काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धका उपदेश र मार्गदर्शनको परिपालनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेकी छिन्।
बिहीबार २५६४औं बुद्ध जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छिन्- ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।‘
‘आजको यस शुभ दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा गरेको छु’, शुभकामना सन्देशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।