• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कृषि व्यवस्थाको नयाँ जग बसाल्न कम्तिमा तीन वर्ष लाग्छ : मन्त्री भुषाल 

‘कृषिमा आवद्धता बढाउने कि घटाउने भन्ने विरोधाभाष देखियो’
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १९:५२
1140x725
फाइल फोटो

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले कृषि व्यवस्थाको नयाँ जग बसाल्न कम्तीमा तीन वर्ष समय लाग्ने बताएका छन। कृषि क्षेत्रको पुनर्संरचनाका लागि यो वर्ष सामान्य जग बसाउने, अर्को वर्ष आवश्यक सबै संरचना बनाउने र तेस्रो वर्षमा कृषिले आफ्नो स्वरुप लिने उनको भनाइ छ। 

नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको वेभमा आधारित छलफल कार्यक्रममा कृषिमन्त्री भुषालले राज्यका सबै निकायहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्दा मात्रै कृषि क्षेत्र आफ्नो स्वरुपमा निस्कन ३ वर्ष लाग्ने बताए। ‘कृषिको आफ्नो स्वरुप कुन अर्थमा भनेको भने पञ्चायतकालमा कृषिको एक खालको व्यवस्था थियो। पहिले हामीले त्यसलाई निजी क्षेत्र अर्थात् खुला बजारमा आधारित बनायौं। अब संविधान आइसकेपछि र संघीय व्यवस्थामा गइसकेपछि कृषिलाई नयाँ स्वरुप पनि दिनु छ,’ मन्त्री भुषालले भने‚ ‘अब हामी जाने भनेको कृषि व्यवस्थाको नयाँ जग बसाल्नतिर हो। अहिले पनि हामी सबै योसँग जोडिन सक्यौं भने परिणाम निस्कन सक्छ। सिंचाई मन्त्रालयय, भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय, अर्थमन्त्रालयलगायत सबै निकाय मिलेर, इमान्दार भएर प्रयत्न गर्‍यौं भने मात्र यो सम्भव छ।’ 

मन्त्री भुषालले कृषि क्षेत्रमा मानिसहरुको आवद्धता बढाउने कि घटाउने भन्ने विरोधाभाष देखिएको पनि बताए। ‘कोभिड- १९ का कारण अर्थतन्त्रमा परेको असरलाई पुनरोत्थान गर्न कृषि क्षेत्रमा बढी प्राथमिकता दिने भनेका छौं। रोजगार गुमाएकाहरुलाई कृषिमा आवद्ध गर्ने भनेका छौं। तर अहिले कृषि क्षेत्रमा आवद्ध रहेका व्यक्तिको संख्या घटाएर कृषिलाई बढी उत्पादनशील बनाउनतिर लाग्नुपर्ने बेला भएको छ। कृषिमा बढी मानिस लाग्ने तर उत्पादन कम हुने देखियो। हामीले कम मानिस आवद्ध गराएर बढी उत्पादन गर्नेतिर ध्यान दिनुपर्छ,’ उनले भने।

अहिलेको अवस्थामा ठूलो श्रमशक्तिलाई कृषिमा ल्याउनुपर्ने चुनौतीपूर्ण अवस्था पनि आएका कारण कृषिमा आवद्धता बढाउने वा घटाउने भन्ने विरोधाभाष देखिएको उनले बताए। 

श्रम शक्तिको ठूलो हिस्सा कृषि क्षेत्रसँग जोडिएपनि उनीहरुले आवश्यक लाभ लिन नसकेको उनको भनाइ छ। ‘कृषिमा बचत कम छ, नाफा कम छ। श्रम पनि भएकै छ। तर पनि मानिसहरु कृषि क्षेत्रमा टिक्न सकेका छैनन्। यसकारण अब सरकारले कृषि पेशामा लाग्नेहरुको न्युनतम बचतको ग्यारेन्टी गर्छ,’ उनले भने। नेपालमा कृषि क्षेत्र संरक्षित क्षेत्र नै भएपनि बचतको सुनिश्चितता नहुँन्जेलसम्म श्रमशक्ति यसमा आवद्ध हुन नसक्ने उनको भनाइ छ। 

nimb
nimb

राज्यले मल, बिउ, सिचाई, पुँजी, र उत्पादित वस्तुको बजारीकरण गर्न नसके कृषि क्षेत्रमा तुलनात्मक परिवर्तन ल्याउन नसकिने पनि भुषालको भनाइ छ। ‘भूमि बैंक र चाख्लाबन्दीको कामलाई सरकारले प्राथमिकता दिएको छ। कृषिमा यान्त्रीकरण गर्ने भनेको वर्षौं भइसक्यो। यो भाषणले नहुने कुरा रहेछ। बरु यान्त्रीकरण हुने अवस्था बनाउनु पर्दोरहेछ। र त्यो अवस्था बनाउन राज्य अगाडि आउन तयार छ,’ उनले भने।

कृषि क्षेत्रको विकासका लागि माथिल्लो तहबाट भन्दा पनि तल्लो तहका सरकारहरुले बढी भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ। ‘अहिलेसम्मको मेरो अनुभव के रह्यो भने कृषिको विकास भनेको सरकार बलियो हुने, मन्त्रालय बलियो हुने भन्ने होइन रहेछ। माथि बलियो भएर नहुने रहेछ,’ उनले भने‚ ‘कृषि क्षेत्र बलियो हुनका लागि तल्लो तह नै बलियो हुनपर्छ। त्यसकारण हाम्रा साधन, श्रोत तल्लो तहमा नै लैजान लागेका छौं।  स्थानीय तहमा उत्पादन, भण्डार, प्रशोधन र बजारीकरण गर्नुपर्ने रहेछ।’ 

सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालको ७० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आवद्ध भएपनि कृषि क्षेत्रमा व्यवयायीकरण हुन नसकेको बताए। निर्वाहमुखी कृषि त भयो, तर लगानीको प्रतिफल ग्यारेन्टी, बजारीकरण र व्यवसायीकरण हुन सकेको छैन,’ अधिकारीले भने‚ ‘मौसम, माटो र बजारको अवस्था हेरि बाली लगाउने चलन अझै सुरु भइसकेको छैन। कहाँ कस्तो किसिमको बाली लगाउने भन्ने कुरामा नै हामी स्पष्ट हुन सकेका छैनौं।’

त्यसैगरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान वार्षिक रुपमा घट्दै गएको परिप्रेक्ष्यमा अहिले अर्थतन्त्रमा कृषि क्षेत्रलाई बढावा दिने भन्ने कुरा सजिलो नभएको बताए। ‘कृषिमा बिउ, सिंचाई र मलको समस्या छ। यी तीन चिज जबसम्म सहज हुँदैन, तबसम्म व्यवसायिक कृषि पनि सजिलो छैन,’ उनले भने। उपभोग्य खाद्यान्नका लागि मात्रै नभई बिउबिजन आयातका लागि पनि अर्बौं रुपैयाँ बराबर बाहिर गइरहेको पौडेलले बताए। आत्मनिर्भर भइसकेको पोल्ट्री र दुग्ध क्षेत्र पनि कोरोनाका कारण धराशायी भएको र यो क्षेत्र पुनरोत्थान हुन दुईदेखि ३ वर्ष लाग्ने उनको भनाइ छ। भूमि बैंक र जमिनको चाख्लाबन्दी गर्नेमात्र नभई कुन क्षेत्रमा के उत्पादन हुन्छ भनेर स्थानीय तहसँगको समन्वयमा बाली उत्पादन पहिचान गरिनुपर्नेमा पनि उनले जोड दिए।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्