• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्य मन्त्रीको अदूरदर्शी निर्णयले फैलिएको कोरोना परीक्षणमा १५ हजारको भ्रम

64x64
डिबी खड्का बुधबार, जेठ ७, २०७७  १३:०८
1140x725

काठमाडौं- बुधबार बिहानदेखि एउटा हल्ला फैलिरहेको छ, कोरोना भाइरसको पिसिआर परीक्षण मूल्य १५ हजार रुपैयाँ। यसैमा थपेरसमेत हल्ला चलेको छ, निजी स्वास्थ्य संस्थाले लिने मूल्य हो यो। 

यस्तो हल्ला फैलिनुको दोष स्वास्थ्य मन्त्रालयलाई जान्छ। त्यसमा पनि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल बढी दोषी छन्। विभागीय जिम्मेवारीका कारण होइन,  तयारीबिना गरिएको निर्णयका लागि।

कसरी उनी दोषी? भन्नेमा आउनुअघि माथिका दुई भ्रम निवारण जरुरी छ। के पिसिआर गरेको शुल्क १५ हजार तोकिएको छ? स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सोध्यौं। उनको उत्तर थियो,  ‘अहिलेसम्म छैन।’ 

‘के निजी संस्थालाई पिसिआर परीक्षण गर्न दिने निर्णय भएको हो?’  यो निर्णय पनि भएको छैन। तत्काल त्यस्तो कुनै तयारी पनि देखिँदैन। मन्त्रालयले मंगलबारको प्रेस ब्रिफिङममा स्पष्ट रुपमा भनेको छ, ‘सार्वजनिक संस्थालाई सशुल्क पिसिआर परीक्षण गर्न दिइनेछ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ गर्ने अनिवार्य सर्त पालना गर्ने गरी परीक्षण अनुमति दिने मंगलबार नै बताएका हुन्।

उनले प्रयोगशालाले मान्यता दिएका ती सार्वजनिक संस्थामा लक्षण नभएकाले स्वदेशी र विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहने व्यक्तिले तोकिएको दररेटमा गराउन सक्ने बताए। 

सार्वजनिक भन्नुको अर्थ सरकार अन्तर्गतका संस्था हुन्, जुन संस्थामा हाल पिसिआर परीक्षण भइरहेको छ। त्यहाँ सरकारले कोरोना भाइरस टेस्ट गराउनु नपर्ने अर्थात् डब्लुएचओको मापदण्ड बाहिर रहेका व्यक्तिहरु पनि परीक्षणका लागि पुग्ने गरेका छन्। तीमध्ये कति पहुँचका आधारमा रहरले गर्नेहरु छन्। उनीहरुलाई लक्ष्य गरी यस्तो निर्णय लिइएको बुझिएको छ। 

कसरी आयो यस्तो निर्णय?
पिसिआर परीक्षण गर्ने अनुमति दिन निजी संस्थाहरु स्वास्थ्य मन्त्रालय हरेक दिनजसो धाइरहेका छन्। तर सरकारले आँट गर्न सकेको छैन। गुणस्तर नियन्त्रण, शुल्क नियन्त्रण र परीक्षणको दुरुपयोगका विषयमा मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ढुक्क छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल नियमित बैठकमा निजी संस्थालाई परीक्षण गर्न दिँदा के हुन्छ भनेर प्रस्ताव गरेका थिए। उक्त बैठकमा सहभागी मन्त्रालयका एक कर्मचारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधीले वर्तमान अवस्थामा सम्भव र जरुरी नभएको बताए। उनीहरुले यसका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए। निगरानी पनि कडाइका साथ गर्न सक्ने संयन्त्र मन्त्रालयले बनाउन नसक्दा दुरुपयोग हुने र चर्को मूल्य लिने बताए। 

त्यसपछि सार्वजनिक संस्थाबाटै सशुल्क परीक्षण गराउन दिने विषयमा छलफल भयो। मन्त्रीको सुझावअनुसार सचिव यादव कोइरालाले यसलाई सदर गरे र सचिवस्तरीय निर्णय गर्दै सार्वजनिक संस्थालाई सशुल्क परीक्षण गराउने अनुमति दिए। 

आधारहीन निर्णयको परिणाम 
सशुल्क दिने भनेर मन्त्रालले प्रेस ब्रिफिङमै भन्यो। तर शुल्क कति लिने? त्यो प्रश्न निर्णय सार्वजनिक भएपछि उठ्न थाल्यो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटालाई सोधियो,  ‘सशुल्क जाँच्न पाउने निर्णय त सार्वजनिक गर्नुभयो। शुल्क कति तिर्नुपर्छ?’ उनले कुटनीतिक उत्तर दिए,  ‘शुल्कको मापदण्ड तय गरिएको डकुमेन्ट मकहाँ आइपुगेको छैन।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुदेखि पिसिआर परीक्षण गरिरहेका अन्य ल्याबहरुलाई सोधियो, ‘शुल्कको मापदण्ड बनाउनुभयो?’ उनीहरुको साझा भनाइ छ, ‘शुल्क निर्धारण परको कुरा परामर्श समेत गरिएको छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आवश्यक गृहकार्य नगरी हचुवाका भरमा मन्त्री ढकालले निर्णय गर्न लगाएका रहेछन्। पिसिआर परीक्षणमा प्रतिव्यक्ति कति खर्च हुन्छ? कति सरकारले सहयोग गर्ने? कति नागरिकको योगदान रहने? मन्त्रालयले यस विषयमा सरोकारवालासँग हालसम्म परामर्श समेत नगरेको बुझिएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार कुनै पनि निर्णय गर्नुअघि कार्यान्वयन कसरी गर्ने भन्ने मापदण्ड जरुरी हुन्छ। तर, पिसिआरमा शुल्क लिने जस्तो संवदेनशील विषयमा छलफल समेत चलाइएन। उक्त निर्णयमा परीक्षणको दररेट संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने भनिएको छ। यसले झन् समस्या सिर्जना गरेको छ। किनभने किटदेखि उपकरणसम्म मन्त्रालयले किनेको छ। सरकारकै जनशक्ति छन्। त्यसैले मन्त्रालयले नै उपयुक्त शुल्क तोक्ने र मापदण्ड बनाउनुपर्ने हुन्छ।

कसरी चल्यो १५ हजार रुपैयाँको भ्रम?
सरकारले अहिले जुन ल्याबलाई पिसिआर परीक्षण गर्ने जिम्मा दिएको छ, ती ल्याबले यसको सरदर मूल्य ६ हजार ५ सयदेखि ८ हजारसम्म अनुमान गरेका छन्। तर बजारमा १५ हजार रुपैयाँ लाग्न हल्ला चलेको छ।

यसबारे अनौपचारिक रुपमा धेरै अनुमान भइरहेका थिए। खाशगरी निजी स्वास्थ्य संस्थाले अनुमति पाउँदा यो दररेटमा गर्न सकिने अनौपचारिक कुरा गर्दै आइरहेका थिए। यही अनुमान एक व्यक्तिबाट अर्कोमा फैलिरहेको थियो। 

बुधबार बिहान कान्तिपुर एफएममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अन्तरवार्ता थियो। उक्त लाइभ अन्तरवार्तामा एक स्रोताले फोन गरेर सोधे, ‘पिसिआरको १५ हजार रुपैयाँ शुल्क लिने आएको छ। नेपाली जनताले तिर्न सक्छन् त?’ मन्त्री भट्टराईले र सक्छन् उनीहरुले तिरेर गराउने बताउँदै नसक्नेका लागि सरकारको निशुल्क सेवा भएको जानकारी दिए।

आफूले सुनेअनुसार भन्दै पिसिआर परीक्षणको हिसाब निकाले, ‘एउटा पिसिआर परीक्षणको सरकारले गर्दा पनि ८ हजार रुपैयाँ पर्छ। त्यसमा चिकित्सकको पारिश्रमिक र अरु कुरा जोड्ने हो भने सरकारीमै १०(१२ हजार पुग्छ होला। प्राइभेटलाई थोरै नाफा दिने हो भने १५ हजार भनिएको होला।’

मन्त्री भट्टराईले निजीलाई पिसिआर परीक्षण गर्ने अनुमति नदिइएको भनेर स्पष्ट पार्दा यो भ्रम एक हदसम्म निवारण हुन्थ्यो। त्यसो नगर्दा उक्त कार्यक्रम सुन्नेहरुले निजीले परीक्षण गर्न पाउने अनुमति पाइसकेको रुपमा बुझे र सामाजिक सञ्जालमा आफ्ना विचार थपेर हल्ला फैलाउन उद्दत भए। 

पिसिआर गराउनै पर्ने मापदण्ड बाहिरकाले जाँच गराउन चाहेमा शुल्क तोकेरै यति तिर्नुपर्ने बताइदिँदा भ्रम फैलिदैनथ्यो। तर, मन्त्रालयको नेतृत्वमा रहेको दूरदर्शिताको कमीको परिणाम सरकार बुधबार फेरि आलोचित बन्न पुगेको छ। 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्