नुपर्ने साथीभाइहरुमध्ये केहीले नै ममाथि हेर्ने दृष्टिकोण नै तत्काल परिवर्तन गरेको मलाई महसुस भयो। तै पनि आफूलाई केही भएको छैन भन्ने दह्रो आत्मविश्वासका कारण धैर्य भने गरिरहेँ, पीसीआरको नतिजाको प्रतीक्षा गरिरहें। मेरो घर परिवारसम्म कोरोना लाग्यो भनेर प्रचार गराइयो। 

आमाले फोन गर्नुभयो, ‘बाबु-तिमीलाई कोरोना लाग्यो रे हो? डराउनु हुन्न राम्रोसँग बस।’ मैले भनेँ, ‘केही भएको छैन आमा, नमुना परीक्षण गर्न काठमाडौं पठाएको छु, नतिजा आज आउँछ।

आमाले फेरि डराउन हुन्न है बाबु भनेर सान्त्वना दिनुभयो। 

Ncell 2
Ncell 2
nimb
nimb

भाइले फोन गर्‍यो, ‘खाली लखरलखर हिँडेको छ, नहिँड्नु भनेको मान्ने हैन।’

मेरोजस्तै मित्र रामचन्द्रको पनि घर परिवारमा कोरोना लाग्यो नै भनेर प्रचार गराइयो। 

यसबीचमा कतिको फोन आयो भन्ने हिसाब नै भएन। जवाफ दिँदा-दिँदा वाक्क भयौं म र रामचन्द्रजी। 

१५ गते टेकूबाट पीसीआरको रिपोर्ट नेगेटिभ आयो। त्यसपछि त्रासको सिँढी गल्र्यामगुर्लुम ढल्यो। हामीसँग टाढिन खोजेकाहरु पनि पुनः सम्पर्कमा आए। फोनका जति घण्टी उठाए पनि सबैको भनाइ हुन्थ्यो-ल बधाई छ। 

सरकार, हामी प्रतिनिधि पात्र मात्र हौं। हामीजस्तो कतिलाई आरडीटी परीक्षण गरेर यसरी त्रास फैलाइरहिएको होला । जब कुनै परीक्षणको भर नै हुँदैन भने आरडीटी परीक्षण किन गरिरहने? कमिशनको खेलो फड्को पार गरेर ल्याएका यस्ता सबै कीट सुनकोशीमा लगेर बगाइदिए हुन्छ। यसले आम नागरिकलाई स्वास्थ्य हैन, भय दिइरहेको छ। 

केहीअघि पनि सिन्धुपाल्चोककै गाउँपालिकाका अध्यक्षको पनि यस्तै भयो। जसको कुनै भर नै छैन। तामाझामका साथ आरडीटी पोजिटिभ गर्नुको अर्थचाहिँ के हो?

धेरैको आरडिटी पोजेटिभ आएर पिसिआर नेगेटिभ आएको उदाहरण हामीले दिनदिनै समाचार सुनिरहेका छौँ। भर्खरै मात्र पनि, एक ठाउँमा आरडिटी नेगेटिभ देखाएकोमा गाउँ पुग्दा धेरैलाई कोरोना सङ्क्रमण भनेर समाचार आइसक्यो।  मैले बुझ्न नसकेको कुरा हो यो। यसबीचमा मलाई दिइएको भयत्रासको क्षतिपूर्ति के हो? धेरैको आरडिटी पोजेटिभ आएर पिसिआर नेगेटिभ आएको उदाहरण हामीले दिनदिनै समाचार सुनिरहेका छौँ।

भर्खरै मात्र पनि  जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन। रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टिनमा बसेकाको पुनः आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो। घर पुगेको तीन दिन के बितेको थियो, नगरभित्रका ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो। यसबीचमा मलाई दिइएको भयत्रासको क्षतिपूर्ति के हो र कसले दिने? स्वास्थ्य मन्त्रीज्यू जवाफ पाऊँ। 

साँच्चै देशलाई महामारीबाट मुक्त गर्ने हो भने सरकारले जोखिममा रहेका आम नागरिकको घर-घर गएर पीसीआर परीक्षण गर्नुपर्ने होइन र?

(लेखक पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हुन्।) 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्