काठमाडौं– सहमतिअनुसार यौन सम्बन्ध राख्न नदिई असभ्य भाषा प्रयोग गरी गाली गरेको रिसमा नयाँ बसपार्कमा गत साता युवतीको हत्या भएको खुलेको छ। प्रहरीले हत्याका अभियुक्तलाई भारतबाट पक्राउ गरी ल्याएको छ।
महानगरीय प्रहरी परिसरका सल्यानको सारदा घर भएका २१ वर्षिय गोपाल शर्माले युवतीको हत्या गरेका हुन्।
प्रहरीका अनुसार युवतीसँग सोही दिन चिनजान भएको थियो। २ हजार रुपैयाँमा युवती युवकसँग होटलमा रात बिताउन तयार भएकी थिइन्। युवतीले नै भुवेश्वरी गेष्ट हाउस एण्ड अर्जुन पाहुन घरमा लगेकी थिइन्।
होटलको २०३ नम्बर कोठामा दुवै मदिरा पिए। युवतीले भर्जिन ब्राण्डको रक्सी र युवकले बियर पिएका थिए। मदिरा पिएपछि युवतीले सम्बन्ध राख्न नदिएपछि हत्या गरेको खुलेको छ।
युवतीले ‘त जस्तो धेरै केटाहरुलाई लुटिसकेको छु, तलाई पनि केटाहरु बोलाएर लुट्छु, आफ्नै दिदी बहिनीहरुसँग सम्बन्ध राख’ भन्दै गाली गरेपछि युवक आवेगमा आएर हात खुट्टा बाँधी घाँटी थिचेर हत्या गरेका हुन्।
हत्यापछि भारत भागेका उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक बिक्रम लामा नेतृत्वको टोलीले पक्राउ गरेको हो।
युवतीको नाम रियाना भन्ने रिया अधिकारी भएको स्थानीयले बताएपनि उनको वास्तविक परिचय अझै खुल्न सकेको छैन। उनी नयाँ बसपार्क क्षेत्रमै बस्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।