• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सीमाका नागरिकलाई भरोसा र सुविधा दिनुपर्छ

दिलेन्द्रप्रसाद बडु शनिबार, जेठ १७, २०७७  ११:१९
1140x725

कुटी, गुन्जी, नाबी क्षेत्रका बासिन्दा हाम्रै नागरिक हुन्। सुगौली सन्धिदेखि नै उनीहरु नेपालकै भूभागमा छन्। भारतले बनाएको नक्साले उनीहरु भारतीय भनिएका छन्।

१८१६ को सन्धि तथा २०१८ को जनगणनामा समेत उनीहरु हाम्रै भूमिमा छन्। १८१६ पछि सीमाका सन्दर्भमा कुनै नयाँ सन्धि भएको छैन। राणाकालपछि सीमाका तीन गाउँका बासिन्दाहरुलाई हामीले हेर्न सकेनौं। उनीहरुको सबै खालका आवश्यकता पुर्ति गरिदिन लाग्यो। ग्यास, रासन, लत्ता कपडा सबै व्यवस्था भारतले गर्दै आएको छ। प्रशासननिक ढंगले हामीले जोड्ने प्रयास गरेनौं।

हाम्रो भूमि भने पनि पूर्ण नक्सा हामीले सार्वजनिक गरेका थिएनौं। नक्सा हाम्रो हातमा भएपछि थप बलियो आधारसहित वार्ता गर्ने अवस्थामा पुगेका छौं। अर्कोतिर हाम्रै भूमिमा बसेका नागरिकसँग सम्पर्क र सम्बन्ध जोड्नुपर्छ। नेपालले उनीहरुलाई भरोसा दिनुपर्छ। अन्य नेपाली नागरिक सरहकै सुविधा पाउने गरी ढुक्क बनाउनुपर्छ।

बाटो, सुरक्षा लगायत न्युनतम आवश्यकता पुर्ति गर्ने प्रतिबद्धता सरकारबाट हुनुपर्छ। सरकारले उनीहरुलाई एउटै देशको नागरिक भएको प्रत्याभूति दिनुपर्छ। उनीहरुको मनोविज्ञान परिवर्तन गराउनुपर्छ। उनीहरुको मनोविज्ञान परिवर्तन गर्नलाई बाटो पुर्‍याउन पनि सकिएन। छाङरु र तिंकर भएर सीमामा जोड्ने बाटो बनाउन सकिएन।
 
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सरकारले सार्वजनिक गरे पनि सीमाका बासिन्दालाई जोड्न बजेटले सम्बोधन गर्न सकेको छैन। विगतदेखि संसदमा बाटोका लागि आवाज उठाइरहें। आफ्नो भूभाग नक्सामा ल्याएको सरकारले ती क्षेत्रमा बस्ने नागरिकलाई नेपाली भएको अपनत्व कायम गराउन सडकको लागि बजेट विनियोजन हुने अपेक्षा गरिएको थियो। सीमाका जनतालाई नेपाली भएको प्रत्याभूति दिलाउन बाटो आवश्यक भए पनि बजेट नै हटाइयो। भारतले व्यापारिक र सीमाका नागरिकको मनोविज्ञान तान्ने ध्येयले तीव्र गतिमा बाटो बनाइरहेको छ महिनाअघि पनि मैले भनेको थिएँ।

भूमिको स्वामित्वको लागि पहल भइरहेको छ। बाटो पुर्‍याउन थप आवश्यक थियो। सीमामा बस्नेले नेपाली भएको महसुस गराउन बाटो, सुरक्षा र भन्सारको पूर्वाधार अत्यावश्यक थियो। बाटोको प्रबन्ध गर्न सकिएन भने यातायातसँग कसरी जोडिन्छन्? जनताको गतिविधि बढे सीमाको सुरक्षा पनि हुन्छ। गतिविधि बढाउन सडक चाहिन्छ। सुरक्षा र बाटो नहुँदा नै तीन गाउँलाई भारतले आफ्नो दाबी गर्‍यो।

भूगोल नेपालको नक्सामा ल्याइए पनि त्यस क्षेत्रमा राजनीतिक र प्रशासनिक इकाइहरु सुरु हुन सकेको छैन। द्वन्द्वको समयमा माओवादीले भन्सार कार्यालयमा क्षति पुर्‍याएपछि पुनः सुरु हुन सकेको छैन। तिंकर र सीतापुरमा भन्सार कार्यालय थिए। दुवै स्थानमा व्यापार हुने नाका थिए।

सीमाको विषयले चर्चामा व्यापकता पाइरहेको अवस्थामा सीमासम्म पुग्ने बाटोका लागि बजेट विनियोजन नहुनु दुःखद हो। ती क्षेत्रमा रहेका नागरिकसँग जोडिन विशेष प्याकेजको व्यवस्था बजेटमा हुनुपर्ने थियो। नक्सा मात्रै बनाएर सरकारको दायित्व पूरा हुँदैन। सडक पुर्‍याउन सकेको भए जनताले सीमाको निगरानी पनि बढाउने थिए।

१ सय ३४ किलोमिटर दार्चुला–तिंकर सडक आयोजना वर्तमान सरकार बनेदेखि प्राथमिकतामा परेको थिएन। दार्चुला सदरमुकाम खलंगाबाट सुरु भई व्यास गाउँपालिकाको तिंकरसम्म बाटो जोडिने उक्त आयोजना थियो।

nimb
nimb
Ncell 2
Ncell 2

अर्थमन्त्री डा युवराज खतिवडाले उनको पहिलो बजेटमा उक्त सडक आयोजनाको शीर्षक मात्रै राखे, बजेट छुट्याएनन्। चालु आर्थिक वर्षमा बजेटमा शीर्षक नै हटाए भने आगामी वर्षको बजेटमा सीमा जोड्ने बाटोलाई प्राथमिकता दिएनन्। सीमा जोड्ने सडकको बजेट शीर्षक नम्बर २३७ र १०५ थियो। दुईटा अलग–अलग सडक आयोजनाका लागि बजेट छुट्याइएको थियो।

महाकाली करिडोर ब्रह्मदेवदेखि दार्चुला सदरमुकामसम्म २९१ किलोमिटर रहेको अर्को सडक आयोजना निर्माणाधीन रहेको छ। खतिवडाले २०७५/०७६ को बजेटमा दार्चुला–तिंकर सडक आयोजनालाई महाकाली करिडोरमा गाभिदिए। त्यसपछि दार्चुला–तिंकर सडक आयोजनालाई महाकाली करिडोरको खण्डमा रुपान्तरण गरियो।

गत निर्वाचनअघि नेपाली कांग्रेसको सरकारको समयमा दार्चुला–तिंकर सडक आयोजनालाई १४ करोड विनियोजन गरिएको थियो। कांग्रेसको सरकारको समयमा बाटो बनाउन विस्फोटक पदार्थ पनि पुर्‍याइएको थियो। सीमामा बाटो पुर्‍याउने योजना २०६४/०६५ सालदेखि सुरु भएको थियो। १३४ किलोमिटरमध्ये ४७ किलोमिटर बाटोको ट्रयाक खुलिसकेको छ। ४७ किलोमिटर सडक खुलेपछि बाटो व्यास गाउँपालिकाको कोठेधारसम्म पुगेको छ। ठेक्का आह्वान भएर बनेको कच्ची सडकले कोठेधारसम्म बाटोको ट्रयाक खुलेको छ।

तिंकर पुर्‍याउने बाटोको लागि नेकपा सरकार आइसकेपछि बजेट पनि विनियोजन भएन। खतिवडाको पहिलो बजेट वक्तव्यमा उक्त सडकलाई समेत महाकाली करिडोरमा गाभेका थिए। महाकाली करिडोरले दार्चुला सदरमुकामसहित बैतडी, कञ्चनपुरदेखि ब्रह्मदेवसम्म जोडिन्छ। महाकाली करिडोरमा सीमा जोड्ने आयोजनालाई जोड्ने नाममा नामोनिशान नै हटाइयो।

आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएको सडकका लागि पटक पटक रकम छुट्टिएको थियो। विगतमा ४ करोड देखि १४ करोडसम्म छुट्टिएको थियो। बजेट विनियोजन रोकिएपछि ८७ किलोमिटर बाटो निर्माण रोकिएको छ।

कुटी, गुन्जी, नाबी क्षेत्र र बासिन्दा नेपालको पूर्ण नक्सापछि ती नागरिक नेपाली भूभागमा परेका छन्। विगतमा भूभागको पक्षमा सशक्त आवाज नउठेपछि ती क्षेत्रका नागरिक भारतीय बनेका थिए। सीमा क्षेत्रमा रहेका नागरिकलाई भारतले विशेष महत्त्व दिएको छ। न्युनतम लागतमा खाद्य खरिदको व्यवस्था उनीहरुलाई दिइएको छ। भारतीय पक्षबाट विशेष सहुलियत प्राप्त गरेका छन्।

रोजगारीमा विशेष आरक्षण समेत सीमाका नागरिकलाई भारतले प्रदान गदै आएको छ। सरकारी बेवास्ताले नेपालको मूल प्रवाहमा ल्याउन कठिन हुन्छ। बजेटले सम्बोधन गर्न नसक्नु सरकार सीमाप्रति संवेदनशील हुन नसकेको देखिन्छ।

सरकारले केही दिनअघि सीमा सुरक्षाका लागि तैनाथ गरेको सशस्त्र प्रहरी बल सीमाभन्दा १९ किलोमिटर टाढा छ। बिओपी स्थापनाको छाङरुभन्दा उत्तम स्थान कौवा क्षेत्र हो। सीमाको साथै जंगलको पनि सुरक्षा हुने थियो। हाम्रो जंगल पनि भारतले नै प्रयोग गर्दै आएको छ।

वार्ता र संवादपछि निष्कर्षमा पुगेपछि हाम्रो सुरक्षाकर्मीलाई टिंकरमै राख्न सक्छौं। टिंकर चालु अवस्थामै रहेको नाका हो।

भारत र चीनले मानसरोवर जोड्ने सम्झौतालाई नेपालले स्विकार्नै हुँदैन। मानसरोवर हाम्रो भूमि हुँदै गएपछि आर्थिक गतिविधिमा सहभागिता नेपालीले नै पाउनुपर्छ। त्यसले गर्दा नेपालकै आर्थिक गतिविधि बढ्ने हो। अहिले दुई देशले खोलेको नाका प्रयोगमा आए हुम्ला हुँदै जानेहरु त्यहि बाटो प्रयोग गर्छन्। नेपाली भूमि दार्चुलाको सीतापुर हुँदै मानसरोवर जानेहरु पनि लिपुलेककै बाटो प्रयोग गर्छन। नेपाली भूमिको रुट नै परिवर्तन ल्याएपछि आर्थिक घाटा हुने नेपाललाई नै हो।

(दार्चुलाका कांग्रेस सांसद बडुसँगको वार्तामा आधारित)

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्