• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोनाको चपेटामा बालबालिका 

राजु घिमिरे  बुधबार, वैशाख २४, २०७७  १२:३५
1140x725

हामीले औंलो, बिफर, हैजा, झाडापखालाजस्ता महामारी त आफ्नै मुलुकमा सुनेका अनि भोगेका हौं। विश्वमा दुई दशकको अन्तरालमा फैलिएका सार्स (२००२–०३), स्वाईन फ्लु (२००८-०९), मर्स(२०१२-१८), इबोला (२०१३-१६), जिका (२०१५-१८) लगायत एचआईभी, डेंगु, प्लेग, मेनेञ्जाईटिस, बर्ड फ्लुजस्ता भाइरसहरुले जनजीवन अस्तव्यस्त बनाएको थियो। मानिसका विभिन्न क्रियाकलापहरुबाट जलवायुमा आउने परिवर्तन र यसको प्रभावले भाइरसहरुले पनि रुप फेर्दै मानव जातिमा आक्रमण गरिरहेका छन्। 

सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले धनी-गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ। आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि पाँच महिनासम्म केही परिणाम दिन सकेको छैन। संसारका खासगरि शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरुलाई कोरोना भाइरस चुनौती भएको छ। 

जब महामारी सुरु हुन्छ, त्यसको सबैभन्दा बढी मार समाजका कमजोर मानिसहरुलाई पर्छ। त्यसैले त प्रथम विश्वयुद्धको मारमा परेका बालबालिकाको संरक्षण गर्दै बेलायती नागरिक एग्लेन्टाइन जेबले बालअधिकारको रक्षाको सुरुवात गरिन्। फलस्वरुप सन् १९८९ मा संयुक्त राष्ट्रसंघले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गर्‍यो र संसारका सबै देशलाई बालअधिकारको पक्षमा काम गर्न आह्वान गर्‍यो।

आफ्ना देशका बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि सम्बन्धित देशहरुमा क्षमताले भ्याएसम्मका काम पनि भएका छन्। तैपनि अस्थिर राजनीतिक अवस्था तथा सुशासनको कमिले गर्दा सन्तोषजनक सुधार आएको पाईएको छैन। 

देशका विभिन्न तहका सरकारहरुले आफ्ना घरका छोराछोरीसरह पालनपोषण, शिक्षादिक्षा, विकास, संरक्षण, सहभागिताका आधारमा आम बालबालिकाको पक्षमा काम गर्नु पर्नेमा त्यसमा कमि भएका प्रशस्त उदाहरण छन्। महामारीको समयमा बालबालिका धेरै जोखिममा पर्ने खतरा हुन्छ। अझ राम्रो अभिभावकत्व नपाउँदा उनीहरुको मनोसामाजिक अवस्थामा समेत आघात पर्छ। देशको सरकार सँगसँगै समाजका प्रत्येक सरकारी/गैरसरकारीसंस्था, नागरिक र अभिभावक सचेत हुने हो भने बालबालिका जोखिममा नहुन सक्छन्। तर यसो हुन सकेको छैन। बालअधिकार हननका केही यस्ता समाचार छन्, जुन पढ्दा पनि शरीर जिरिङ हुन्छ। 

बाल बचाउको सन्दर्भमा हेर्ने हो भने गर्भवती महिलाहरु गर्भावस्थामा लगाउने खोपबाट वञ्चित भएका छन्। राष्ट्रिय खोप कार्यक्रम प्रभावित भएको छ र त्यसको परिणामस्वरुप समुदायमा दादुरा, रुबेला लगायतका प्रकोप सुरु हुन लागेका छन्। बिरामी भएका बालबालिकाले उपचार पाएका छैनन्। अनि, अस्पताल लाँदालाँदै बाटोमा मृत्यु भएका पनि छन्। अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मीहरु नजिक नै पर्दैनन्। उनीहरु लगायत सबैमा कोरोनाको त्रासले ठूूलो डेरा जमाएको छ।

लकडाउन भएपछि आफ्नो थातथलोमा जान हजारौँ मजदुरहरुको लर्कोमा आधाजति बालबालिका भएका दृश्य देखिएका थिए। सहरी क्षेत्रमा कोरोना संक्रमण हुने डरले तीन सय–चार सय किलोमिटर पैदल यात्रामा निस्केका कतिपय बालबालिकासहित अभिभावकहरुले खान पाएका थिएनन्। बिरामी परेका थिए र हातखुट्टा सुन्निएका पनि थिए। अनि त्यस्ता कतिपयलाई सहयोगी मनहरुले खान दिएका समाचार सुनेका छौं। तस्बिरहरु देखेका छौँ।

बालसंरक्षणको सवालमा हेर्दा अवस्था झन् भयावह छ। किनभने, बालबालिकाप्रति हुने शारीरिक, मानसिक तथा यौन दुर्व्यवहार, शोषण तथा अपहेलनाका घटना दिनैपिच्छै बाहिर आएका छन्। बालिकाहरुलाई घरमै आफन्तबाट बलात्कार, समुदायमा जाँदा सामूहिक बलात्कार भएका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। देशमा भएको लकडाउनले अझ सयौँ घटना बाहिर आएका छैनन् र आफन्तहरुले लुकाउने गरेका सूचनाहरु पनि हाम्रा पहिलेका अनुभवहरुबाट पाएका छौँ। 
‘हे भगवान चाँडै विद्यालय खुलाईदेऊ, ममीभन्दा त म्याडम नै ठीक’ भन्ने सामाजिक सञ्जालमा आएको एउटा भनाइलाई सापट लिँदा (रमाइलोका लागि राखेको भए पनि) हाम्रा घरहरुमा बसिरहेका बालबालिका वाक्क–दिक्क भएका छन् र कतिपय अभिभावकहरुबाट विभिन्न खाले दुर्व्यवहारसमेत भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसको अनुगमन र सूचना संकलन गर्ने प्रभावकारी माध्यम नभएकाले सूचना तथा जानकारी अपर्याप्त छन्। आफन्त, साथीभाइलगायत बाहिरी वातावरणसँग घुलमिल हुन नपाएर बालबालिका उकुसमुकुस भएका छन् र कतिपयमा मनोसामाजिक अवस्था बिग्रिएर असामान्य व्यवहार देखा पर्न थालिसकेका छन्। अभिभावकविहीन तथा अभिभावकबाट टाढा रहेका बालबालिकाको मनोभावना त अझ जटिल भईसकेको छ। किनभने, यस्तो अवस्थामा सबैभन्दा प्रिय चिज आफ्नो परिवार हो, माया हो र पारिवारिक एकता अनि हौसला हो।

बालविकासको कुरा गर्ने हो भने एक महिनाभन्दा बढीको अवस्थामा विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौँ बालबालिका श्रृजनशीलविहीनता भई सामाजिक सञ्जाल, टेलिभिजन लगायतका कुरामा बढी संलग्न भएकाले रिसाउने, चिड्चिडाहपन बढेका घटना आएका छन्। 

खासगरी अभिभावकहरुमा बालबालिकासँग गर्नुपर्ने व्यवहार, असल अभिभावकत्वको भूमिका आदि जस्ता पक्षको  जानकारी नभएको, भए पनि अभिभावकले पर्याप्त समय नदिँदा बालबालिकाको विकासमा नकारात्मक प्रभाव परेको छ। बाहिर निस्कने नपाउने र नजिकै निस्के पनि दुरी कायम गर्नुपर्ने कारणले बालबालिका खेलकुदबाट वञ्चित भएका छन्। 

कतिपय निजी विद्यालयहरुले अध्यापनका लागि सञ्चालन गरेका अनलाईन कक्षाहरु पनि प्रभावकारी भएको पाईदैन। झन् त्यसले अभिभावक र बालबालिकामा बोझ थपेको छ। छोराछोरीलाई पढाउन आजको जमानामा ईन्टरनेट राख्नु पर्ने, अनलाईनमा पढेको बैशाख महिनादेखि नै शुल्क तिर्नुपर्नेजस्ता विद्यालयका जबर्जस्त कुराहरुले अभिभावकमा अझ पीडा थपेको छ।

Xtrem

Xtrem

बालसहभागिताको पक्षलाई हेर्दा हाम्रो घरपरिवार, समाज र देशमा उनीहरुको सहभागितालाई अर्थपूर्ण रुपमा लिईएको पाईदैन। यस्तो महामारीमा त उनीहरुलाई कसले सम्झने हो र? बालबालिकासँग बाल क्लबमार्फत् कार्य गरेको अनुभवमा उनीहरु नीतिनियम पालन गर्न र गराउन खप्पिस हुन्छन्। अहिलेको अवस्थामा आफ्नो घरपरिवारमा कोरोनाको चेतना फैलाउन र घरका सदस्यहरुलाई सरसफाईसम्बन्धी बानी व्यवहारहरुमा अभ्यास गराउने काममा बालबालिकाको भूमिका महत्वपूर्ण भएको हामी सबैले बुझेका छौँ। निर्णायक तहमा पनि उनीहरुको सहभागिता महत्वपूर्ण हुन्छ। 

हालको महामारीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरुले उनीहरुको बचाऊ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरुको पुनरावलोकन गर्न जरुरी छ। सडक तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार, पुनर्स्थापनाजस्ता केही प्रयासहरुलाई सकारात्मक रुपमा लिन सकिन्छ। 

तर यस्ता कामहरुलाई स्थानीयस्तरसम्म पुर्‍याएर सबैको अपनत्व हुने खालका अभ्यास गराउन आवश्यक छ। सरकारले काम गरेन, समाजले कुरा बुझ्दैनन् र बालबालिकालाई जति गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागी सबैको हातेमालो भएमा समग्र बालबालिकाको पक्षमा राम्रो काम हुन सक्छ। सकारात्मक प्रकारका प्रयासहरु भएको खण्डमा महामारीको चपेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी हुन सक्छ।   

(घिमिरे बालअधिकारकर्मी हुन्)
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १२:३५
  • #childrights

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
प्रतिनिधि सभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्