काठमाडौं– गायक सुमन सरगमको 'मेरो रानी बनिदेउ' सार्वजनिक भएको छ। कोरोना भाइरसका कारण नयाँ गीत सार्वजनिक नभइरहेको अवस्थामा सरगमले उक्त गीत तयार पारेका हुन्।
लकडाउनले घरमै बसिरहेकाहरुलाई नयाँ गीत सुनाउने  र म्युजिक भिडियो देखाउने उद्देश्यले प्रतिकूल अवस्थामा पनि गीत सार्वजनिक गरिएको गायक सरगमले बताएका छन्। 
गीत गिरिराज प्रसाद रिजालले लेखेका हुन्। सगीत दीपक शर्माको रहेको छ भने एर्ञज महाराज थापाले गरेका हुन्। गीतको म्युजिक भिडियोमा विकास लामिछाने, समिक्षा पोखरेल र रवी सिंहले अभिनय गरेका छन्। म्युजिक भिडियो निर्देशन मिलन शंकरले गरेका हुन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।