• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीरगञ्जका मेयर भन्छन्- परीक्षण साह्रै कम छ, प्रदेश र संघले सघाएन

64x64
दुर्गा दुलाल आइतबार, जेठ ११, २०७७  १९:३३
1140x725

काठमाडौं- चैत ३० गते वीरगञ्ज महानगरपालिका छपकैयाको एक मस्जिदमा बसेका तीन जनामा कोरोना संक्रमण देखियो। भारतबाट धर्मप्रचारका लागि आएर बसिरहेका २४ जना भारतीय मुस्लिम धर्मप्रचारकमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण फेला परेको थियो। हाल छपकैयामा मात्र ४० जना कोरोना संक्रमित रहेका छन्। यो अवधिमा ३ कोरोना जितेर डिस्चार्ज भएका छन् भने अझै  ३७ जना नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

नेपालमा लकडाउन शुरु भएकै दिन उनीहरू उक्त क्षेत्रमा आएर बसेका थिए। तीन जनाबाट शुरु भएको कोरोना संक्रमण अहिले पर्सा जिल्लाभर फैलिएको छ। ३ जनाबाट शुरु भएको कोरोना संक्रमण अहिले पर्सा जिल्लामा मात्र ९४ जनामा देखिएको छ। 

आइतबार मात्रै पनि पर्सामा ३ जना थपिएका छन्। यसमध्ये दुई जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन्। सबैभन्दा धेरै संक्रमित रहेको दोस्रो जिल्लाको रुपमा पर्सा भएको छ।  प्रदेश २ का सबैभन्दा धेरै संक्रमित भएको जिल्लाको रुपमा पर्सा छ। प्रदेश २ मा अहिले १७९ जना संक्रमित छन्। पर्सामा पत्रकार, स्वास्थ्यकर्मी,सुरक्षाकर्मीदेखि कैदीबन्दीसम्ममा कोरोना संक्रमण देखिइसकेको छ।

अहिलेसम्म वीरगञ्ज महानगरमा मात्र ८५ जना संक्रमित भेटिएका छन्। यीमध्ये दुई जना भारतीय नागरिक हुन्। त्यसमध्ये ७ जना शनिबार नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्जार्ज भए। सबैभन्दा धेरै संक्रमित वडा नम्बर ३ छपकैयाका छन्। महानगरको अहिले  ४ वटा क्वारेनटाइन चालु अवस्थामा रहेको मेयर विजयकुमार सरावगीले बताए। महानगरले सञ्चालन गरेको क्वारेनटाइनमा २ सय जना रहेको उनले बताए। 

‘हामीले धेरै मानिसलाई थुनेर राख्नेभन्दा परीक्षण गर्ने र रिर्पोट नेगेटेभ आए घर पठाउने तथा पोजेटिभ आए अस्पताल पठाउने विधि अवलम्बन गरेका छौँ,’ मेयर सराबगीले भने, ‘विभिन्न जिल्ला र गाउँपालिका मानिसहरुलाई  समन्वय गरेर  गाडी चढाएर पठाउने गरेका छौँ।’ 

परीक्षण हुनै सकेन
भारतबाट दैनिक मानिस भित्रने क्रम जारी रहेकाले कोरोना भाइरसको संक्रमित अझै वृद्धि हुने मेयर सराबगीको अनुमान छ। नेपाल भारतको खुल्ला सीमानाका कारण कतिपय मानिसहरु सिधै घरमा जाने र बस्ने गरेका कारण पनि परीक्षण हुन नसकेको उनले स्वीकार गरे। ‘महानगरले भारतबाट आउनेहरुलाई क्वारेनटाइन त राखेको छ तर परीक्षण किटको अभावले धेरैको परीक्षण हुन सकेको  छैन,’ उनले भने, ‘परीक्षणका लिइएको नमुनाको पनि ढिलो रिर्पोट आउँदा संक्रमित र अन्यलाई सँगै राख्नुपर्ने बाध्यता रहेको छ।’ 

परीक्षणमा धेरै समस्या भएको उनले बताए। ‘५ हजार परीक्षण किट मगायो भने ५ सय आउँछ। भित्रै गाउँगाउँमा पुग्न सकेका छैन,’ उनले भने, ‘२ हजार मानिसको मात्र परीक्षण  भएको छ, गाउँ गाउँमा मास टेस्टिङ हुनुपर्नेमा त्यो हुन सकेको छैन।’ 

Ncell 2
Ncell 2

केन्द्र र प्रदेशको बेवास्ता
भारतबाट नेपाल आउनेको संख्यामा कमी नआएको उनले बताए। व्यवस्थित तरिकाले नेपाल आउने व्यवस्था गर्न केन्द्र र प्रदेश सरकार उदासीन रहेको उनको आरोप छ। ‘यहाँ समस्यै समस्या छ। न परीक्षण किट पर्याप्त छ, त समयमै परीक्षण भएको छ,’ उनले भने, ‘यस्तो समयमा पनि प्रदेश र केन्द्रले स्रोत पनि पठाउँदैन।’ 

के छ महानगरको तयारी?
महानगरले सक्दो तयारी गरेको उनले दाबी मेयर सरावगीको छ।  महानगरले पहिलो संक्रमित फेला परेपछि  नै क्वारेनटाइनको तयारी गरेको र कोरोना अस्पताल बनाउने अभियान पनि शुरु गरेको उनको भनाइ छ। 

‘हामीले धेरै क्वारनटाइन बनाएर मानिसलाई थुनेर राख्नेभन्दा थोरै बनाउने तर गुणस्तर काम गर्न थाल्यौँ,’ उनले भने, ‘अहिले भारतबाट आएकाहरुको परीक्षण गर्ने र कोरोना देखिए अस्पताल पठाउने नत्र घरमा पठाउने गरेका छौँ।’ 

गाउँका मानिसहरूलाई सवारी साधनको व्यवस्था गरेर सोही क्षेत्रको क्वारनेटाइनमा बस्ने गरी पठाउने काम पनि गरिहेको उनले बताए। अहिले कोरोनाको संक्रमण हेरेर मानिसहरुलाई आइसोलेनमा राख्ने काम पनि भइरहेको उनले बताए। औषधी खानुपर्ने वृद्धवृद्धा र बालबालिकालाई अस्पतालमा भर्ना गर्ने नत्र अरुलाई सुरक्षित रुपमा क्वारेनटाइनमा राखिरहेको उनको भनाइ छ। अहिले डाक्टर र स्वार्थकर्मीलाई समेत प्रदेश र केन्द्रले नहेरेका कारण आफूहरूले नै व्यवस्था गर्नुपरेको उनको गुनासो छ। 

अहिलेसम्म बिरामी नारायणी उपक्षेत्रीय अस्पतालमा राखेको तर अब आफ्नै कोरोना अस्पतालमा राख्ने अवस्थामा पुगेको उनले बताए। ‘अहिले वीरगञ्जमा कोभिड अस्पताल शुरु गरेका छौँ,’ उनले भने, ‘जसमा ७० शय्या छ, अहिले २५ जना बिरामी त्यहाँ छन्।’ 

नारायाणी अस्पतालमा कोरोना उपचार नगर्ने सरकारको निर्णयपछि त्यसको वैकल्पिक व्यवस्था महानगरले गरेको उनले बताए। त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालयमा २ सय शय्याको आइसोलेसन पनि निर्माण गरिएको उनले बताए। आवश्यक भएमा त्यसलाई पनि उपयोगमा ल्याइने छ। 

‘अस्पतालमा औषधि खाने र बच्चालाई अनिवार्य राख्ने र अरुलाई सामान्य आएसोलेसन बेडमा राखेर उपचार गर्ने महानगरको योजना छ,’ उनले भने ‘ होम क्वारेनटाइन भनेपनि त्यो सम्भव नदेखिएकाले अझ ठूलो विपद् आए होटल प्रयोग गर्ने तयारीमा छौँ।’  क्वारेनटाइनका लागि होटल व्यवसायीसँग पनि महानगरले कुराकानी गरेको उनले बताए।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:३३
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभा उम्मेदवार छनोटमा थापाको फरक मत: महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्