• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीरगञ्जका मेयर भन्छन्- परीक्षण साह्रै कम छ, प्रदेश र संघले सघाएन

64x64
दुर्गा दुलाल आइतबार, जेठ ११, २०७७  १९:३३
1140x725

काठमाडौं- चैत ३० गते वीरगञ्ज महानगरपालिका छपकैयाको एक मस्जिदमा बसेका तीन जनामा कोरोना संक्रमण देखियो। भारतबाट धर्मप्रचारका लागि आएर बसिरहेका २४ जना भारतीय मुस्लिम धर्मप्रचारकमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण फेला परेको थियो। हाल छपकैयामा मात्र ४० जना कोरोना संक्रमित रहेका छन्। यो अवधिमा ३ कोरोना जितेर डिस्चार्ज भएका छन् भने अझै  ३७ जना नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

नेपालमा लकडाउन शुरु भएकै दिन उनीहरू उक्त क्षेत्रमा आएर बसेका थिए। तीन जनाबाट शुरु भएको कोरोना संक्रमण अहिले पर्सा जिल्लाभर फैलिएको छ। ३ जनाबाट शुरु भएको कोरोना संक्रमण अहिले पर्सा जिल्लामा मात्र ९४ जनामा देखिएको छ। 

आइतबार मात्रै पनि पर्सामा ३ जना थपिएका छन्। यसमध्ये दुई जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन्। सबैभन्दा धेरै संक्रमित रहेको दोस्रो जिल्लाको रुपमा पर्सा भएको छ।  प्रदेश २ का सबैभन्दा धेरै संक्रमित भएको जिल्लाको रुपमा पर्सा छ। प्रदेश २ मा अहिले १७९ जना संक्रमित छन्। पर्सामा पत्रकार, स्वास्थ्यकर्मी,सुरक्षाकर्मीदेखि कैदीबन्दीसम्ममा कोरोना संक्रमण देखिइसकेको छ।

अहिलेसम्म वीरगञ्ज महानगरमा मात्र ८५ जना संक्रमित भेटिएका छन्। यीमध्ये दुई जना भारतीय नागरिक हुन्। त्यसमध्ये ७ जना शनिबार नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्जार्ज भए। सबैभन्दा धेरै संक्रमित वडा नम्बर ३ छपकैयाका छन्। महानगरको अहिले  ४ वटा क्वारेनटाइन चालु अवस्थामा रहेको मेयर विजयकुमार सरावगीले बताए। महानगरले सञ्चालन गरेको क्वारेनटाइनमा २ सय जना रहेको उनले बताए। 

‘हामीले धेरै मानिसलाई थुनेर राख्नेभन्दा परीक्षण गर्ने र रिर्पोट नेगेटेभ आए घर पठाउने तथा पोजेटिभ आए अस्पताल पठाउने विधि अवलम्बन गरेका छौँ,’ मेयर सराबगीले भने, ‘विभिन्न जिल्ला र गाउँपालिका मानिसहरुलाई  समन्वय गरेर  गाडी चढाएर पठाउने गरेका छौँ।’ 

परीक्षण हुनै सकेन
भारतबाट दैनिक मानिस भित्रने क्रम जारी रहेकाले कोरोना भाइरसको संक्रमित अझै वृद्धि हुने मेयर सराबगीको अनुमान छ। नेपाल भारतको खुल्ला सीमानाका कारण कतिपय मानिसहरु सिधै घरमा जाने र बस्ने गरेका कारण पनि परीक्षण हुन नसकेको उनले स्वीकार गरे। ‘महानगरले भारतबाट आउनेहरुलाई क्वारेनटाइन त राखेको छ तर परीक्षण किटको अभावले धेरैको परीक्षण हुन सकेको  छैन,’ उनले भने, ‘परीक्षणका लिइएको नमुनाको पनि ढिलो रिर्पोट आउँदा संक्रमित र अन्यलाई सँगै राख्नुपर्ने बाध्यता रहेको छ।’ 

परीक्षणमा धेरै समस्या भएको उनले बताए। ‘५ हजार परीक्षण किट मगायो भने ५ सय आउँछ। भित्रै गाउँगाउँमा पुग्न सकेका छैन,’ उनले भने, ‘२ हजार मानिसको मात्र परीक्षण  भएको छ, गाउँ गाउँमा मास टेस्टिङ हुनुपर्नेमा त्यो हुन सकेको छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्र र प्रदेशको बेवास्ता
भारतबाट नेपाल आउनेको संख्यामा कमी नआएको उनले बताए। व्यवस्थित तरिकाले नेपाल आउने व्यवस्था गर्न केन्द्र र प्रदेश सरकार उदासीन रहेको उनको आरोप छ। ‘यहाँ समस्यै समस्या छ। न परीक्षण किट पर्याप्त छ, त समयमै परीक्षण भएको छ,’ उनले भने, ‘यस्तो समयमा पनि प्रदेश र केन्द्रले स्रोत पनि पठाउँदैन।’ 

के छ महानगरको तयारी?
महानगरले सक्दो तयारी गरेको उनले दाबी मेयर सरावगीको छ।  महानगरले पहिलो संक्रमित फेला परेपछि  नै क्वारेनटाइनको तयारी गरेको र कोरोना अस्पताल बनाउने अभियान पनि शुरु गरेको उनको भनाइ छ। 

‘हामीले धेरै क्वारनटाइन बनाएर मानिसलाई थुनेर राख्नेभन्दा थोरै बनाउने तर गुणस्तर काम गर्न थाल्यौँ,’ उनले भने, ‘अहिले भारतबाट आएकाहरुको परीक्षण गर्ने र कोरोना देखिए अस्पताल पठाउने नत्र घरमा पठाउने गरेका छौँ।’ 

गाउँका मानिसहरूलाई सवारी साधनको व्यवस्था गरेर सोही क्षेत्रको क्वारनेटाइनमा बस्ने गरी पठाउने काम पनि गरिहेको उनले बताए। अहिले कोरोनाको संक्रमण हेरेर मानिसहरुलाई आइसोलेनमा राख्ने काम पनि भइरहेको उनले बताए। औषधी खानुपर्ने वृद्धवृद्धा र बालबालिकालाई अस्पतालमा भर्ना गर्ने नत्र अरुलाई सुरक्षित रुपमा क्वारेनटाइनमा राखिरहेको उनको भनाइ छ। अहिले डाक्टर र स्वार्थकर्मीलाई समेत प्रदेश र केन्द्रले नहेरेका कारण आफूहरूले नै व्यवस्था गर्नुपरेको उनको गुनासो छ। 

Xtrem

Xtrem

अहिलेसम्म बिरामी नारायणी उपक्षेत्रीय अस्पतालमा राखेको तर अब आफ्नै कोरोना अस्पतालमा राख्ने अवस्थामा पुगेको उनले बताए। ‘अहिले वीरगञ्जमा कोभिड अस्पताल शुरु गरेका छौँ,’ उनले भने, ‘जसमा ७० शय्या छ, अहिले २५ जना बिरामी त्यहाँ छन्।’ 

नारायाणी अस्पतालमा कोरोना उपचार नगर्ने सरकारको निर्णयपछि त्यसको वैकल्पिक व्यवस्था महानगरले गरेको उनले बताए। त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालयमा २ सय शय्याको आइसोलेसन पनि निर्माण गरिएको उनले बताए। आवश्यक भएमा त्यसलाई पनि उपयोगमा ल्याइने छ। 

‘अस्पतालमा औषधि खाने र बच्चालाई अनिवार्य राख्ने र अरुलाई सामान्य आएसोलेसन बेडमा राखेर उपचार गर्ने महानगरको योजना छ,’ उनले भने ‘ होम क्वारेनटाइन भनेपनि त्यो सम्भव नदेखिएकाले अझ ठूलो विपद् आए होटल प्रयोग गर्ने तयारीमा छौँ।’  क्वारेनटाइनका लागि होटल व्यवसायीसँग पनि महानगरले कुराकानी गरेको उनले बताए।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १९:३३
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्