काठमाडौं- कुवेतमा शुक्रबारमात्रै ११ नेपालीमा कोरोना पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ। संक्रमितहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ। कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३ सय ५३ नयाँ संक्रमित भेटिएका छन्। कोरोनाका कारण ३० जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ६ सय २ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।