Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्त:शुल्क स्टिकर खरिदको ठेक्का अन्तिम समयमा रद्द, पेरुम पेरुरीले जमानत राख्न मानेन

64x64
सविन मिश्र मंगलबार, जेठ ६, २०७७  १५:४३
1140x725

काठमाडौं- प्रतिस्पर्धाबाट छनौट भएको इन्डोनेसियाली कम्पनी पेरुम पेर्सेटाकन उआङ रि (पेरुम पेरुरी)ले सम्झौता गर्न अस्वीकार गरेपछि आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकर छपाइको ठेक्का प्रक्रिया रद्द गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट भएको पेरुम पेरुरीले नेपालको खरिद कानुनअनुसार सम्झौता गर्न असमर्थ रहेको जानकारी गराएपछि विभागले ठेक्का रद्द गरेको हो। 

अन्त:शुल्क स्टिकर छपाइका लागि छनौट भएको पेरुम पेरुरीले कार्यसम्पादन जमानत (पर्फर्मेन्स ग्यारेन्टी) राख्न नसक्ने जनाउ विभागलाई दिएको थियो। पेरुम पेरुरीले १ करोड ४ लाख अमेरिकी डलरमा अन्त:शुल्क स्टिकर छपाइको ठेक्का पाए पनि त्यसका लागि आवश्यक पर्ने जमानतका लागि अमेरिकी डलर पठाउन नसक्ने जनाएपछि ठेक्का रद्द गरिएको आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दिएको छ। 

पेरुम पेरुरीले ५३ प्रतिशत न्यून (बिलो) रकममा स्टिकर छपाइका लागि प्रस्ताव गरेको थियो। लागत अनुमानभन्दा धेरै नै न्यून कबुल गरेका कारण उसले राख्नुपर्ने कार्यसम्पादन जमानत धेरै हुने भएपछि काम नगर्ने निष्कर्षमा पेरुम पेरुरी पुगेको हो। 

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ मा कार्यसम्पादन जमानत कसरी तय हुने भन्ने उल्लेख गरिएको छ। 'यसरी जमानत दाखिला गर्दा बोलपत्रदाताले लागत अनुमानभन्दा पन्ध्र प्रतिशतसम्म कम अंक कबुल गरेमा कबुल अंकको पाँच प्रतिशत र लागत अनुमानको पन्ध्र प्रतिशतभन्दा बढी घटेर कबुल गरेको अवस्थामा पन्ध्र प्रतिशतभन्दा जति रकमले घटी कबुल गरेको छ‚ सोको पचास प्रतिशतले हुन आउने रकम कबुल अंकको पाँच प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत बापत दाखिला गर्नुपर्नेछ,' उल्लेख छ। 

यसको अर्थ पेरुम पेरुरीले अन्त:शुल्क स्टिक छपाइका लागि पेरुम पेरुरीले कूल लागत अनुमान २ करोड २० लाख अमेरिकी डलरको १५ प्रतिशत कम अर्थात् १ करोड ८७ लाख डलरसम्म कबुल गरेको भए त्यसको ५ प्रतिशत अर्थात् ९ लाख ३५ हजार डलर मात्रै कार्यसम्पादन जमानत राख्दा पुग्ने थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर उसले ५३ करोड कम अर्थात् १ करोड ४ लाख डलर अर्थात लागत अनुमानको १५ प्रतिशतबाट हुन आउने रकमभन्दा ८३ लाख डलर कम कबुल गरेकाले यसको ५० प्रतिशत अर्थात् ४१ लाख ५० हजार डलर तथा कुबल रकमको ५ प्रतिशत अर्थात ५ लाख २० हजार डलर गरी कूल ४६ लाख ७० हजार डलरभन्दा धेरै कार्यसम्पादन जमानत राख्नुपर्ने हुन्छ। 

इन्डोनेसियाको सरकारी स्वामित्वको कम्पनीले कोरोनाबाट अर्थतन्त्र प्रभावित भएको सन्दर्भमा आफूहरूले यति ठूलो रकम बराबरको अमेरिकी डलर विदेश पठाउन नसक्ने जानकारी गराउँदै कबोल गरिएको रकममा स्टिकर छपाइ गर्न नसक्ने जनाएको छ। 

पेरुम पेरुरीले सम्झौता गर्न नसक्ने जानकारी गराएपछि प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेको लिथुवानियाली कम्पनीलाई दिने कि ठेक्का प्रक्रिया खारेज गर्ने भन्ने विषयमा विभागले अर्थ मन्त्रालयसँग पनि छलफल गरेको थियो। दुवै निकायको छलफलपछि प्रक्रिया रद्द गर्ने निश्कर्षमा विभाग पुगेको हो। 

Xtrem
Xtrem

'हामीले एक साताको समय दिएर सम्झौता गर्न आउनु भनेकोमा उनीहरूले थप दुई साता समय मागे,' विभाग स्रोतले भन्यो, 'त्यसपछि उनीहरूले मिनिष्ट्री अफ पब्लिक इन्टरप्राइजेजको निर्णयसमेत भन्दै हामीसँग काम गर्न नसक्ने बताएका छन्।' 

विभागले ७ अर्ब स्टिकर छपाइ र आपूर्तिका लागि गत असोज १३ गते प्रकाशित अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि बोलपत्र प्रकाशित गरेको थियो। त्यसमा न्यूनतम मूल्यांकित, सारभूत प्रभावग्राही हुँदै पेरुम मेरुरी छनोट भएको थियो। 

लामो समय अदालतमा अड्किएको यो खरिद प्रक्रियाको समस्या फेरि एकपटक बल्झिएको छ। स्वदेशी कम्पनीले पनि प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने भन्दै मिराज प्रन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रिट खारेज हुँदै अघि बढेको खरिद प्रक्रिया थप धकेलिएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्