काठमाडौं- वैदेशिक रोजगारीमा गएका ५८ वटा शव सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त भएको छ।
लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका र अन्त्येष्टि गर्न परिवारबाट सहमति प्राप्त नभएका १ सय ४९ शवहरू अलपत्र अवस्थामा रहेको बोर्डले जनाएको छ।
विभिन्न १० वटा मुलुकमा अलपत्र अवस्थामा १ सय ४९ शव रहेका छन्। जसमध्ये सबैभन्दा बढी साउदीमा ४९ वटा शव रहेकोमा ७ वटा शवहरु अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। अहिले ४२ वटा शवहरू अलपत्र अवस्थामा रहेका छन्। संयुक्त अरब इमिरेट्स् (युएई) मा ४६ वटा शवमध्ये ३२ वटा शवको त्यहीँ अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ।
१४ वटा शव अलपत्र अवस्थामा छन्। मलेसियामा ४४ शवमध्ये २ वटा शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको छ। ४२ शव अलपत्र अवस्थामा छन्। कतारमा ४१ शवमध्ये ६ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। ३५ शवहरु अलपत्र अवस्थामा छन्। कुवेतमा ११ शव अलपत्र अवस्थामा छन्।
बहराइनमा रहेका ३ वटा शवमध्ये १ वटा शव अन्त्येष्टिको सहमति प्राप्त भएको छ। २ वटा शव अलपत्र अवस्थामा छन्। त्यस्तै टर्की र ओमानमा १/१ वटा शव अलपत्र अवस्थामा रहेको छ। कोरोनाका कारण विदेशमा ज्यान गुमाएकाहरुको सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिन्छ भने अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरुको शव पनि लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द रहेका कारण लामो समयदेखि विदेशमै अड्किएको अवस्था छ।
शवहरू तत्काल स्वदेश ल्याउन नसक्ने भएपछि वैदेशिक रोजगार बोर्डले मृतकको सम्बन्धित देशमै अन्त्येष्टि गर्न चाहने परिवारहरूका लागि सहजीकरण गरिरहेको छ। शव अन्त्येष्टिका लागि स्वदेशमै ल्याउन चाहानेले केही समय कुनुपर्ने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।