काठमाडौं- विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ३ लाख ५० हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ।
संक्रमणपछि मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ अहिलेसम्म ९८ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा २७ हजार १ सय ३०, इटालीमा ३२ हजार ९ सय ५५, फ्रान्समा २८ हजार ५ सय ३३, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २४ हजार ५ सय १२, बेल्जियममा ९ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर संक्रमितको संख्या पनि ५५ लाख नाघेको छ। अहिलेसम्म ५५ लाख ८८ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ।
संक्रमितको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १६ लाख ८० हजार ६ सय २५, ब्राजिलमा ३ लाख ९१ हजार २ सय २२, रुसमा ३ लाख ६२ हजार ३ सय ४२, बेलायतमा २ लाख ६६ हजार ५ सय ९९, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३० हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २२ लाख ८६ हजार ८ सय २७ हजार जना संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ३ लाख ८४ हजार ९ सय २ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार ९ सय ६७, ब्राजिलमा १ लाख ५८ हजार ५ सय ९३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।