• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अर्थतन्त्र पुनर्उत्थान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत व्यवस्था चाहिन्छ

भवानी राणा बुधबार, वैशाख १७, २०७७  १३:२४
1140x725

महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय संकट देखा परेको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि हाम्रो मुलुकमा लगातार एक महिनादेखि भएको लकडाउनका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प छन्।

नेपालको अर्थतन्त्रमा समेत गहिरो संकट पर्ने निश्चित छ। यस्तो प्रतिकूल परिस्थितिमा उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुनर्उन्थान गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत व्यवस्था गरिनु अपरिहार्य छ।

 अर्थतन्त्रको पुनर्उत्थानका लागि निजी क्षेत्रका तीनवटै छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारलाई संयुक्त रुपमा सुझाव सेमत बुझाइसकेका छन्। यस्तो अवस्थामा सरकारले उद्योग बचाउनका नीतिगत सुधारदेखि आर्थिक प्याकेजलाई समेत बजेटमा सम्बोधन गनुैपर्ने हुन्छ। 

सबैभन्दा पहिले सरकारले कम्तिमा तीन वर्षका लागि बैंक कर्जाको ब्याजदर ५ प्रतिशत बिन्दुले घटाइनुपर्ने हुन्छ। यस्तो अवस्थामा उद्योगीलाई केही राहत हुनेछ। 

सम्पूर्ण लघु, साना, मझौला र ठूला कम्पनी तथा फर्म ९प्रतिष्ठान० को ६ महिनाको व्याज २ प्रतिशत ब्याज दरमा हुने गरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने हुन्छ। यस्तो अवस्थामा साना तथा मझौला व्यवसाय गरिरहेका उद्योगीहरु पुनः व्यवसायमा फर्कन सक्छन्। उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था  गर्नुपर्ने हुन्छ।

यी विषयहरु बजेटसँगै नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमार्फत् समेत सम्बोधन हुनुपर्छ। साथै पुनर्कजाको झन्झटिलो प्रक्रिया र शर्तमा सहजता ल्याउनुपर्ने हुन्छ। यसबाट उद्योगी व्यवसायीले केही राहत अनुभूति पाउने छन्। 

बैंकहरुले सबै ऋण पुनरर्संरचना गर्दै ब्याजलाई पूँजीकरण गर्न दिनुपर्ने हुन्छ। यस्तो व्यवस्था हाललाई एक वर्षका लागि सुनिश्चित गर्दै आगामी पाँच वर्षसम्म कायम गरिएको अवस्थामा उद्योग बचाउन सकिन्छ। ऋणको साँवा, ब्याज भुक्तानीको समय  तत्कालै पछि सार्नुपर्ने आजको आवश्यकता हो। यसमा सरकारले अभिभावकत्व लिनुपर्छ। उद्योगी तथा आम जनताको अभिभावक भनेकै सरकार हो। अभिभावकबाट सबै आज यही खोजी रहेका छन्। 

उद्योगी व्यवसायीले पनि लकडाउनमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अनुसार आफ्ना सबै कर्तव्य पुरा गरेका छन्। तर, सरकारले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ। यसैगरी, नेपाल राष्ट्र बैंकबाट २०७६ चैत १६ गते जारी भएको निर्देशन अनुसार ऋणीले २०७६ चैत मसान्तसम्म बुझाउनुपर्ने मासिक÷त्रैमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था ९टर्म लोन०मा मात्र लागू नगरी सबै प्रकारका कर्जाहरुको व्याजमा १० प्रतिशत छुट दिने व्यवस्था हुनुपर्छ।

Ncell 2
Ncell 2

योसँगै अहिले उद्योगधन्दा बन्दसँगै लाखौ श्रमिकको रोजगारी गुमेको छ। उद्योगीले पनि श्रमिकलाई पुरै पारिश्रमिक दिन सक्ने अवस्था छैन। श्रमिकको सुरक्षाका लागि पनि सरकारले सहयोग तथा राहत प्याकेज ल्याउनु पर्छ। कम्पनी तथा फर्म (प्रतिष्ठान) ले कर्मचारी तथा कामदारको लकडाउन अवधिको तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्न पाउने व्यवस्था कानुनी रुपबाट हुनु पर्छ।  एक वर्षका लागि कम्पनी तथा फर्ममा सामूहिक सैदाबाजीलाई स्थगन गर्न सरकारी तवरबाट पनि पहलकदमी हुनुपर्छ। 

उद्योगको रक्षाका लागि कर्मचारी तथा कामदारको जगेडामा राख्न सक्ने समय सीमालाई वृद्धि गरि ६ महिना बनाउनु पर्छ। कुनै कम्पनी तथा फर्म (प्रतिष्ठान) ले आफ्नो आकार वा क्षमता घटाउन चाहेमा र बन्द गर्न चाहेमा विशेष कानुन बनाई कर्मचारी तथा कामदारलाई न्यूनतम रकम दिई कम्पनी तथा फर्मले आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था हुनुपर्छ। 

 कम्पनी तथा फर्म (प्रतिष्ठान) ले दैनिक ज्यालादारीका कामदारको ज्याला भुक्तानी गर्न नसक्ने भएको हुँदा त्यसमा सरकारका तर्फबाट सहयोग हुनुपर्छ। साथै सरकारले चार महिनाका लागि विद्युत डिमाण्ड चार्ज मिनाहा हुने व्यवस्था गरिदिएर सहयोग गर्नुपर्छ। साथै बिजुलीको महसुल तिर्ने समयसीमा चार महिना पछाडि सार्नुपर्छ। यस्तो भएको अवस्थामा तत्काल उद्योगी व्यवसायीले केही राहत पाएको महसुस गर्नेछन्। बिजुलीकै हकमा  महसुलमा १५ महिनासम्म १० प्रतिशत छुटको व्यवस्था हुनुपर्छ। 

नीतिगत रुपमा भने सरकारले नेपालको कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत हुनेगरी बृहत राहत तथा खर्च बढाउने कार्यक्रम अगाडि सार्नुपर्छ। मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २४ ९३० मा लगातार ४ महिनासम्म मिलान गरेर बाँकी रहेको रकम एकमुष्ट फिर्ता दिने व्यवस्था भएपनि हाल प्राप्त हुन नसकेकाले कम्पनी तथा फर्मको नगद प्रवाहको व्यवस्थापन गर्न तत्काल फिर्ता गरिदिने व्यवस्था मिलाउन आवश्यक छ। 

सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मूल्य अभिवृद्धि कर रकमको ५० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकममात्र भुक्तानी गर्ने, यसरी राजस्व जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्ने व्यवस्था भएअनुसार ५० प्रतिशत राजस्वमा जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई तत्काल फिर्ता दिइसक्नुपर्ने  व्यवस्था हुनुपर्नेछ। 

अन्त्यमा विद्यमान लकडाउन बिस्तारै खुलाइ अर्थतन्त्रलार्इ चलायमान बनाउन उद्योगहरूले जारी गर्ने परिचयपत्रका आधारमा श्रमिकको आवतजावतलाई अनुमति दिइनुपर्छ। र, उद्योगले जारी गरेको चलानलाई कच्चा पदार्थ तथा तयारी सामानको ढुवानीका लागि पाससरह मान्ने व्यवस्था मिलाइनुपर्ने हुन्छ।

राणा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल बुधबार, मंसिर २४, २०८२
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर २४, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्