काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध अन्त्य गर्ने बताएका छन्। चीन विरुद्धको रणनीतिबारे बोल्दै उनले विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध समाप्त भएको घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ।
‘आजदेखि विश्व स्वास्थ्य संगठनसँगको हाम्रो सम्बन्ध अन्त्य गर्दैछौं’, उनले भने, ‘उसलाई दिइने कोष अब अन्य विश्व जनस्वास्थ्यलाई दिइनेछ।’
यसअघि ट्रम्पले डब्लूएचओलाई दिइँदै आइएको सहयोग रोक्ने घोषणा गरेका थिए।
उनले कोरोनाबाट आफ्नो नागरिकको ज्यान जानुमा चीनलाई दोष दिए। ‘चिनियाँ सरकारको दुष्कर्मको परिणाम स्वरूप विश्वले अहिले दुःख भोग्नु परेको छ’, उनले थपे, ‘एक लाख अमेरिकीको ज्यान लिने विश्व महामारी निम्त्यायो।’
उनले चीनको दबाबका कारण डब्लूएचओले भाइरसविरुद्ध सही दिशा निर्देश गर्न नसकेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।