• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

लकडाउनमा लोकप्रियताको सिँढी चढ्दै अटुको 'चरी भए भुरुरु जान्थेँ उडेर'

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  १८:३७
1140x725

लकडाउनको समयमा भरपर्दो रोजगारी र आम्दानीको स्रोत नहुनेहरूको पीडा अर्कै छ। कतिका आफन्त परदेशमा छन्। यो माहामारीमा परदेशमा रहेका आफ्ना आफन्तहरूलाई के कसो हुने हो भनेर घरदेशमा हुनेहरूलाई चिन्ता भिन्नै छ।  परदेशमा बस्नेहरू पनि घरदेशमा रहेका आफन्तहरूलाई सम्झेर तनावमा छन्। एकातिर कोरोना भाईरसको पीर अर्कोतिर घरदेशकाहरूको पीर।

यही बेलामा एउटा गीत सामाजिक सञ्जाल बढी सुनिन थालेको छ। लेडिज भर्सनमा रहेको 'माथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, परदेशी माया सम्झेर, मन रुन्छ धुरुरु'। टिकटक, विशेष लिप्सिङ गरेर रमाईलो गर्न युवा पुस्ता आकर्षित छ। तर यो गीतमा भने लिप्सिङ गर्नेहरू धरधरी आँसु चुहाएर हेर्नेलाई समेत रुवाईदिन्छन्। हज्जारौँ पटक टिकटकमा सेयर भएको यो गीतले विशेष नेपालको यथार्थलाई छर्लङ्ग पारेको छ। 

देशमा भरपर्दो रोजगारी नभएपछि रोजगारी खोज्दै विदेश जाने लाखौँ युवाहरू छन्। साना लालाबालासमेत छोडेर हिँडेका कति हुन्छन् भने कति त बिहेको पर्सिपल्टै हिँड्नेहरू पनि हुन्छन्।

उनीहरूलाई कति चिन्ता हुन्छ होला, घरदेशमा बस्नेहरू पनि कति तनाबमा हुन्छन् होला परदेशिएका आफ्नाहरूलाई सम्झेर। 

करिब ३ वर्ष अघि ठ्याक्कै यही पीडा भोगेका हुन् यो गीतका गीतकार तथा संगीतकार डिआर अटुले। ५ वर्ष कोरियामा काम गरेर नेपाल फर्केपछि उनले बिहे गरे। बिहे गरेको केही दिनमै उनी फेरि फर्किए कोरिया। अघिल्लो पटक कोरिया जाँदै गर्दा भन्दा आफ्नी प्रियसीलाई छोडेर हिँड्नु पर्दाको दोस्रो यात्रा उनलाई कठिन लाग्यो। उनलाई छोड्न उनकी प्रियसी विमानस्थलसम्म आएकी थिईन्। 'आँखाभरि आँसु पारेर बसेकी उनले न नजाउ भन्न सकिन्, न उनी म जान्नँ नै भन्न सकेँ,' अटु विगत सम्झन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन निचोरियो, भक्कानो फुट्यो भित्र कतै। आँसु बरररर झर्‍यो। आँसुले त केही नदेखिँदो रहेछ। अँध्यारो भयो चारैतिर। गलाको पहेँलो खादाले पुछे, आँसु, जसलाई भर्खर उनै प्रियसीले सफलयात्राको कामना गरेर गलामा बेरिदिएकी थिईन्। यसो हेरे, उनी त झन्, मुर्छा हुँलाझै गरेर रोइरहेकी थिइन्। उनीजस्तै सयौँ रोइरहेका थिए आसपासमा, जसका पनि आफ्ना आफन्त लाग्दै थिए परदेश। 

'प्लेनमा पनि मन भारी भयो। कोरिया ओर्लेको अनेकौँ दिनसम्म पनि त्यही दृश्यले सताइरह्यो। मन बुझेन अनि झिके डायरी र लेखेँ यो गीत,' उनले भने।  

उनी आफैँ व्यस्त संगीताकार। नेपालका चलेका गायकहरूमध्ये अधिकांश गायकहरूसँग काम गरीसकेका छन् उनले। उनले संगीत गरेका दर्जनौँ हिट गीत छन्। तर उनले नवप्रवेशी गायिका बबिना किराँतीलाई चान्स दिए। बबिनाले जादु गरिन् कि गीत हिट बन्यो। उनी पनि यही गीतले हिट भइन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

झन्डै दुई वर्ष अघि रेकर्ड गरिएको यो गीत एक वर्षसम्म अपेक्षित लोकप्रिय हुन सकेन। गीतका अंशहरू टिकटकबाट सेयर हुन थालेपछि भने हेर्ने दर्शकले युट्युबमा पनि खोजे। टिकटकमा मात्र हज्जारौँले यो गीतको लिप्सिङ अभिनय गरेका छन्। 'रुँदै गरेका अभिनयले मेरो पनि आँसु झर्छ। अनि दु:ख र खुसी सँगै लाग्छ। दु:ख लाग्छ उनीहरूका आँसुले, खुसी लाग्छ आफ्नो गीतलाई माया गरेकाले' डिआर अटु भन्छन्।

विन्ध्यवासिनी म्यूजिक नामक यूट्युब च्यानलमा राखिएको यो गीतलाई १७ लाख बढीले हेरिसकेका छन्। गीतको सुन्दर छायाङ्कन गरिएको छ। जसलाई युवराज वाईबाले निर्देशन गरेका छन्। यो गीतमा अनिश र स्वयम् बबिनाले अभिनय गरेका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्