• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जब प्रहरीले व्यापारीलाई फोन गरे... व्यापारी, कर्मचारी र प्रहरीका तीनथरि कुरा, घटनापछिका प्रश्नको जवाफ खोइ?
उत्तम काप्री/हेमन्त जोशी शनिबार, जेठ २४, २०७७  २२:४४
1140x725

काठमाडौं- बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सुरक्षार्थ खटिएका प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर व्यापारीलाई फोन गरी विभागमा उपस्थित हुन उर्दी जारी गरे। विभागबाट प्रहरीले फोन गर्नु नियमसंगत नभएको भन्दै व्यापारीले महानगरीय प्रहरी परिसर टेकुलाई जानकारी गराए। परिसरले तत्काल विभागमा खटिएका प्रहरीलाई बोलाएर स्पष्टीकरण लियो। आफ्नो कार्यालयमा खटिएका प्रहरीलाई बोलाएर स्पष्टीकरण सोधेको थाहा पाएपछि विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले परिसरका एसएसपी श्यामलाल ज्ञवालीलाई फोन गरेर आपत्ति जनाए। व्यवसायीको कुराबाट प्रभावित भएर एसएसपी ज्ञवालीले अनुगमन कार्यलाई प्रभावित गर्न खोजेको कुरा प्रमुख जिल्ला अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई जानकारी दिए। यो विषय गृहसचिवसम्म पुग्यो। पछिल्लो तीन दिनयताको घटनाक्रम हो यो।

अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्ने प्रहरी, कानुनी प्रक्रिया लत्याएर मनलाग्दी तरिकाले बजार अनुगमन गर्ने वाणिज्य विभाग र अनुगमन रोक्न तथा प्रभावित गर्न माथिल्लो तहसम्म पहुँच भएका व्यापारीको खेल एकसाथ छरपस्ट भएको छ यो घटनाले। कानुनी र नीतिगत आधारभन्दा बाहिर गएर काम गरिरहेका यी निकाय पछिल्लो घटनाक्रममा भने एकअर्कासँग आरोपप्रत्यारोपमा उत्रिएका छन्। यद्यपि यो घटना बाहिर नल्याउन र सार्वजनिक भइहालेमा त्यसको सामान्यीकरण गर्न मन्त्रालयका सचिवसम्मलाई कुरा पुर्‍याएको नेपाल लाइभले फेला पारको छ।

के थियो घटनाक्रम?
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण अधिकांश व्यापारी अहिले फुर्सदमा छन्। फुर्सदको समयमा घरमै परिवारसँग बसिरहेका न्युरोडका व्यापारी विवेक शर्मालाई गत बिहीबार वाणिज्य विभागको ल्यान्डलाइनबाट ‘प्रहरी’को फोन गयो। लकडाउनकै कारण पछिल्लो समय वाणिज्य विभागले अनलाइनबाट व्यापार गर्ने कम्पनीहरूको अनुगमनमा सक्रियता बढाएको छ। अनलाइनमा राखिएका नम्बरहरूमा सम्पर्क गरेर नै व्यापारीहरूको सोधखोज गर्ने विभागको प्रक्रिया छ। बिहीबार र शुक्रबार पनि त्यसरी नै ती व्यापारीलाई विभागबाट फोन गरिएको थियो। तर विभागबाट प्रहरीले फोन गर्नु शंकास्पद भन्दै व्यापारी विवेक शर्माले महानगरीय प्रहरी परिसर टेकुलाई मौखिक जानकारी गराएका थिए। 

व्यवसायी शर्मालाई प्रहरी हवल्दार भोलाकाजी भण्डारीले फोन गरेका थिए। हवल्दार भण्डारीले शर्माको व्यक्तिगत जानकारी लिइसकेपछि उनले संचालन गरिरहेको व्यापार व्यवसायको दर्ता प्रमाणपत्रसहित सबै कारोबारको विवरण लिएर विभागमा आउन भनेका थिए। लकडाउनका कारण आफू विभागमा आउन नसक्ने बताएका ती व्यापारीलाई हवल्दारले भने‚ ‘तपाईं आफैं आउनु हुन्छ कि हामी आऔं।’ 

त्यसरी फोन आउनेबित्तिकै व्यवसायी शर्माले वाणिज्य विभागका केही कर्मचारीको साँठगाँठमा व्यापारी धम्काउन प्रहरी प्रयोग भइरहेको र विभागकै आडमा व्यापारीलाई प्रहरीले धम्कीपूर्ण फोन आउनु कानुनविपरीत रहेको भन्दै महानगरीय प्रहरी परिसरलाई मौखिक जानकारी गराएका थिए। 

पछिल्लो घटना बिहीबारको भएपनि यसको सुरुवात भने बुधबारबाट सुरु भएको देखिन्छ। शर्माले संचालन गरिरहेको व्यापार व्यवसायसँग सम्बन्धित कागजात विभागले बुधबार नै मागिएको थियो। बिहीबार त्यसैको फलोअपका रूपमा प्रहरीमार्फत् फोन गर्न लगाइएको थियो। व्यवसायी शर्माले आफूलाई किन बोलाइएको भन्दै विभागका कर्मचारीमाथि सोधपुछसमेत गरेको विभागले बताएको छ। तर शर्माले भने अनुसन्धान अधिकृतले आफूसँग कुरा गर्दा पनि सँगै प्रहरी राखेर आफूलाई तर्साउन खोजेको र अनावश्यक दबाब दिन खोजेको नेपाल लाइभसँग बताएका छन्। 

विभागका अनुसन्धान अधिकृतले काजगात माग गरेको विवरण कुनै आधिकारिक लेटरप्याडमा नभई सादा कागजको टुक्रामा लेखेर दिएपछि व्यवसायी शर्माले विभागको कार्यशैलीमाथि प्रश्न उठाए। उनी थप सशंकित बने। यो घटनाबारे एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी गराएको विषयमा भने व्यवसायी शर्माले विभागबाट प्रहरीको धम्कीपूर्ण फोन आउनु र विभागको आधिकारिक पत्रबिनै कर्मचारीले ‘सटकट’मा काम गर्न खोज्नु आफूलाई शंकास्पद लागेका कारण गर्नुपरेको प्रतिक्रिया दिएका छन्। आफूले यो घटनाबारे आन्तरिक राजस्व विभागका कर्मचारीसँग सुझाव लिएको र केही कानुन व्यवसायीसँग कानुनी परामर्श गर्दा विभागले कानुनविपरीत काम गरेको लागेपछि एसएसपी ज्ञवालीलाई जानकारी दिएको बताएका छन्। 

व्यवसायी शर्माले विभागबाट आफूलाई प्रहरीले फोन गरेको विषयमा एसएसपी ज्ञवालीलाई बताएपछि विभागमा कार्यरत प्रहरीलाई बोलाएर सोधपुछ गरेका छन् भने पुरानो टिमका ठाउँमा नयाँ टिम पठाइएको छ। 

Ncell 2
Ncell 2

व्यवसायी विवेक शर्मासँग नेपाल लाइभले गरेको कुराकानी जस्ताको तस्तैः
तपाईंको कम्पनीबाट भइरहेका व्यवसायजन्य क्रियाकलापबारे अनुगमन गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी लिन खोज्दा तपाईंले विभागको शैलीमाथि नै प्रश्न उठाउनु भएछ। महानगरीय प्रहरी परिसर टेकुलाई पनि जानकारी गराउनु भएछ। यसको वास्तविकता के हो?

मलाई बिहीबार वाणिज्य विभागको ल्यान्डलाइनबाट फोन आयो। ‘म प्रहरी हवल्दार....बोलेको। तपाईं कम्पनीको कागजात लिएर तुरुन्त विभागमा उपस्थित हुनुहोस्’ भनेर उताबाट कडा स्वरमा बोल्नुभयो। लकडाउनको समयमा के कति कारणले तत्काल विभागमा भेट्न आउने अन्यौलकै बीच मैले यो विषय एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी गराएँ। 

मेरो भर्जिन मोबाइल प्राइभेट लिमिटेड भन्ने संस्था १२ वर्ष पुरानो संस्था हो। तर अहिले त्यो बन्द छ। त्यही पसलका नाममा सामाजिक संजाल फेसबुकमा खोलिएको अकाउन्टमा मेरै नाममा दर्ता भएको अर्को कम्पनी स्वरुप ट्रेडर्सको विज्ञापन राखिएको थियो। विगत ४ वर्षदेखि संचालनमा आएको त्यो कम्पनीले सर्जिकल सामग्रीको बिक्री वितरण गरिरहेको छ र कानुनी रुपमै संचालन भइरहेको छ। तर भर्जिन मोबाइलले आफ्नो फेसबुक पेजमा विज्ञापन हालेको भएपनि त्यहाँ भेन्डर कम्पनीका रुपमा मेरै स्वामित्वमा भएको अर्को कम्पनीको नै नाम उल्लेख गरिएको छ। 

विभागको फोनपछि मलाई स्वरुप ट्रेडर्सको कागजपत्र लिएर विभागमा जाने हो अथवा भर्जिन मोबाइलको कागजपत्र लिएर जाने हो भन्ने पनि स्पष्ट भएन। भर्जिन मोबाइल नामको कम्पनीले अहिले कुनै पनि कारोबार गरेको छैन। बिक्रीवितरण गरेको छैन। तर फेसबुक पेजबाट स्वरुप ट्रेडर्सको मार्केटिङ गरेको हो। 

shivam cement

shivam cement

बिहीबार विभागबाट आएको फोनको शैलीमाथि चित्त नबुझेर एसएसपीलाई भनेको हुँ। ‘म प्रहरीको हवल्दार बोल्दैछु। तपाईं तुरुन्त विभागमा आउनुपर्‍यो,’ भनियो। हवल्दारले वाणिज्य विभागमा सबइन्सपेन्टरको अधीनमा ७ जनाको टिम छ र विभागले भनेपछि हामीले तपाईंलाई यहाँ बोलाउने हो भनेर धम्कीपूर्ण शैलीमा बोलेकाले मलाई यसमा असहज महसुस भयो। र नेपाल प्रहरीको काम त कुनै व्यापारीलाई बोलाउने होइन भन्ने लाग्यो। विभागको कर्मचारीले गर्नुपर्ने फोन प्रहरीमार्फत किन आयो भनेर मैले यो जिज्ञासा एसएसपी श्यामलाल ज्ञवालीसँग राखेको हुँ। 

विभागबाट तपाईंलाई बिहीबार पहिलो पटक फोन आएको हो? विभागले त त्यसअघि नै तपाईंलाई आफ्नो व्यवसायको दर्ता प्रमाणपत्र र बिलबिजक लिएर आउनु भनेको रहेछ। तर तपाईं भनेको दिन नगएपछि फलोअपका लागि मात्रै प्रहरीमार्फत् फोन गर्न लगाएको भनेको छ नि?
पहिलो दिन (बुधबार) फोन आइसकेपछि १ घण्टाभित्रमा विभाग गएँ। विभागमा कुराकानी भइसकेपछि मैले यही विषयमा आन्तरिक राजस्व विभागका कर्मचारीसँग परामर्श गरेँ। आन्तरिक राजस्व विभागका कर्मचारीले वाणिज्य विभागबाट काजगपत्र माग गरेको आधिकारिक पत्र माग्नू भन्ने सुझाव दिए। र मैले त्यहीअनुसार गरें। (आन्तरिक राजस्वको कुन अधिकारीसँग सुझाव लिएको भन्ने कुरा भने शर्माले खुलाउन चाहेनन्। को व्यक्तिसँग कुरा भएको भन्ने फोनको विवरण भने आफूसँग सुरक्षित रहेको उनको भनाइ छ।) 

कसैको उजुरी आएको भए त्यो पनि बुझ्नुपर्ने र लकडाउनको बेला व्यापारीलाई यस्तो फोन आउनु ठिक नभएकाले त्यसको प्रतिकार गर्नुपर्छ भन्ने सुझाव आएपछि मैले त्यहीअनुसार काम गरेको हो। आन्तरिक राजस्व कार्यालयले कर राजस्वको विषयमा स्पष्टता पारेपछि ती कर्मचारीसँग व्यापारीले यस्तो अवस्थामा सेवा दिनतर्फ लाग्ने कि व्यवसाय संचालन अनुमति लिन जाने भन्ने विषयमा छलफल भयो।  

मैले व्यापार व्यवसाय गरेको २० वर्षभन्दा बढी भयो। योबीचमा वाणिज्य विभागबाट यसरी फोन आएको पहिलो पटक हो। वाणिज्य विभागले वस्तुको मुल्य, गुणस्तरका विषयमा अनुगमन गर्ने गरेको थाहा थियो। तर फोन गरेर धम्कीको भाषामा मेरो व्यापार व्यवसायसँग सम्बन्धित विवरणहरू सबै लिएर आउनु भनेको पहिलो पटक हो।  

पहिलो कुरा त मलाई वाणिज्य विभागबाट गरिएको फोनमाथि नै शंका लाग्यो। आन्तरिक राजस्वका कर्मचारीले पनि व्यापारीलाई दबाब दिनका लागि वाणिज्य विभागले प्रहरीमार्फत फोन गर्न लगाएको हुनसक्छ भनेका थिए। म फलानो प्रहरी हवल्दार बोल्दैछु भनेको त त्यो प्रेसर दिन नै खोजेको हो भन्ने लागेपछि मैले एसएसपीलाई फोन गरें। यहीबिचमा म वाणिज्य विभाग गएँ। वाणिज्य विभागका कर्मचारीले मलाई एउटा सानो कागजको टुक्रामा लेखेर व्यवसाय दर्ताको प्रमाणपत्र, खरिद सामानको खरिद बिल, र बिक्री बिल (प्याड) विभागमा पेश गर्नु भने। कुनै पनि सरकारी कार्यालयले आधिकारिक रुपमा पत्र काटेर, समयसीमा तोकेर कति अवधिमा विवरण बुझाउने भन्ने खुलाइनुपर्थ्यो। तर त्यसो भएन। कागजका टुक्रामा लेखेर दिइयो। विभागले यसरी सर्टकटमा किन काम गरिरहेको छ भनेर मलाई झन् शंका भयो। 

प्रहरीबाट फोन आएको विषयमा कुरा गर्न मैले एसएसपीसँग समय मागें। एसएसपीले पनि यसलाई गम्भीर रुपमा लिएको र आफूले थप बुझ्ने भने। यही विषयमा शनिबार एसएसपीलाई भेट्न विभागमा खटिएका प्रहरीहरूसँग यस विषयमा जानकारी लिइरहेका थिए। कुन ल्याण्डलाइनबाट फोन आएको हो? हवल्दारको नाम के थियो भनेर मलाई सोधे। मैले पनि हवल्दारको नाम भने। उनले मेरैअगाडि ती हवल्दारलाई फोन गरेर विभागको काम मिलाएर तत्काल महानगरीय प्रहरी परिसर टेकु आउन भने।

एसएसपीले हवल्दारलाई फोन गरेर प्रहरी परिसर टेकु आउन भनेको २ देखि ३ मिनेटभित्रमा वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एसएसपीलाई फोन गरे। त्यति भइरहँदा म पनि एसएसपीकै कार्यकक्षमा थिएँ। महानिर्देशक सुवेदीले एसएसपी ज्ञवालीलाई के कुरा भने भन्ने त मैले सुनिनँ। तर ज्ञवालीले प्रहरीको काम कुनै व्यापारीलाई फोन गर्नु नभएको र आफू मातहत रहेका प्रहरीले गर्नुपर्ने र गरिरहेका कामका बारेमा आफूले जानकारी लिनु कर्तव्य रहेको बताइरहेका थिए। अनुगमनमा जाँदा सुरक्षा दिन भनेर खटाएको प्रहरीलाई तपाईंले व्यापारीलाई फोन गर्न लगाउनुहुन्छ भने भोलिका दिनमा प्रहरीले त्यसरी नै अरुलाई पनि फोन गरेर कानुनविपरीतका काम गर्न सक्छ, के त्यसको जिम्मा तपाईं लिनुहुन्छ भनेर प्रश्न गरिरहेका थिए। 

त्यसको १० देखि १५ मिनेटमा विभागमा खटाइएका प्रहरी हवल्दार भोलाकाजी भण्डारी र अर्को एक जना प्रहरी जवान ज्ञवालीका कार्यकक्षमा आइपुगे। उहाँहरूबीच यही विषयमा कुरा हुन थालेपछि म त्यहाँबाट हिडें। केही समयपछि विभागका ४ जना प्रहरीलाई कारबाही भएको छ र त्यहाँ नयाँ प्रहरी खटाएको छ भन्ने थाहा पाएको हुँ। मेरो व्यवसायको कुरा गर्दा यो १२ वर्ष भयो दर्ता भएको। तर मैले त्यसबाट व्यापार गरेको होइन विज्ञापन गरेको हो। 

तपाईंले वाणिज्य विभागले गर्दै आएको बजार अनुगमनलाई रोक्न र प्रभावित गर्न एसएसपीमार्फत फोन गरेको हो? विभागले त तपाईंलाई अनुगमनको काममा माथिल्लो तहबाट अनावश्यक दबाब दिन खोजेको भनेको छ नि?
मैले अनुगमनलाई प्रभावित गर्न खोजेको होइन। म त प्रकृयागत रुपमा जान खोजेको थिएँ। मलाई विभागबाट बुधबार पहिलो फोन आउँदा म त्यहाँ उपस्थित भएको छु। तर जब मलाई कागजको सानो टुक्रामा लेखेर दिइयो। त्यसपछि मेरो मनमा चिसो पस्यो। म त्यही चिटको भरमा जाने कि वास्तविक प्रकृयामार्फत जाने भन्ने दोधार भयो। हरेक काम कारबाहीको निश्चित प्रकृया हुन्छ, त्यो किन भएन भन्ने मेरो सबैभन्दा ठूलो जिज्ञासा हो। विभागको आधिकारिक लेटरप्याडमा सहिछापसहित आउनुपर्ने पत्र सानो काजगको टुक्रामा आएपछि शंका त त्यहीँबाट सुरु भएको हो।    

घटनाले उब्जाएका प्रश्न?
के व्यापारीले कालोबजारी गरेका थिए? दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेका थिए? यो थियो भनेपनि सुरक्षाका लागि खटिएका प्रहरी हवल्दारले व्यापारीलाई फोन गरेर तत्काल विभाग आउनु कसरी भने? यसरी भन्न कुन कानुनले दियो?

विभागमा उपस्थित भएका व्यापारीसँग कुरा हुँदा किन अनुसन्धान अधिकृतले प्रहरीलाई पनि सँगै राखे?

व्यापारीले गल्ती नै गरेको भए विभागको आधिकारिक लेटरप्याडमा यो-यो विवरण चाहियो भनेर माग्नुपर्नेमा किन सादा कागजमा माग्ने काम गरियो? सादा कागजको पछाडि किन अनुसन्धान अधिकृतको फोन नम्बर लेखेर दिइयो?

विभागले प्रहरी प्रयोग गरेर असुली धन्दा नगरेको भए प्रहरीले आफ्नो मातहतका कर्मचारीलाई अफिस बोलाउँदा किन तुरुन्तै विभागमका महानिर्देशकले प्रहरी एसएसपीलाई फोन गरे?

प्रहरीको गल्ती थिएन भने किन उनीहरूलाई परिसरमा फिर्ता बोलाइयो? 

के भन्छ प्रहरी?
यो घटनापछि विभागमा कार्यरत ४ जना प्रहरी एकैपटक महानगरीय प्रहरी परिसर काठमाडौं तानिएका छन्। किन ४ जनालाई नै तान्नु परेको त भनेर परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई सोध्दा उनले कोरोना महामारीका बेला परिसरमा जनशक्ति कम भएकाले उनीहरू चारै जनालाई तानिएको (विभागबाट फिर्ता बोलाइएको) बताएका छन्। तर, परिसर स्रोतले भने आरचणविपरीत विभागका उच्च तहका कर्मचारीसँगको मिलोमतोमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर फोन गरेको उजुरी परेपछि अनुसन्धानका लागि तानिएको दाबी गरेको छ।

के भन्छन् विभागका महानिर्देशक सुवेदी?
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी भने एसएसपी ज्ञवालीले व्यापारीको कुरामा बहकिएर आफ्नो कुरै नसुनी विभागबाट प्रहरी फिर्ता बोलाएको बताउँछन्। वाणिज्य विभागको कल सेन्टरमा पछिल्लो तीन चार महिनादेखि निजामती कर्मचारी र प्रहरीले आलोपालो काम गर्ने गरेका र विभागले अनुगमन गरिसकेपछि त्यसको फलोअपका रुपमा विभागबाट प्रहरी कर्मचारीले पनि फोन गर्ने उनको दाबी छ। 

'कागजसहित विभागमा उपस्थित हुनु भनेर प्रहरीले जुन व्यापारीलाई फोन गरेका थिए। ती व्यापारीले एसएसपीलाई कुरा लगाएछन्,’ महानिर्देशक सुवेदीले भने‚ ‘मैले यस विषयमा एसएसपीसँग कुरा पनि गरेको थिएँ। तर विभागबाट प्रहरीको सेललाई हेडक्वार्टर बोलाएको विषयमा आधिकारिक रुपमा कुनै पत्राचार भएको छैन।’ 

सुवेदीका अनुसार विभागमा प्रहरीको टोली महानगरीय प्रहरी परिसर टेकुले नभई जिल्ला प्रशासन कार्यालयले खटाउँछ। तर विभागमा कार्यरत प्रहरीलाई आफूलाई जानकारी नै नदिई प्रहरी परिसरले फिर्ता बोलाएको सुवेदीको दाबी छ। ‘हामीले तीन चार महिनादेखि निजामतीतर्फका र प्रहरी दुवैलाई आलोपालो कलसेन्टरको जिम्मा दिएका थियौं। एसएसपी सापले आफ्नो तरिकाले तान्नुभएको होला। तर हामीले जिल्ला प्रशासनलाई आग्रह गरेर पाएको प्रहरी परिसर टेकुले फिर्ता बोलाएको विषय मलाई ठिक लागेको छैन,’ उनले भने।  

‘वाणिज्य विभागले सीमित कर्मचारीका बाबजुद आफ्नो स्पिरिटमा काम गरिरहेको हुन्छ। प्रहरी प्रशासनले व्यापारीको कुरा सुनेर कर्मचारी हेडक्वार्टर तान्ने कि वास्तविकता के हो भनेर हामीसँग बुझ्ने? त्यो एसएसपी सापले  विवेक प्रयोग गर्ने कुरा हो,’ सुवेदीले नेपाल लाइभसँग भने।

बजार अनुगमनमा जाँदा सुरक्षाका रुपमा जाने प्रहरी टोलीलाई अनुगमन नहुँदाको समयमा कलसेन्टरको काममा पनि खटाइएको महानिर्देशक सुवेदीको भनाइ छ। ‘उहाँहरूलाई विभागमा यत्तिकै राख्नेभन्दा समाजसँग र बजारसँग भिज्न राम्रै हुन्छ भनेर त्यो जिम्मेवारी पनि दिइएको हो भनेर मैले एसएसपी ज्ञवालीलाई पनि भनें। तर उहाँले मसँग त्यति सकारात्मक भएर कुरा गर्नुभएन,’ उनले भने। विभागबाट प्रहरी फिर्ता झिकाएपछि मैले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकेको छु।’ 

कल सेन्टरमा प्रहरी खटाएको र व्यापारीलाई प्रहरीमार्फत फोन गर्न लगाएको विषयमा महानिर्देशक सुवेदीले विभागको निरीक्षण अधिकृतको निर्देशनपछि प्रहरीले व्यापारीलाई फोन गरेको बताएका छन्। व्यवसायी शर्माले गत बिहीबार विभागका कर्मचारीलाई थर्काएको पनि उनको भनाइ छ। ‘जुन व्यक्तिले प्रहरी प्रशासनको माथिल्लो तहलाई कुरा लगाए, तिनै व्यक्ति दुई तीन दिनअघि विभागको कार्यालयमै आएर विभागका कर्मचारीलाई थर्काउने किसिमले प्रस्तुत भएका रहेछन्,’ उनले भने‚ ‘मोबाइल पसल रहेका ती व्यापारीले आधिकारिक निकायमा दर्ताबिनै अनलाइनका माध्यमबाट विभिन्न सर्जिकल सामग्री बेच्ने गरेको विभागको अनुगमनबाट देखिएको थियो।’ बिहीबार कागज लिएर आउँछु भनेका शर्मा शुक्रबारसम्म पनि नआएपछि फलोअपका लागि प्रहरी हवल्दारले फोन गरेको उनको दाबी छ।

यही विषयमा कुरा गर्न खोज्दा एसएसपी ज्ञवालीले एकतर्फीमात्रै कुरा सुनेर प्रतिक्रिया जनाएको पनि उनले बताए। ‘प्रहरीले हामीलाई लकडाउन अवधिभर सघाएको छ। कसैको त्रुटी देखिसकेपछि विभागको आवश्यक कागजात माग गर्दा प्रहरीले पनि फोन गर्ने गर्थे। प्रहरीले निरीक्षण अधिकृतले भनेपछि फोन गर्ने हो,’ उनले भने। 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  २२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य
राज्य व्यवस्थाबाट समितबाट निजामती विधेयक पारित
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २, २०८२
दुई अर्ब ६१ करोड राजस्व सङ्कलन गत आवमा रु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिए । शुक्रबार, जेठ २, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो । बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
राज्य व्यवस्थाबाट समितबाट निजामती विधेयक पारित शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
एमालेसँगको एकता सम्बन्धमा प्रचण्ड : धेरैपटक धोका खाइयो, ०८४ अघि सम्भावना छैन शुक्रबार, जेठ २, २०८२
लिङ्देनको प्रश्न- फरक विचार राख्नेहरूलाई निषेध खोजिए हामी विद्रोहमा जान तयार छौं शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्