• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लकडाउन खुलेको १५ दिनपछि परीक्षा गर्ने तयारी गरेका छौं : शिक्षामन्त्री पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १८, २०७७  ११:२५
1140x725

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको छ। यहीकारण शैक्षिक संस्था बन्द छन्। भर्ना र परीक्षाहरु स्थगित भएका छन्। स्थगित परीक्षा कहिले हुन्छन्, नयाँ शैक्षिक सत्र कहिले सुरु हुन्छ? भन्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग नेपाललाइभकर्मी डिबी खड्काले गरेको कुराकानी :

लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द छन्।  परीक्षा स्थगित भएका छन्। समय घर्किन लागिसक्यो। नयाँ शैक्षिक सत्र र रोकिएका परीक्षा कसरी अघि बढाउने योजना बनाउनुभएको छ?

हाम्रो शैक्षिक सत्र बिग्रिएको छैन। सामान्यत: बैशाख  २ बाट भर्ना सुरु हुँदै १४ सम्म  चल्थ्यो। बैशाख २१ गतेबाट पठनपाठन सुरु हुने हो।  हाम्रो तालिका हो यो। कक्षा १०, ११ र १२ को परीक्षा स्थगित गर्नुपर्‍यो। डब्लुएचओलाई आधार मान्दा नेपाल कोरोनाकै कारण ज्यान नगुमाउने देशमा पर्छ। सरकारको तर्फबाट यसलाई रोकथाम गर्न चौतर्फी पहल भएको छ । बैशाख २५ सम्म लकडाउन नै छ। 

त्यसपछि कता-कता  सम्भव हुन्छ,  त्यता खोल्दै जाने हो। सबैभन्दा पछाडि खोल्नेचाहिँ शैक्षिक संस्थाहरु हुन्छन्। किनभने त्यहाँ धेरै भीडभाड  हुन्छ। योभन्दा विकराल परिस्थिति भएछ भने सोहीअनुसार सोच्छौँ। यही अवस्था रह्यो र स्थिति नियन्त्रणमा आउन थाल्यो भने २५ गतेसम्म नतिजा प्रकाशन गर्ने र त्यसको अर्को हप्ता भर्ना अघि बढाउने हो। तिनै तहका सरकारले यो काम मिलेर गर्नुपर्छ। विश्वविद्यालय, सिटिइभिटी र परीक्षा बोर्डले लकडाउन खोलेको ३ हप्तभित्र परीक्षा गराउन सक्छु भनेका छन्। जेठभरिमा परीक्षा गराउने कोशिस गर्छु। उच्चस्तरीय समिति र  मन्त्रिपरिषदले आवश्यक निणर्य गर्छ । ढिलोमा असार १५ सम्म १०, ११, १२ को परीक्षा गर्छौं। नतिजा एक महिनाभित्र प्रकाशित गर्छौं। 

हाम्रो सामान्यत: महत्वपूर्ण चाडपर्वअगाडि नै पठनपाठन सुरु हुन्छ। जाडोको बिदा, गर्मीको बिदा, चाडपर्वको बिदा मिलाइन्छ र अतिरिक्त कक्षाहरुको व्यवस्था गरेर सिकाइलाई सुनिश्चित गरिन्छ। त्यसकारण सबैलाई म के भन्न चाहन्छु भने शैक्षिक सत्र तलमाथि हुन दिइँदैन। यत्रो विपत्ति आएका बेला असर त पर्छ नै। असामान्य परिस्थितिमा असामान्य तरिकाले सोच्नुपर्छ र काम गर्नुपर्छ । सकेसम्म शैक्षिक सत्र नबिगार्ने ढगंले लागिरहेका छौं। 

यसको अर्थ एसइई कक्षा ११ र १२ का विद्यार्थीले बढीमा असार, नभए जेठमा दिनेगरी तयारी गरेर बसे भयो ?
उहाँहरु तयारीमा हुनुहुन्छ । तयारीलाइ जारी राख्नुस्। वैज्ञानिक समुदायले के भन्छन्, त्यो आधारमा हामीले निणर्य गर्ने हो। यो परिस्थितिको अन्त्यबारे घोषणा गर्ने विश्वमा कोही छैन। नेपालमा पनि कोही छैन। परिस्थितिको ठीक ढंगले मूल्याङ्कन गरेर निणर्य गर्नुपर्छ। अभिभावकले पनि पढ् पढ् भनेर तनाव नदिनुस्। संकटले हामीलाई बुझ्न प्रेरित गरेको छ। परिस्थिति अर्कै भएछ भने १२ को परीक्षा अर्को वर्ष जान्छ। १०, ११ को परीक्षाका बारेमा भिन्न परिस्थितिमा जानुपर्ने हुन सक्छ। अवस्था काबूमा आउँदा उल्लेखित समयमा परीक्षा गर्ने कोशिस हुनेछ। म परीक्षाको पक्षमा छु । परिस्थितिलाई हेर्दा सामान्य नै होला भन्ने  मान्छु। 

कोभिड-१९ नेपालमा सरकारको काबुभित्रै छ, त्यसकारण यो तालिका बनाउनुभएको हो ?
हजुर, हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले अनलाइन कक्षा चलाउन  र सिकाइलाई प्रविधिमैत्री बनाउन तपाईंहरुको  प्रयास छ। तर यसका पनि धेरै कमीकमजोरी छन्। यसलाई कसरी निगरानी गर्नुभएको छ ?

पहिलो कुरा संकटका बेला आजै के विकल्प दिन सक्छौँ भनेर दुई टोली हुनुहुन्छ। एउटाचाहिँ खुला विश्वविद्यालयका उपकुलपतिको नेतृत्वमा समग्र शिक्षाको हामी डिजिटलाइजेशन कसरी गर्ने, दूरशिक्षालाई कसरी लैजान सक्छौँ, अनलाइनलाई कति जान सक्छौं र एफएम टिभीलाई कसरी प्रयोग गर्न सक्छौँ भनेर समग्र अवधारणा बनाउन सक्छौँ भनेर मोटामोटी तयार गरिसक्नुभएको छ। 

अर्को यहाँका डिजीको नेतृत्वमा टोली बनाएका छौँ । त्यो टोलीमा हामीले अहिलेसम्म विद्यालय शिक्षामा तयार गरिएका सामग्रीलाई एक ठाउँमा ल्याएर यही बेलामा घरमै बसिरहेका विद्यार्थीलाई सिकाउने वातावरण बनाइरहेका छौं। 

एनटिभी प्लसबाट हामीले कक्षा १० को कक्षा सञ्चालन गरेका छाैं। डिसहोमले पनि पढाइरहेको छ। पाठ्यक्रम विकास केन्द्रसँग मिलाएर बनाएका सामग्रीहरु एकदेखि आठसम्मको बारेमा केबुल डिस होमसँग कुराकानी गरेका छौं। शिक्षात्मक गतिविधिमा सरिक गराउँ भनेर ल्याएका हौँ। यसलाई दीर्घकालीन रुपमा जान पनि छलफल रहेका छौँ। वैकल्पिक शिक्षण विधिमा जान पनि हामीले सबै सामग्रीको उपलब्धताबारे कुराकानी गरिरहेका छौं। छलफल भएको छ।

Xtrem

Xtrem

बजेट निर्माणको पनि बेला भएको छ। सरकारले नीति तथा योजना पनि ल्याउनुपर्ने हुन्छ। शिक्षालाई प्रविधिमैत्री बनाउन के सोच्दै हुनुहुन्छ?
अहिले बजेट निमार्णको सन्दर्भमा मुलभूत रुपमा हामीले सार्वजनिक शिक्षाको सवलीकरणमा जोड दिएका छौं। २०८५ सालसम्ममा नेपालका सार्वजनिक शिक्षा प्रदान गर्ने संस्थाहरुको गुणस्तरमा रुपान्तरण आउनुपर्छ। हाम्रो जोड यसैमा छ।

विज्ञान तथा प्रविधिका क्षेत्र पनि भएकाले यसमा पनि काम गरिरहेका छौँ। प्रविधि क्रान्तिको समय भएकाले बहुविधागत प्रयोगशालाको कुरा पनि गरेका छौँ। आइसिटी ल्याब र साइन्स ल्याबको आवश्यकता छ। माध्यामिक विद्यालयमा ल्याउन सक्यौँ भने शिक्षकलाई तयार गर्नुपर्छ। विपतमा बजेट कसरी आउँछ? हेरेर अगाडि बढ्छौँ।

निजी विद्यालयलाई सरकारले शुल्क मिनाहा गरिदिन भनेको छ। यो महिना पनि पढाइ हुने कुरा भएन। चैतमा विद्यालय नखुले पनि शुल्क लिइसकेको र वैशाखको माग्न थालेको गुनासो अभिभावकको छ। मन्त्रालयले यसलाई कसरी सम्बोधन गर्छ?
विद्यालय स्थानीय तहसँग गएको छ। दिनहुँ घटनाक्रममा जोडिएका विद्यालयसँगका कुरा हेर्नुपर्छ। स्थानीय सरकारले गम्भीर ढंगले ध्यान दिन भन्छु। यत्रो ठूलो संकटमा नतिजा निकाल भनेका छैनौं र निजी विद्यालय सरकारले के भनेको छ त्यो हेर्नुपर्‍यो। चैत महिनाको फिचाहिँ छुट दिनुस् भनेर सरकारले आग्रह गरेको छ। प्याब्सनले यसबारे पत्र पनि पठाएको छ।

मन्त्रिपरिषदले निर्णय गरेकाले मैले परिवर्तन गर्न सक्दिनँ। मैले यो मन्त्रिपरिषद्सम्म पुर्‍याउँछु भनेको छु। यो अवस्थामा निजी लगानीका स्कुललाई पनि समस्या छ। हामी बुझ्नसक्छौं। उहाँहरुले अतिरिक्त शुल्क लिन मिल्दैन। 

सरुवा रोग आउने खतरा छँदैछ। शैक्षिक क्षेत्रलाई स्वास्थ्य मैत्री बनाउन के पहल गर्दै हुनुहुन्छ?
कोरोना भाइरसको सङ्क्रमणले हामीलाई यस्ता घटनालाई कसरी चिरेर जाने भनेर हेर्न प्रेरित गरेको छ। सकारात्मक भएर काम गर्ने हो । एसइईको परीक्षा गर्ने बेलामा हेल्थ डेस्कको व्यवस्था गर्न हामीले भनिसकेका छौँ। स्थानीय सरकार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर शैक्षिक क्षेत्रलाई स्वास्थ्य मैत्री बनाउनुपर्छ । कोरोनाको महामारी आएसँगै स्वास्थ्य मन्त्रालयको विज्ञप्ति आयो। हामीले त्यसलाई आधार बनाएर  पाँच बुँदे निर्देशिका जारी गर्‍याै‌। भौतिक दूरी कायम गर्नुपर्ने स्यानिटाइजरको प्रयोग,  के गर्न हुने  र नहुने भनेर । शिक्षा क्षेत्रले जनचेतनाको काम गर्नुपर्छ । भ्याक्सिन बनेको छैन। संक्रमण रोक्न काम गरिरहेका छौं। एकातिर रोग फैलिन नदिन रोग प्रतिरोधात्मक क्षेत्रमा र मैले पूर्वविज्ञान मन्त्री गणेश साहको नेतृत्वमा समिति बनाएको छु। नास्टका उपकुलपतिकाे संयोजकत्वमा अध्ययन अनुसन्धान,  युनेस्कोमा सञ्जय शर्माको नेतृत्वमा नीति बनाउने काम भइरहेको छ। जनचेतनाका लागि ल्याब चिकित्सा शिक्षाका बारेमा पनि समिति बनाएका छौं। शिक्षकहरुलाइ आह्वान गरिरहेका छौं। शिक्षकले पुलको काम गर्नुपर्छ। अनुसन्धानाको काम पनि गर्नुपर्छ। स्कुल तहबाटै काम गर्नुपर्छ। 

स्वास्थ्यसँग जोडिएका पाठ्यक्रम कम छन्। अब यसको अभाव देखियो होला है?
भाइरस भनेको के हो भन्नेबारे नै पढाउनुपर्ने आवश्यकता देखेको छु। भाइरस के हो ? किन  रोग लाग्छ भन्नेबारे पाठ्यक्रम विकास केन्द्रमा बसेर कुराकानी गरेको छु। कम प्राथमिकता दिएकोचाहिँ होइन। हामीले अझ धेरै प्राथामिकता दिएका छौं। आवश्यकता बढी औंल्याएको छ। 

केही विद्यालयमा स्वास्थ्यकर्मीको अवधारण बनाउनुभएको थियो,अहिले त्यसलाई बढोत्तरी गर्न के गर्दैहुनुहुन्छ ?
बागमती प्रदेशले गरेको छ, अरुलाई पनि गर्लान्। बजेटको कोणले हेर्दा शिक्षक राख्दा हामीले तीन तहकाले हो भने स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयले हो।  यो दिशामा हामी जान्छौं। समन्वयात्मक छलफल भएको छैन। स्वास्थ्यको अन्य पाटोमा प्रतिरोधात्मक क्षमता बढाउनेतर्फ पनि हामीले ध्यान दिन आवश्यक छ। आर्युवेदिक औषधिहरु जस्तै जेठी मधु जर्मनीले अध्ययन गरिरहेको छ।  तुलसी पनि औषधि हो। यसबारे पनि अध्ययन हुन जरुरी छ। ग्रिनरी स्कुल बनाउने कन्सेप्ट हामीले पहिले नै लिएर आएका थियौं। आफ्ना जडिबुटीलाई ध्यान दिने हो। हिजोमात्रै स्वास्थ्य मन्त्रालयले प्रोटोकल पास गरेको छ।

अन्तयमा विद्यार्थी अभिभावक र शिक्षकलाई के भन्न चाहनुहुन्छ?
तपाईंमार्फत् घरमा बसिरहेका विद्यार्थी र अभिभावकलाई भन्न चाहन्छु-शिक्षा भनेको औपचारिक स्कुलमा मात्रै गएर हुने होइन। ज्ञान प्रकृति र सभ्यता बुझ्ने क्रममा औपचारिक पद्दतिबाट मात्र भएको हो भन्ने बुझौं। बिहान उठ्नोस् ध्यान योग गर्नुस्। घरमा सहयोग गर्नु्स्। पुस्तक र शिक्षकमात्र ज्ञानको केन्द्र हैन। घरको श्रम गर्नुस् पनि, तालिका बनाएर पढाउनुस् पनि। स्वस्थ मनोरञ्जन जोड्नुस्। तालिका बनाउनुस्। अभिभावकलाइ एकोहोरो नबनाउनुस्। अक्षर चिन्ने, पढ्ने, बुझाउने गर्न   सक्नुहुन्छ । शिक्षकले यो बेला जनचेतनाको काम पनि गर्नुस्। शिक्षक महासंघले पनि काम गरिरहेको छ। डर र आतंक नलिइ काम गर्नुस्। प्राप्त सुविधाअनुसार काम  आफूलाई व्यस्त राख्नुस्।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्