• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कसरी गरिएको थियो महामारी बनेको स्पेनिस फ्लूको नियन्त्रण?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ८, २०७७  ११:०५
1140x725

कोरोना भाइरस र स्पेनिस फ्लूका बीच धेरै कुराहरू समान छन्। सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूबाट करीब ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो।

कोभिड-१९ पनि त्यस्तै किसिमको एक नयाँ संक्रमण हो। एक यस्तो रोग‚ जसको सबैभन्दा बढी असर वृद्ध वृद्धामा परिरहेको छ।

सन् १९१८ मा विश्वलाई नै आतङ्कित बनाएको स्पेनिस फ्लू (इन्फ्लूएन्जा)ले रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा अरूको भन्दा बढी भएका २०-३० वर्ष उमेरका मानिसमा बढी असर गरेको थियो।

मास्क पहने महिला
स्पेनिस फ्लूको महामारीबाट बच्नका लागि मास्क लगाएकी एक महिला

अहिले विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणमा पनि कयौं देशहरूले यसलाई नियन्त्रण गर्नका लागि १९१८ को त्यो महामारी रोक्न लिइएका रणनीतिहरू अपनाइरहेका छन्। 

पब्लिक हेल्थ इङ्ग्ल्यान्डले स्पेनिस फ्लूको संक्रमण फैलनुको कारणबारे अध्ययन गरिरहेको छ ताकि यसबाट अहिले महामारीको रूप लिएको कोरोना भाइरसको विरूद्धको लडाईं लड्न सकियोस्।

रेड क्रास कर्मचारी
सन् १९१९ मार्चमा अमेरिकाको बोस्टनमा सेवामा खटिएका नर्स

सन् १९१८ मा जब फ्लूबाट पहिलो व्यक्तिको मृत्यु भयो‚ त्यसबेला बेलायत युद्धको तयारीमा जुटेको थियो। विश्वका अन्य देश झैं बेलायत पनि यस्तो किसिमको आपतकालीन संक्रमणको सामना गर्ने स्थितिमा थिएन। महामारीको समयमा पनि बेलायतले फ्लूमा ध्यान दिनुभन्दा युद्धको तयारीमा ध्यान दिनु उचित ठानेर युद्धकै तयारीमा जुट्न थाल्यो।

खुले में लगी अदालत
सन् १९१८ मा सेन फ्रान्सिस्कोमा खुला पार्कमा राखिएको अदालतमा जम्मा भएको भीड।

भीडभाडयुक्त सैनिकको जत्था‚ सैनिकका लागि विभिन्न सामान बनाउने उद्योग‚ सार्वजनिक बस र रेलको माध्यमबाट जंगलमा लागेको डँढेलो झैं फ्लू विश्वभरी फैलियो। सर आर्थर न्युजहोमले रोयल सोसाइटी अफ मेडिसिनका लागि सन् १९१९मा पठाएको एक रिपोर्ट समेत यही विषयमा आधारित थियो।

नाई
संक्रमणबाट बच्नका लागि विभिन्न सावधानी अपनाउँदै मानिसहरू आ-आफ्नो काममा लागिरहेका थिए।

जुलाई १९१८ मा उनले एक ‘मेमोरेन्डम फर पब्लिक युज’ नामक पुस्तक लेखेका थिए। उक्त पुस्तकमा उनले आम नागरिकलाई यदि बिरामी भएको खण्डमा घरमै बस्न र बाहिर भीडभाडमा ननिस्कनका लागि सुझाव दिएका थिए। यो पुस्तकलाई तत्कालीन सरकारले काम नलाग्ने पुस्तकको संज्ञा दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सर आर्थरले यदि यी नियमहरूलाई पालन गर्ने हो भने कयौंको ज्यान बच्न सक्ने दाबी गरेका थिए। तर‚ उनले राष्ट्रिय परिस्थितितर्फ इङ्गित गर्दै नागरिकको स्वास्थ्य र जीवनको जोखिमको बारेमा जान्दा जान्दै पनि युद्धको सामना गर्नैपर्ने अर्को बाध्यता थियो भनी तत्कालीन सरकारको परिस्थितिलाई बुझेर उचित प्रतिक्रिया दिएका थिए।

सन् १९१८ मा इन्फ्लूएन्जाको लागि कुनै औषधी बनेको थिएन। यसका साथै निमोनियाजस्तो जटिल रोगको उपचार गर्नका लागि एन्टिबायोटिक्ससम्म पनि थिएन। यस्तो अवस्थामा अस्पतालमा बिरामीको अस्वभाविक भीड लाग्नाले अस्पतालले त्यसलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको  थियो।

टहलती हुईं महिलाएं
सन् १९१८ मा युद्ध विभागमा काम गर्ने महिलाहरू‚ भाइरसको जोखिममा पनि अहोरात्र खटिइरहेका थिए।

त्यो समय संक्रमणलाई रोक्नका लागि धेरैजसो देशमा लकडाउनको अवधारणा नै ल्याइएको थिएन। तर केही सिनेमा घर‚ डान्स हल‚ चर्च‚ थियटरहरू भने केही महिनाका लागि बन्द गरिएको थियो।

फुटबल लिग र एफए कप‚ युद्ध चलिरहेकाले स्थगित गरिएको थियो। तर अन्य खेलहरू स्थगित गर्ने र भीड कम गर्नेतर्फ कसैको ध्यान नै गएको थिएन। केही सहरमा डिसइन्फेक्टेन्ट छरिएको थियो भने केही मानिसले ‘एन्टी-जर्म’ मास्क लगाउन समेत सुरू गरिसकेका थिए।

टाइपिस्ट
भाइरसको जोखिमबाट बच्न मास्क लगाएर काम गर्दै एक टाइपिस्ट

मानिसहरूलाई उनीहरूको स्वास्थ्य र माहामारीको बारेमा सही तरिकाले बताइएको थिएन। कोभिड-१९ कै जस्तो त्योबेला पनि विभिन्न अफवाह र झुटा खवरहरू चारैतिर फैलिएको थियो। कयौं मानिसहरूले त यसलाई उपेक्षा गरेर ‘क्षणिक रोग’को संज्ञासमेत दिएका थिए।

केही फ्याक्ट्रीहरूले ‘नो-स्मोकिङ’ क्षेत्रलाई केही समयका लागि धुम्रपान सेवन गर्न सकिने भन्दै नो-स्मोकिङको ट्याग नै हटाएका थिए। किनकी अत्यधिक धुम्रपान गर्नाले संक्रमण रोक्नमा मद्दत गर्छ भन्ने अफवाह सबैतिर फैलिरहेको थियो।

दफ्तर में काम करती महिलाएं
संक्रमणबाट बच्न कपडाको मास्क लगाएर आफ्नो काममा खटिएका महिला

महामारीमाथि बेलायतको तल्लो सदन कोमन्समा गरिएको डिबेटमा यस्ता अफवाह फैलिएको विषयप्रति कटाक्ष गर्दै कन्जर्भेटिभ एन्टी क्लाउड लुथरले प्रश्न गरेका थिए‚ ‘इन्फ्लूएन्जाबाट बच्नका लागि दिनमा तीनपटकसम्म कोको लिन जरूरी हुन्छ भन्ने कुरा साँचो हो?’

डेली मिरर में प्रकाशित एक कार्टून
संक्रमणको बारेमा मानिसमा फैलिएको अफवाहबारे डेली मिररमा प्रकाशित कार्टुन

विभिन्न स्थानमा भने हाच्छ्यूँ गर्दा र खोकीबाट यसको संक्रमण फैलने चेतावनी दिइएको थियो।

टेलीफ़ोन ऑपरेटर
मुख छोपेर आफ्नो काम गर्दै एक टेलिफोन अपरेटर महिला

नोभेम्बर १९१८ मा न्युज अफ द वर्ल्डमा आफ्ना पाठकलाई हरेक रात र बिहान साबुन पानीले आफ्नो हातमुख धुन‚ बिहान बेलुका केही उपाय लगाएर भएपनि हाच्छ्यूँ गर्न‚ लामो सास लिन‚ मफलर नलगाउन‚ नियमित हिँड्ने बानी बसाल्न र तागतिलो खानेकुरा खानका लागि सचेत गराइएको थियो।

सन् १९१८ को महामारीबाट धेरैजसो देश अछुतो रहेनन्। तर देश नै पिच्छे यसलाई रोक्नका लागि अपनाइएका रणनीति भने फरक फरक थिए।

अमेरिकाले आफ्ना केही राज्यमा नागरिकका लागि क्वारेन्टिन लागू गरेको थियो। केही राज्यले फेस मास्क अनिवार्यरूपमा लगाउनैपर्ने ह्विप जारी गरे। केही राज्यहरूमा सिनेमा हल‚ थियटर र अन्य मनोरञ्जका विभिन्न क्षेत्रहरू पुरै देशमा बन्द गरिएको थियो। अहिले पनि विश्वले त्यही रणनीतिलाई अवलम्बन गरिरहेको छ।

बस
सन् १९१८ मा लन्डनमा चल्ने सार्वजनिक बसलाई सेनिटाइज गर्दै एक कर्मचारी।

विश्वका अन्य धेरै सहरको तुलनामा अमेरिकाको न्यूयोर्क सहरले स्पेनिस फ्लूको संक्रमण नियन्त्रण गर्नका लागि विशेष सतर्कता अपनाएको थियो। क्षयरोगविरूद्ध २० वर्षदेखि लडिरहेको न्युयोर्कले कुशल रणनीति अपनाएका कारण सो महामारीमा राम्रै प्रतिफल हाँसिल गर्‍यो। फलस्वरूप विश्वका अन्य सहरको तुलनामा यहाँको मृत्युदर कम देखियो।

सफ़ाईकर्मी
सन् १९१८ मा मास्क लागएर न्यूयोर्क सहरको सडक सफा गर्दै सफाइकर्मी।

संक्रमण फैलिरहेको बेलामा सिनेमा हल र मनोरञ्जनका सबै क्षेत्रहरू खोल्नका लागि दबाब पनि उत्तिकै मात्रामा दिइएको थियो।

त्यो समयमा पनि अहिलेकै जस्तो स्वच्छ हावाले संक्रमणलाई नियन्त्रण गर्न सक्छ भनी विश्वास गरिएको थियो। तर अमेरिकालगायत केही देशका ठूला ठूला सहरहरू विशेषगरी धार्मिक स्थलहरूमा मानिसको भीड कम गर्न असम्भवप्रायः थियो।

प्रार्थना सभा
महामारीका समयमा क्यालिफोर्नियाको सेन फ्रान्सिस्कोमा सेन्ट म्यारी अफ अजम्पसन चर्चबाहिर प्रार्थनाका लागि जम्मा भएको भीड।

महामारीको अन्त्य हुने समयसम्म इन्फ्लूएन्जाबाट बेलायतमा मात्र २ लाख २८ हजार मानिसको ज्यान गइसकेको थियो। यसका साथै देशको करीब एक चौथाई जनसंख्या स्पेनिस फ्लू नामक इन्फ्लूएन्जाबाट संक्रमित भइसकेको थियो।

त्यसबेलादेखि मानिसहरू सिजनल इन्फ्लूएन्जाबाट उत्पन्न हुने घातक असरको बारेमा भने सतर्क भएका थिए।   

एजेन्सीको सहयोगमा प्रदीप खद्योतद्वारा भावानुवाद गरिएको

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्