काठमाडौं- जनता समाजवादीले दल दर्ताको प्रक्रिया अघि बढाएको छ। सो पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आफूहरु एकताको सहमति पत्र दर्ता गराउन निर्वाचन आयोग पुगेको पार्टीका नेता केशव झाले जानकारी दिए।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच बुधबार राति पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।