• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कोरोना भाइरसबाट काठमाडौं सुरक्षित छ तर जोखिममुक्त छैन : डा शेरबहादुर पुन [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  ०९:१०
1140x725

विश्वभरि कोरोना भाइरस फैलिरहेको छ । नेपालमा कोरोना भाइरस हालसम्म नियन्त्रणभित्रै छ। यसलाई नेपाल  भित्रिन र फैलिन नदिन लकडाउन गरिएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नपाउनुका कारण के हुन सक्छन्? जोखिम टरेको हो वा अझै बाँकी छ? काठमाडौंको शुक्रराज ट्रपिकत तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग डिबी खड्काको समय संवादः  

तपाईंहरुको अस्पतालमा उपचाररत तीनैजना बिरामीलाई निको पारेर घर पठाउनुभयो। अहिले बिरामी र त्रास दुवै घटेका छन्। केही सजिलो महशुस भइरहेको होला है?

संक्रमित तीनजना र सम्भावित सबै बिरामी  निको भएर घर फर्किनुभयो ।  हामीले सयौंलाई परार्मश दियौँ। धेरैमा रहेको  मनोत्रास हटायौं । लकडाउन अघिदेखि सुरु भएको मनोपरार्मश  अहिले पनि दिइरहका छौं। अस्पताल आउनुभएकाहरु कोभीड १९ को विषयमा कौतुहलताका साथ  आउनुभएको थियो। हाम्रो अस्पतालले आश्वस्त  पार्न सक्यो।  

कोरोना भाइरसबाट हुने रोगको नाम कोभीड १९ भनिएको छ। यो नाम तोक्नुअघि नै पुस २० तिर तपाईंले  लेख लेख्नुभएको थियो । तपाईं त्यतिबेलादेखि नै सतर्क हुनुहुन्थ्यो?

मैले  विश्लेषण गरेको हो । त्यो स्वाथ्यखबर पत्रिकामा प्रकाशित भयो। त्यो त  मैले विश्वमा फैलिरहेका रोगबारे अध्ययन गर्दा भेटेर मध्यरातमा लेखेको थिएँ । आजको जस्तो अवस्था सिर्जना होला भनेर कल्पना गरेको थिइनँ। 

नियन्त्रणमा आउला जस्तो लागेको थियो । संसार भर उपद्रो मच्चाएको छ । हजारौंको मृत्यु भइसकेको छ। यसको उदगम चिनको वुहान भनिएको थियो । त्यहाँ देखिदा नेपाली र चिनियाँको दुवैतर्फ आवातजावत थियो । हामी पनि सतर्क हुनपर्ने हो कि भनेर नै लेखेको हो । महामारी नै भयो । सन् २००९ मा स्वाइन फ्लु भयो। तत्पश्चात यो नै महामारी हो । निरन्तर मानिसको मृत्युको कारण बनिरहेको छ। संख्यायात्मक रुपमा पनि बढ्दो क्रमनै देखिन्छ । जुन प्रकारको अवस्था युरोप अमेरिकामा देखिएको थियो । आजको मितिसम्म देखिएको छ । सुखद पक्ष हाम्रोमा त्यस्तो भयावह अवस्था देखिएको छैन । तर अगामी दिनको लागि चनाखो हुनुपर्छ । 

 काडमाडौंमा कोरोना भाइरस रहित भएको हो? कि अझै काठमाडौं जोखिममा छ?

विदेशबाट प्लेन आउनेक्रम रोकिएको छ। काठमाडौंमा बिरामी छैनन्। एक हिसाबले सुरक्षित नै छ। तर अरु जिल्लाबाट आउने क्रम रोकिएको छैन। आवातजावत चलेको छ। त्यसकारण बाहिरबाट कोरोना भाइरस उपत्यकामा भित्रिने जोखिम यथावत छ।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन अघि मानसिहरुको मनमा पर्याप्त मात्रामा टेस्टिङ भएन। त्यही भएर यस्तो भएको होला भन्ने थियो । ठूलो त्रास थियो। परार्मश लिन आएकालाई सम्झाउँदा उहाँहरुको मनमा टेस्ट कम भएको छ। त्यसैले देखिएन तर कोरोना चाहिँ छ  भन्ने थियो । त्यो बेलामा अन्य फ्लु देखिएको थियो। सिन्धुपाल्चोकमा पनि धेरैमा फ्लु भयो । धेरै डराएका थिए । जचाउनुपर्ने अवस्थामा पनि थियो । तर त्यो इन्फ्लुएन्जा नै थियो।

बिस्तारै टेस्ट बढ्यो। हामीले तोकेको समय १४ दिन  पनि कट्यो। अहिले त अझै धेरै समय पुगिसक्यो। तर बिरामी भेटिएनन्। म एकप्रकारले एकदमै खुसी छु। हामी केही हदसम्म सुरक्षित भइसकेका छौं। अब भारतसँग सिमाना जोडिएको ठाउँको चिन्ता छ। उपत्यकामा कोरोना फैलिन नदिन बाहिरबाट भित्रिएका र जेलका बन्दीहरुको ख्याल गर्नुपर्छ । उपत्यकासँगको आवतजावत कम गर्नुपर्छ। त्यसो गरियो भने एक हदसम्म सुरक्षित भइन्छ। विश्वबाटै नियन्त्रणमा नआउन्जेल जोखिम त रहन्छ नै। 

सचेत हुने र निगरानी बढाउने काम गरेर काठमाडौं भित्रको लकडाउन खोल्ने स्थिति बन्यो त?

Xtrem

Xtrem

कसरी खुला गर्नुहुन्छ, त्यो नितीनिमार्ताको कुरा भयो । उपत्यकाको जनजीवन  सहज बनाउन सकिन्छ । सामाजीक दूरी कायम गर्न सकिने ठाउँ खोल्न सकिन्छ।  

उपचारका साथै अनुसन्धानमा तपाईंको रुचि छ। सरुवा रोगको अनुसन्धानमै पिएचडी गरेका कारण टेकुमा तपाईंहरुले नै उपचार गरेका बिरामीमाथि पनि केही अनुसन्धान गर्नुभयो होला। केही फरक पाउनुभयो?

यो चाख लाग्दो विषय हो । म आफै अनुसन्धानमा व्यस्त हुने हुँदा मैले विदेशको भिन्न अवस्था देखिरहेको छु । नेपालमा पहिलो  केस जुन थियो । हामीले पूरै आइसोलेट गरेर राखेको हो। तर ती बिरामी हामीकहाँ आउनुअघिविभिन्न व्यक्तिको सम्पर्कमा थिए। ट्रेसिङ गरेर खोज्ने कुरा त्यति प्रचलनमा थिएन। तर उनीबाट कसैमा सरेको जानकारीमा आएन। अर्थात् कोही बिरामी भएर अस्पताल आएनन्।

कतिमा कोरोना लामो समयसम्म रह्ययो। कतिको चाँडै नेभेटिभ  आयो। उनीहरुबाट अरुमा सरेको पाइएन। विदेशको यथार्थ फरक छ, छिटोछिटो सङ्क्रमण फैलिरहेको छ। त्यसमा पनि हजारौंको मृत्यु  भइरहेको छ। हामी त्यही कल्पना गरेर डराइरहेका छौं। अरु ठाउँमा त्यसरी फैलिनु र हामीकहाँ नफैलिनु अनुसन्धान गर्नुपर्ने विषय हो। मलाई पनि चासो जागेको छ। नेपालमा स्वास्थ्य अनुसन्धाकर्ताहरुले पनि केही न केही फरक पत्ता लाग्ला भन्ने अपेक्षा गरेका छन्। तर अहिले  नै यही कारणले नेपालमा फैलिएनज भन्न सक्ने अवस्था छैन । 

अहिलेसम्मको अवस्था नियमाल्दा कोरोना भाइरसले नेपालीहरुलाई आक्रमण गर्न नसक्ने या परास्त गर्न सक्ने क्षमता राख्छन् भन्ने हो?

दु:खद् पक्ष नेपालबाहिर बसेका नेपालीहरुको निधन भयो। आफैंमा मात्र नभइ वरिपरिको हावापानीको अरु कुनै फ्याक्टर पो छ कि? अर्को रहस्यको विषय भारतको सुकुम्बासी वस्तिको घटना बनेको छ। मार्चको अन्तिमतिर हुनुपर्छ भारतको मुम्बइस्थित एसीयाकै ठूलो सुकुम्बासी बस्तिमा कोरोना भाइरसको संक्रमण भेटियो। तर जुन महामारी त्यहाँ फैलिनुपर्ने हो त्यो देखिएन। किनभने त्यो वस्तिमा सामाजिक दूरी  सम्भव नै छैन। त्यसैले केही न केही कारण अवश्य छ भन्ने प्रश्न उब्जाएको छ। केले कोरोना भाइरसलाई ब्रेक गर्यो  भन्ने विषयको खोजी हुँदैछ।  

बिसिजीहरु खोप लगाउने ठाउँमा यसको संक्रमण कम देखिएको छ। कहीँकतै सम्बन्ध छ?
अमेरिकी बैज्ञानिहरुले गरेको अनुमान हो। यो तथ्यगत भन्दा पनि सामान्य म्यापिङ हो। बिसिजी खखोप लगाएका देशमा तुलानात्मक रुपमा संक्रमण र मृत्युदर कम भन्ने कुरा देखियो। त्यसैले थप अनुसन्धान हुँदैछ, कोरोना भाइरसको र यसको कुनै सम्बन्ध रहेको वा नरहेको सम्बन्धमा।  बिसिजी लगाएको व्यक्तिमा  कोरोना भाइरस लाग्दा कस्तो प्रतिक्रिया जनाउँछ भनेर अनुसन्धान भएमा बाँकी पत्ता लाग्ला। अहिले कोरोना भाइरस प्रश्नै प्रश्नको ठेली हो। कुनै ठोस उत्तर आएको छैन। बैज्ञानिकहरुले औषधी र भ्याक्सिन पत्ता लगाउन खोजी गरिरहेका छन्। 

भिडियोमा हेर्नुहोस् 

भारतमा तीब्र रुपमा फैलिरहेको छ। हाम्रो खुलासिमाना छ । त्यहाँबाट आउन सक्ने सम्भावनालाई रोक्न के गर्नुपर्छ?

सीमा ठूलो छ । पूरै बन्द कत्तिको व्यवहारिक हुन्छ म जान्दिनँ। यो सरकार मात्रको प्रयासले पुग्दैन। सरकार मात्र लाग्ने हैन।  हामी आफैं पनि सचेत हुने हो। जो भारतबाट आउछ उसले १४ दिन छुटटै बस्नुपर्छ। यदि हामी आफैं सचेत भएनौं भने सरकारको प्रयास खेर जान्छ। कोरोना दोस्रो चरणमा जाने हाम्रै लापरवाहीको कारण हो । महामारी बाजा बजाएर आउँदैन । त्यसैले हामीले नै सामाजिक दूरी बनाउने हो। 

यो मामलामा फ्रान्सबाट आएकी कोरोना भाइरस पोजेटिभ एक बहिनीको उदाहरण दिन चाहन्छु। उनीबाट हामीले सिक्न जरुरी छ। उनी नेपाल आएपछि सेल्फ क्वारेन्टाइनमा बसिन्। उनी आफैंले जाँचका लागि प्रक्रिया अघि बढाइन्। उनको सचेतताका कारण परिवार र समुदायमा भाइरस फैलिन पाएन।  रोग लागेपछि सरकार स्वा स्वास्थ्यकर्मीले उपचार गर्छन्। तर लाग्न नदिन नागरिक नै सचेत हुनुपर्छ।

विश्वले यो संकटबाट कहिले मुक्ति पाउँछ?
कहिले खतम हुन्छ । कसैलाई पनि थाहा छैन । भविष्यमा हरेक सिजनमा देखिन सक्छ भन्ने अनुमान छ । स्वाइन फ्लु त्यस्तै भइरहेको छ । एकपटक देखिएर नदेखिन पनि सक्छ । पर्याप्त अनुसन्धान नभएकोले भन्न सकिने अवस्था छैन। राम्रो खोपको विकास भयो भने कोरोना भाइरसबाट छिटो मुक्ति पाउन सकिन्छ। तर खोपको विकास हुन सकिरहेको छैन। 

देशमा सरुवा रोगको उपचार गर्ने संयन्त्र  पर्याप्त छ वा बनाउनुपर्छ भन्नेमा के लाग्छ यहाँलाई?

नभएको हैन। सुधार गर्नुपर्ने छ । हामीले अझ गर्नुछ। कमजोरीको पाठ सिक्दै अघि बढ्दै जाने हो। सरुवा रोग नियन्त्रण सेन्टर खोल्नुपर्छ। अरु देशमा पनि छ। हाम्रोमा पनि हुन जरुरी छ । सबै क्षेत्रका विज्ञहरु त्यहाँ हुनुपर्छ । भबिष्यमा यस्ता समस्या फेरि नआउलान् भन्ने त छैन। नेपालमा त अझ विश्वका लागि टाउको दुखाइ नबन्न सरुवा रोगहरुले पनि महामारीको रुप लिने गरेको हामीले भोगेका छौं। त्यसैले एउटा सरुवा रोग नियन्त्रण सेन्टर अर्को सरुवा रोग अनुसन्धान केन्द्र हुनुपर्छ।

तपाईंले परिकल्पना गर्नुभएको अनुसन्धान केन्द्र कस्तो खालको हो?

धेरै वर्षपहिलेदेखि टेकु जाँदा कल्पना गर्थें। यो अस्पतालले अनुसन्धानको ठूलो पिलरको रुपमा काम गरोस् । अहिले पनि अनुसन्धान गर्छु । सरुवा रोग अनुसन्धानको दक्षिण एसियाकै हब जस्तो होस् । टेकुमा सरुवा रोगबारे बहस गर्दा गर्व होस्। त्यसका लागि एउटा मात्र इँटा राख्न पाए भने पनि हुन्थ्यो जस्तो लाग्छ। बाँकी आउने स्ताले सम्हालोस्। यसका लागि म निरन्तर कुरा उठाइरहन्छु। केही दिनअघि वर्तमान स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्दा पनि मैले यही कुरा राखें। नेल्सन मण्डेलाको एउटा भनाइ सम्झिन्छु- हरेक कुरा नगरेसम्म असम्भव हुन्छ, गरे सकिन्छ। अझै त्यो काम गर्न सकिन्छ भन्ने लाग्छ। यसका लागि सरकार नै सकारात्मक हुनुपर्छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्