• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

२०७४ का १० ठूला अपराध : शरद गौचन हत्यादेखि प्रेमीका लागि श्रीमानलाई गोलीसम्म

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  ०१:४४
1140x725

काठमाडौं– प्रहरी संगठनका लागि २०७४ साल निकै उतारचढावपूर्ण बन्यो। आइजिपी नियुक्ति विवादले संगठनको नेतृत्व इतिहासमै निकै कमजोर बन्यो। तर, अपराध अनुसन्धानमा भने त्यसको ठूलो प्रभाव परेन। लगभग सबैजसो ठूला अपराध प्रहरीले यो वर्ष सल्टाउन सफल रह्यो। अपराध अनुसन्धानको क्षेत्रमा थप केही ऐतिहासिक काम पनि भए। 

यस्ता छन् २०७४ का १० चर्चित अपराध

१. शरद गौचन हत्या

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरच गौचनको हत्या गत वर्षको सबैभन्दा ठूलो ‘हाइप्रोफाइल मर्डर’ बन्न पुग्यो। असोज २३ गते घरबाट कार्यालय जाने क्रममा गाडीभित्रै गोली हानी बानेश्वर शान्तिनगरमा उनको हत्या गरिएको थियो।

हत्याको ३६ दिनपछि प्रहरीले हत्याका केही अभियुक्तलाई पक्राउ गरी हत्याको कारण सार्वजनिक गरेको थियो। 

२८ कात्तिकमा प्रहरीले हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको थियो। पछि श्यामबहादुर गुम्बे लगायत सुटरलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

Ncell 2
Ncell 2

समिरमानसिंह बस्नेत


गुन्डा नाइके समिरमानसिंह बस्नेत र मनोज पुनको समूहले उनको हत्या गराएका थिए। बस्नेत पनि पक्राउ परिसकेका छन् भने पुनको प्रहरीसँगको मुठभेडमा मृत्यु भइसकेको छ। 

प्रहरी मुठभेडमै मारिएका गुन्डा नाइके कुमार घैंटेसँगको लेनदेनको विषयलाई लिएर बस्नेतले गौचनलाई धम्काएर पैसा मागेको र नदिएपछि हत्या गरेको खुलेको थियो। घटनामा संलग्न गंगा लिङ्देन, लोप्साङ लामा, रोशन बुढाथोकी लगायत अझै फरार छन्। यो घटनाले गुन्डा र ठेकदारबीचको साँठगाँठलाई पनि बहसमा ल्याइदियो। 

२. मनोज पुन इन्कान्टर

केही वर्षयता देशमा मनोज पुनको आतंक नै छाएको थियो। विदेशमा बसेर व्यवसायीहरुलाई धम्क्याउने र पैसा नदिए आक्रमण गर्ने ‘अन्डरवल्र्ड’ शैली उनले चलाएका थिए। पुनको समूह देशको आन्तरिक सुरक्षामा प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको थियो। 

पटक–पटक उनलाई पक्राउ गर्न प्रहरी टोली भारत गए पनि असफल हुँदै आएको थियो। देशभरिका व्यवसायीहरु सो समूहबाट आतंकित बन्दै आएका थिए। 

तर, गत फागुन ९ गतेदेखि मनोज पुनको आतंक बन्द भयो। पुन र उनका प्रमुख सहयोगी सोम आले रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठभेडमा मारिए। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई घटनापछि व्यवसायीले फोन गरेर धन्यवाद दिए। यो घटनाले केही समय प्रहरीसँग लुक्न सके पनि अपराध गर्नेहरुको भविष्य सुरक्षित छैन भन्ने सन्देश पनि दियो। एकैपटक दुई जना गुन्डा नाइके प्रहरी इन्काउन्टरमा मारिएको यो पहिलो घटना पनि थियो। 

३. ८८ केजी सुन बरामद 

नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा धेरै सुन एउटै अप्रेसनमा फेला प¥यो। भदौ १९ गते महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो।  

बरामद गरिएको सुन चिनियाँ नागरिक पेन वेइमिङको थयो। प्रहरीले घटनामा संलग्न तल्लो तहका व्यक्तिलाई पक्राउ गरे पनि चिनियाँ नागरिक भने रहस्यमय तरिकाले भाग्न सफल भएका थिए। सुन बरामद भएको दिन काठमाडौंमै भएका उनी कसरी चीन भाग्न सफल भए भन्ने रहस्यमय बन्यो। 

प्रहरीले तस्करीमा संलग्न कांग्रेसका नेता मानबहादुर तामाङसहित नरदेवीमा रविश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडु, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी नन्दकुमार मर्गले र दिनकर सालुखे, बाङ्गेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको थियो। 

सुन बोकेको बा१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो। सोही गाडीमा रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परे। उनीहरु हाल जेलमा छन्। तर, तस्करीका मुख्य नाइके तामाङसहितका व्यक्ति छुटिसकेका छन्। 

४. राजकुमार श्रेष्ठ हत्या प्रकरण 

दाङ, तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्या गत वर्षको अर्काे ठूलो चर्चित अपराध थियो। ‘हनी ट्रापिङ’ मा पारेर एक समूहले श्रेष्ठलाई अपहरण गरी पैसा असुल्न खोजेको थियो। जंगलमा लगेर बन्धक बनाइएकोमा श्रेष्ठ बिरामी भएपछि आफू फस्ने डरले उनीहरु हत्या गरेर भागेका थिए। सल्यानको पाथिभरा जंगलमा सडेको अवस्थामा प्रहरीले श्रेष्ठको शव बरामद गरेको थियो। 

स्थानीय १७ वर्षीय पूजा घर्ती मगरसँग राजकुमारको चिनजान थियो। उनै पूजालाई प्रयोग गरेर एक समूहले उनलाई अपहरण गरेको थियो। जेठ २६ गते श्रेष्ठको अपहरण गरिएकोमा २९ गते हत्या भएको थियो। 

पूजा घर्ती मगर


पूजाले राजकुमारलाई घुम्न जाने प्रस्ताव राखेकी थिइन्। सोही अनुसार बा११च १०७१ नम्बरको कार आफैं चलाएर श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा एकान्त बाटोमा उनको गाडी रोकेर जंगलमा लगिएको थियो। 

घटनामा पूजाका बुबा टीकाराम घर्तीको समेत संलग्नता थियो। व्यापारी श्रेष्ठ धनी भएकाले अपहरणपछि लाखौं रकम दिन सक्ने भएकाले उनीहरुले यस्तो योजना बनाएका थिए। घटनामा संलग्न पूजा, उनका बुबा टीकारामसहित खुमबहादुर केसी, भूपेन्द्र भण्डारी, मनबहादुर पुन, रुवत थापा मगर र अविरल महतरालाई प्रहरीले पक्राउ गरेको थियो। 

५. सुन तस्करी र सनम शाक्य हत्या प्रकरण 

२०७४ सालको पछिल्लो महिना सनम शाक्य हत्या प्रकरणले प्रहरी संगठनमा तरंग ल्याएको छ। तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको करेन्ट लगाएर गत फागुन १८ मा विराटनगरमा हत्या भएको थियो। हत्यापछि अनुसन्धानमा भएका चलखेल र गृह मन्त्रालयले छानबिन सुरु गरेपछि खुलेका तथ्यले संगठनमा तरंग ल्याएको हो। 

महानगरीय अपराध महाशाखाले १८ गते बेलुका बिराटनगर पुगेर शाक्यको शव गाडीबाट बरामद गरेको थियो। शव गाड्न लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरी टोलीले सूचना पाउनुलाई धेरैले आश्चर्य ठानेका थिए। 

खासमा तस्कर समूहले नै चिनजानका प्रहरीलाई सूचना दिएर शव बरामद गर्न लगाई आफूलाई जोगाउन सो खेल खेलेका थिए। गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको छानबिन समितिले पुनः अनुसन्धान गर्दा सो सुन विमानस्थलबाटै तस्करी भएको खुल्यो। लामो समयदेखि विमानस्थलमा एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी हुँदै आएको समेत खुलेको छ। प्रहरीले थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ सहित १९ जनालाई पक्राउ गरिसकेको छ। जसमा राप्रपा प्रजातान्त्रिकका भुजुङ गुरुङ समेत छन्। 

अनुसन्धानमा लापबारही गर्ने अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाबाट हटाइएको छ। तस्कर समूहसँग सम्बन्ध भएका अन्य प्रहरी अधिकारीसमेत छानबिनको घेरामा छन्। 

छानबिनका क्रममा लामो समयदेखि विमानस्थलबाट ठूलो मात्रामा सुन तस्करी हुँदै आएको खुलेपछि  त्यसमा संलग्न ‘नेक्सस’ खोजीमा गृह मन्त्रालय लागेको छ। जसमा हाइप्रोफाइल व्यक्तिहरु समेत पर्न सक्ने आशंका गरिएको छ। 

६. दरबारमार्गमा सामूहिक बलात्कार

प्रहरीले गम्भीर अपराधको अनुसन्धानमा चरम लापरबाही गर्दा दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको सामूहिक बलात्कार घटना पनि निकै चर्चित बन्यो। 

आफ्ना प्रेमीसँग होटलमा गएकी एक किशोरीलाई प्रेमीसहित चार युवकले गत माघ ७ गते सामूहिक बलात्कार गरेका थिए। उजुरी लिएर प्रहरीमा गएकी पीडितलाई प्रहरीले नै मिलापत्रका लागि आग्रह गरेको थियो। 

आर्थिक चलखेलका आधारमा प्रहरीले घटना मिलापत्र गराएको थियो। पछि घटना बाहिर आएपछि छानबिन सुरु भएको थियो। दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरियो भने डिएसपी तिलम भारतीलाई बृत्तबाट हटाइएको छ। 

घटनामा संलग्न पीडित किशोरीका प्रेमी शैलेश कार्की पक्राउ परेका छन् भने विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल फरार छन्। यही घटनापछि बलात्कार मुद्दामा हुने मिलापत्र र अनुसन्धानमा हुने चलखेलबारे बहस नै सुरु भयो। 

७. डेढ अर्बको बैंक ठगी 

हाल एनसिसी बैंकमा मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको ३ वर्ष अगाडि भएको घोटाला यो वर्ष सार्वजनिक भयो। राष्ट्र बैंकले नै लुकाउँदै आएको सो घोटालामा संलग्न १९ जना बैंक सञ्चालक तथा कर्मचारीहरु यतिबेला सिआइबीको हिरासतमा छन्। 

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ सिआइबी हिरासतमा छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ लगायत पक्राउ परेका छन्। 

प्रारम्भिक अनुसन्धानमा १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो। 

बैंकका सञ्चालक तथा कर्मचारीले मोटर बाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए। जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो। यो बैंक ठगीको घटना ठूलो मध्येको एक हो। 

८. बलु पौडेल हत्या 

गत वर्ष युवा संघका नेता दुर्गा तिवारीकै हत्या शैलीमा गत पुस २१ गते रुपन्देहीको देवदहमा बलु पौडेलको हत्या भयो। पौडेल तिवारीकै साथी थिए। दुवै जनालाई हत्या गर्ने समूह एउटै थियो। 

मनोज पुनको समूहले सुटर परिचालन गरी उनलाई गोली हानी हत्या गरेको थियो। पुरानो रिसइबीका कारण पुनको समूहले उनको हत्या गरेको थियो। उनको हत्यापछि रुपन्देहीमा सो समूहको थप आतंक सिर्जना भएको थियो। 

हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। योजनाकार पुन र उनका प्रमुख सहयोगी सोम आले प्रहरी मुठभेडमा मारिएका छन्। 

९. बैंक ठगीको गिरोहमा जर्नेल 

नेपाली सेनाका सहायकरथी डा रमेश विष्ट बैंक ठगी घटनामा जेल परे। कृषि विकास बैंकमा भएको करिब ५ करोड ठगी घटनामा गत साता उनी जेल चलान भएका हुन्। 
यो घटना पनि गत वर्षको निकै चर्चित अपराध बन्न पुग्यो। 

बैंकको न्युरोड शाखामा काम गर्ने दीपिका रेग्मीको योजनामा बैंक ठगी भएको थियो। अन्तरबैंक कारोबारको रकम उनले हिनामिना गरेकी थिइन्। माथिल्ला तहका कर्मचारीलाई समेत झुक्याएर उनले ठगी गरेकी थिइन्। दीपिका पनि हाल जेलमा छिन्। 

ठगीमा रेग्मीलाई प्रत्यक्ष रुपमा सघाएको आरोपमा मुद्दा दायर भएका सहायक रथी डा विष्टलाई पनि गत साता पाटन उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। 

१०. प्रेमीका लागि श्रीमानलाई गोली 

गत फागुन १६ गते वीरगन्जमा एक महिलाले प्रेमीसँग बिहे गर्न भाडामा सुटर खटाएर श्रीमानको हत्या प्रयास गरिन्। वीरगन्जकी प्रियंका रौनियारले श्रीमान् उमेशको हत्या प्रयास गरेकी हुन्। 

उमेश वैदेशिक रोजगारीका क्रममा दुबई गएपछि पियंकाको विजेन्द्र गुप्तासँग प्रेम सम्बन्ध गाँसिएको थियो। गुप्तासँगै बिहे गर्न भाडाको सुटरलाई प्रयोग गरी उनले श्रीमानलाई गोली हान्न लगाएकी थिइन्। तर, उमेश बाँच्न सफल भए। 

पर्साका एसपी डा गणेश रेग्मीका अनुसार श्रीमानसँग फोनमा कुरा गरी प्रियंकाले उनी भएको ठाउँ पत्ता लगाई सुटरलाई जानकारी दिएकी थिइन्। घटनामा संलग्न प्रियंकासहितका अभियुक्त जेलमा छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ०१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो आइतबार, कात्तिक २, २०८२
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति आइतबार, कात्तिक २, २०८२
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै आइतबार, कात्तिक २, २०८२
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्