काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै लकडाउन घोषणा गरेको शनिबार दुई महिना पूरा भएको छ। लकडाउनसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि बन्द छन्। तर, उद्धार र मेडिकल सामान ल्याउनका लागि भने काग्रो उडानमा अनुमति दिइएको छ।
दुई महिनाको लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७४ वटा उडान भएका छन्। ७४ उडानमार्फत् नेपालबाट विश्वका विभिन्न देश जाने हवाई यात्रुको संख्या भने ६ हजार ३ सय ४४ जना रहेको विमानस्थल कार्यालयले जनाएको छ। यसबाहेक ७९ जना बालबालिकाले पनि नेपाल छोडेको विमानस्थल कार्यालयले जनाएको छ। यसमा नेपाल एयरलाइन्सले ९ गते जापानको नारिताका लागि गरेको उडानमा रहेको २ सय ६८ यात्रुको संख्यासहित हो।
बढी उडान गर्नेमा नेपाल एयरलाइन्स
यस बीचमा सबैभन्दा बढी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान गरेको छ। नेपाल एयरलाइन्सले अहिलेसम्म २० वटा उडान गरिसकेका छ। साथै कतार एयरवेजले नेपाली विमानस्थल हुँदै ११ वटा उडान गरिसकेको विमानस्थल कार्यालयले जनाएको छ।
यसैगरी, हिमालय एयरलाइन्सले पनि १४ वटाभन्दा बढी उडान गरिसकेको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलिया, चीन, भारतलगायतको देशमा उडान गरेको छ। लकडाउन अवधिमा नै हिमालय एयरलाइन्सले पनि चीन र हङकङमा उडान गरेको छ। यो अवधिमा श्री एयरले ३ वटा उडान गरिसकेको छ भने बुद्ध एयरलाइन्सले पनि ३ उडान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
यसबाहेक चिनियाँ एयर फोर्स, मलेसियन एयर, मालिन्दो एयर, एयर चाइन, इयर इन्डिया, एयर अरेपबिया,पाकिस्ता एयर, थाईलाइन एयर,इतिहाद,श्रीलंका एयरवेज, जर्नी एभिएसन, रोयल फ्लाई एयर,टाइटन एयर र कोरियन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई आधार बनाएर लकडाउनमा उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाल भित्रियो साढे एक लाख केजी सामान
यसरी भएका उडानमार्फत् नेपालमा झन्डै १ लाख ५३ हजार केजी भन्दा बढी सामान विमानस्थल हुँदै नेपाल आएको छ भने ८२ हजार ९ सय ३ केजी नेपालबाट विश्वको विभिन्न देश पुगेको छ।
६ यात्रु नेपाल आए
सरकारले उद्धार तथा काग्रो उडानबाहेक यात्रुबाहक विमान नेपाल आउने नदिने निर्णय गरेको थियो। तर, लकडाउनमै बीचमा ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका छन्।
जसमा जापानबाट दुई जना सरकारी कर्मचारी नेपाल र नेपालका लागि जापानका राजदूतका श्रीमान र श्रीमती नेपाल आएका थिए। भने बुद्ध एयरमार्फत् दुई जना नेपाल आएको विमानस्थल कार्यालयले जनाएको छ।
लकडाउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विमान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।