• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

फुटबलमा शारीरिक दुरीको चिन्ता

64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १३:०६
1140x725

काठमाडौं- जर्मनमा बुन्डेस लिगा गएको शनिबार सुरु भयो। जसले रोकिएको विश्व खेलकुद गतिविधिमा नयाँ आश सञ्चार गरेको छ। कोरोना महामारिकै बीच सुरु भएको खेलमा स्वास्थ्य सुरक्षाका केही उपाय पनि अनिवार्य अलम्बन गर्न भनिएको छ, जसमा खेलाडीबीच शारीरिक दुरी बनाउने कुरा कठीन देखिएको छ। 

बुन्डेस लिगा इन्टरनेसनलका प्रमुख कार्यकारी रोबर्ट केलिनले खेलाडीहरुले कानूनका रुपमा भन्दा पनि आफैले सोचेर व्यक्तिगत रुपमा ती नियमहरुको पालना गर्नुपर्ने बताएका छन्। विशेगा गरी गोलपछिको खुसी साट्ने क्रममा केही खेलाडीहरु अंगालो नै मार्ने गरिरहेका छन्। 

‘यसको एउटै उद्देश्य भनेको आवश्यक रुपमा नियमको पालना होस् भन्ने हो। जब खेलाडीले गोल गर्छन् त्यो खुसीमा केही नजिक भएर उत्सव मनाएको देखियो, त्यसलाई नराम्रो भन्न पनि सकिँदैन, तर क्लबले खेलाडीहरुसँग के गर्ने र के नगर्ने भन्ने विषयमा राम्ररी कुराकानी गरिरहेको छ’ उनले भने। 

माहामारिमा फर्किएको फुटबल पहिलेको जस्तो लाग्दैन। टेलिभिजनको पर्दामा खेल हेरेका दर्शकलाई पनि एकातिर फुटबल फर्किएको खुशी छ भने अर्कोतिर निरशलाग्दो खेलशैलीले निराशा। मैदानमा खेलाडीलाई देखाउँदा पनि पृष्ठभूमिमा आइरहने ‘मधुरो कोलाहल’ को अर्थ यो समय थाहा भइरहेको छ। 

खेलाडीहरु खेलका लागि मैदानसम्म आउँदा पनि शारीरिक दुरी बनाउनका लागि धेरैवटा बसको प्रयोग गरिएको छ। उनीहरु सबैले मास्क लगाएका थिए। खेलमा सहभागी हुनेहरु सबै होटलमा एक हप्ता अनिवार्य क्वारेन्टाइनमा बसेका थिए। र उनीहरुको कोरोना भाइरस परीक्षण नियमित रुपमा भइरहेको थियो। 

खेलाडीबाहेक पनि अफिसियल र पत्रकार सबैको परीक्षण गरेर मात्र रंगशाला प्रवेश दिइएको थियो। दर्शकहरुलाई भने नआउन भनिएको थियो। जसका लागि खेल हुने स्थानहरुमा मानिस जम्मा नहुन् भन्नका लागि प्रहरी निगरानी बढाइएको थियो। 

खेल भइरहेको समय मैदानमा २ सय १३ जना मात्र उपस्थित हुन अनुमति थियो। जसमा ९८ जनामा खेलाडी, प्रशिक्षक टिम र बल ब्वाइहरु थिए भने बाँकी १ सय १५ जनामा सुरक्षाकर्मी, स्वास्थ्यसम्बद्ध व्यक्ति र सञ्चार माध्यमका मानिस थिए। त्यसबाहेक सुरक्षागार्ड र भिडियो असिस्टेन्ट रेफ्री अपरेटर सहित अरु १ सय ९ जना रंगशालाको बाहिर तैनाथ थिए। 

खेल सुरु हुनुअघि र मध्यान्तरमा पनि फुटबल सफा गर्ने काम गरिएको थियो। अतिरिक्त खेलाडीहरु दुरी बनाएर बसेका थिए र सबैले मास्क लगाएका थिए। खेलाडीहरुलाई निर्देशन दिन सजिलो होस् भनेर मुख्य प्रशिक्षकलाई भने मास्क बिना उपस्थित हुनसक्ने अनुमति थियो। खेलाडी परिवर्तनको समय परिवर्तन भएर मैदान पस्ने खेलाडीले मास्क खोल्ने र बाहिर निस्कने खेलाडीलाई मास्क दिइने गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गोल गरेपछिको ‘सेलिब्रेसन’मा पनि केही खेलाडीले शारीरिक दुरी बनाएर नै खुसी साटिरहेका देखिन्थे भने केहीले कुइनानेरको भागले एकअर्काको काँधमा हात राखेर खुसी साटिरहेका थिए। जसले गोलको उत्साहलाई मर्न दिइरहेको थिएन। केही खेलाडीले सामान्य अवस्थामा जस्तै गोलपछि एकअर्कालाई अंगालोसमेत मारेका थिए।

फिफाले ९० मिनेटको समयमा नै पाँच खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम बनाएकाले त्यसैअनुसार गरिएको थियो। 

अर्को रोचक पक्ष के देखियो भने खेलाडीहरु दर्शक नभएको स्टेडियमतिर फर्किएर अभिवादन गरिरहेका देखिन्थे। जसमा बोरुसिया डर्टमुन्डका खेलाडीहरुले रंगशालाको दक्षिण क्षेत्रतर्फ फर्किएर दर्शकलाई अभिवादन गरेका थिए। वुल्फ्सवर्गका खेलाडीहरुले हात मिलाउनको सट्टामा खुट्टा जुधाएर भेट गरिरहेका थिए। 

खेल गर्ने समय रंगशाला बाहिर नै पनि धेरै दर्शक उपस्थित भइदिएर अप्ठ्यारो पर्ने हो कि भन्ने अनुमान पनि गलत देखिएको छ। बुन्डेस लिगाका खेल भएका रंगशाला बाहिरका दृश्य पनि शान्त थियो। दर्शकहरु जम्मा भएका थिएनन्। 

Xtrem

Xtrem

फुटबलले जीवन दिने भए पनि अहिले हतारमा लिग सुरु गर्नु व्यापार मात्र हेरिनु भएको भन्दै अग्सवर्गका केही समर्थकले रंगशालामा व्यानर राखेर विरोध पनि गरेका थिए। त्यसबाहेक पनि अनौठो परिस्थितिमा भइरहेको खेलले प्रशिक्षकहरु नै खुसी थिएनन्। 

प्याडेरबर्नसँगको गोलरहित बराबरीपछि डसेलड्रफका प्रशिक्षक रोस्लरले भनेका थिए– ‘आजको दिन अलि अनौठो भयो, म अलि भावुक मान्छे छु, खेलाडीहरुलाई अँगालो हालेर हौसला दिन राम्रो लाग्छ जुन मैले आज गर्न पाइनँ।’

डर्टमुन्डका प्रशिक्षक लुसियनले भनेका छन्– ‘मैदानमा कुनै हल्ला थिएन, गोलमा तपाइँ एक्लै कराएको जस्तो सुनिन्छ, उत्कृष्ट पास दिएर उत्कृष्ट गोल गरिएको छ तर पनि केही नभएको जस्तो भइरहेको छ।’ 

अब आउने हप्ता हुने खेलहरुमा अहिलेको हप्ताबाट पनि केही सुधार हुने अपेक्षा गरिएको छ। त्यसका लागि क्लब र खेलाडीहरु नियमित कुराकानीमा छन्। जर्मनबाट नै युरोपका अरु लिगले पनि सिको गर्ने देखिएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ !
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्