एजेन्सी- कोरोना भाइरसको संक्रमण भएको ११ दिनपछि यसको संक्रमण अरूमा नफैलने एक नयाँ अध्ययनले उल्लेख गरेको छ।
सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सियस डिजिज एन्ड एकेडेमी अफ मेडिसिनद्वारा प्रकाशित जोइन्ट पेपरमा उक्त कुरा उल्लेख गरिएको हो। सिंगापुरका एक संक्रामक रोग विशेषज्ञका अनुसार संक्रमण भएको ११ दिनपछि यो भाइरस संक्रामक हुन छोड्छ।
७३ जना कोभिड-१९ का बिरामीहरूमा गरिएको परीक्षणमा यस्तो देखिएको हो। अनुसन्धाता भने आफूहरूसँग यथेष्ट प्रमाण भएकोमा यो विषय ठूलो रिसर्चको विषय बन्नेमा ढुक्क छन्।
‘म धेरै ढुक्क छु किनकी कोरोना संक्रमण भएको ११ दिनपछि संक्रमितमा रहेको कोरोना भाइरस अन्य व्यक्तिमा सर्दैन र संक्रामक पनि हुँदैन।’ एनसिआइडीका कार्यकारी निर्देशक लियो यीसीनले सिंगापुरियन समाचार संस्था ‘द स्ट्रेट टाइम’सँग भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।