• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

तमोरको गीतमा अष्ट्रेलियाको दृश्य

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १८, २०७७  १५:४६
1140x725

काठमाडौं- करिब अढाइ दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतले पहिलोपटक दृश्य पाएको छ।

‘पानी तिरतिरे
ल्याउ भन्थे बाबैले
मारयो पिरतीले’

ब्यान्डका अधिकांश गीतहरुजस्तै यसको पनि संकलन अमृत गुरुङले गरेका थिए। ‘सन् १९९७ मा म तेह्रथुमको बसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै थिएँ,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत त्यो क्षण सम्झदै सुनाउँछन्, ‘त्यतिबेलै बाटोमा अचानक यो गीतको पहिलो हरफ भेटिएको थियो।’

कसरी? त्यसको पनि रोचक प्रसंग रहेछ।

पैदल हिँड्दै जाँदा बाटोमा गुफापोखरी पर्दथ्यो। त्यहाँको दृश्य बयान गरेर साध्य थिएन। गुफापोखरी छेवैमा देउराली थियो।

‘त्यही देउरालीमा बसेर म कुम्भकर्ण हिमालका दृश्यहरु क्यामरामा कैद गरिरहेको थिएँ,’ अमृत सम्झन्छन्, ‘त्यतिबेलै वनतिर हिँडेका दुइ तन्नेरीहरु हाम्रा नजिकै आइपुगे।’ उनीहरु अमृतले बोकेको क्यामराका प्रति अत्यन्तै जिज्ञासु थिए। उनले त्यसका लेन्सहरु चलाउँदै दृश्यलाई नजिक ल्याएर देखाइदिए। तन्नेरीहरु प्रभावित भए।

‘मैले उनीहरुले गाउने कुनै गीतहरु छन् भने सुनाउन अनुरोध गरेँ,’ अमृत भन्छन्, ‘त्यतिबेलै यो गीतको पहिलो अन्तरा उनीहरुले गाएका थिए।’

पानी तिरतिरे...ल्याउ भन्थे बाबैले... मारयो पिरतीले....

Ncell 2
Ncell 2
nimb
nimb

अमृतलाई यो भाकाले साह्रै छोएछ। उनले अगाडिको पनि सुनाउन अनुरोध गरे। तर, तन्नेरीहरु ‘ढिला भयो’ भन्दै वनतिर हिँडेछन्। ‘त्यसपछि म अलिक दिन लगाएर ताप्लेजुङ पुगेँ, बाटोमा राफ्टिङ पनि गरेँ र काठमाडौं फर्र्किएँ,’ उनले थपे, ‘त्यो मनमा छोइरहेकै पहिलो अन्तरालाई समातेरै बाँकीको गीत आफैँले काठमाडौंमा तयार पारेको हुँ।’

यसरी तयार भएको यो गीत नेपथ्यको एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा पहिलोपटक रेकर्ड गरिएको थियो।

यस गीतको विशेषतामध्ये ‘क्वायर’को प्रयोग पनि एक हो। नेपथ्यको ‘भेँडाको ऊनजस्तो’ एल्बमका सबै गीतहरुमा संगीत संयोजन गर्ने काममा डानियल कार्थक (दानु)को अहम भूमिका थियो। इशाइ धर्मावलम्बी उनी चर्चको संगीतबाट नजिक हुने नै भए। ‘त्यतिबेला कालोपुल चर्चबाट दाजुभाइ दिदीबहिनीको एउटा समूह नै आएको थियो,’ अमृतले सम्झना गरे, ‘गीतमा उनीहरुले निकालेका विभिन्न स्वरको क्वायर मिसिएकै कारण पनि यो अझ मिठो बन्न पुग्यो।’

यसरी तमोर नदीको किनारै किनार घाँस दाउरा गर्नेहरुको गुनगुनबाट निस्केको यो गीतले नेपथ्यको शिल्प पाएर ‘लोक रक’सम्मको यात्रा गरेको थियो। यस अवधिमा गीतकै हिसाबले मात्र श्रोताहरुले यसको आनन्द लिँदै आएका थिए। यसैबीच नेपथ्यले केहि वर्षयता आफ्नो युट्युब च्यानल मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्न सुरुगरेको छ। त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई क्रमशः नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा पुनः प्रेषित गर्ने मञ्चका रुपमा पनि यस युट्युब च्यानलको उपयोग गर्न थालेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसै प्रकृया अनुसारै भर्खर केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो। त्यसैगरि अर्को पुरानो ‘छोटो गीत’ले पनि केहि साता अघि भिडियोका रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ। संयोगवश यी तीनवटै गीत ‘भेँडाको ऊनजस्तो’ एल्बमबाटै लिइएका हुन्।

‘नेपथ्यका पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रुपमा हामीले यो कदम चालेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्मातासमेत रहेको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी छिट्टै नै नेपथ्यका सबै गीतहरुलाई हेर्नसमेत मिल्ने हिसाबले आधिकारिक युट्युब च्यानलमा राख्ने जमर्को गरिरहेका छौं।’

यो भिडियोको पृष्ठभूमिबारे बताउँदै अमृत गुरुङले यसको छायांकन अष्ट्रेलियामा गरिएको जानकारी दिए।

‘यसको छायांकन हामीले अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरेका हौं,’ उनले भने, ‘एक सहरबाट अर्को सहरमा आयोजित कन्सर्टका बीच फुर्सद्को सदुपयोग गर्दै यो काम गरेका थियौं।’ अहिले त्यसै छायांकनलाई यो पुरानो गीतको भिडियोका रुपमा नेपथ्यले सार्वजनिक गरेको हो।  

नेपथ्यका गीतहरु अधिकारिक युट्युब च्यानलमा सुन्न र हेर्न  सकिन्छ।

हेर्नुहोस् गीतको भिडियो 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:४६
  • #amrit_gurung

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्