• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अबको बजेट : भौतिकको जोड पुरानै कार्यक्रममा, सहरी विकासको 'सुरक्षित नागरिक आवास' कार्यक्रम 

64x64
शिव बोहरा बुधबार, वैशाख १०, २०७७  ०९:३२
1140x725

काठमाडौं- विकासे मन्त्रालयको रूपमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तय गरिने परियोजनाबारे छलफल थालेका छन्। 

दुवै मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनपूर्व नै अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेट सिलिङअनुसार कार्यक्रमबारे छलफल गरेका थिए। तर कोरोना भाइरसको संक्रमणपछि सरकारको प्राथमिकताको क्षेत्रसमेत परिवर्तन हुने देखिएको छ। जसका कारण मन्त्रालयहरूले समेत नयाँ ढंगबाट नयाँ अर्थिक वर्षको बजेटको प्राथमिकताबारे छलफल थालेका हुन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आवका लागि एक/दुईवटा नयाँ कार्यक्रम थप गरेर पुरानै आयोजनालाई सम्पन्न गर्ने र निरन्तरता दिने जनाएको छ। कोरोना भाइरसको संक्रमणअघि बजेटको सिलिङ आएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छलफलकै क्रममा रहेको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए। 

'कोरोनाको प्रभावले सरकारका प्राथमिकतामा केही परिवर्तन हुनसक्छ। हामीलाई प्राप्त नयाँ बजेट सिलिङअनुसार छलफलकै क्रममा छौं,' उनले भने, 'चालु अवस्थामा रहेका आयोजनालाई निरन्तरता दिनु नै पर्छ। एक/दुईवटा नयाँ आयोजनाका बारेमा कुराचाहिँ भएको छ तर टुंगो लागिसकेको छैन।' 

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिएर सम्पन्न गर्नेतर्फ लैजान पनि आफूहरूको दायित्व भएको सचिव कार्कीको भनाइ छ। कोरोना भाइरसको संक्रमणपछि बजेटको सिलिङसमेत परिमार्जन हुनसक्ने उनले बताए। 

Ncell 2
Ncell 2

सञ्चालनको अन्तिम तयारीमा रहेका जनकपुर-जयनगर रेलमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत पनि प्राथमिकताका आयोजना भएकाले यिनलाई निरन्तरता दिनुपर्ने अवस्था छ। छलफलकै क्रममा रहेकाले चालु अवस्थामा रहेका आयोजनालाई निरन्तरता दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय केही नयाँ आयोजना पनि ल्याउन सक्ने सचिव कार्कीले जानकारी दिए। बाँकी कुरा मन्त्रालयले केही दिनमा टुंग्याउने उनको भनाइ छ। 

केही वर्षयता सरकारले पूर्वाधार आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको थियो। तर कोरोना भाइरसको महामारीका कारण सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य र जीवन रक्षामा केन्द्रित हुने देखिएको छ। त्यसैले विकासे मन्त्रालयहरूले नयाँ आयोजनाको पहिचान र तिनलाई अघि बढाउने भन्दा चालु हालतमा रहेका आयोजनालाई नै महत्व दिने देखिएको छ। 

यता सहरी विकास मन्त्रालयले पनि पुराना आयोजनालाई नै प्राथमिकतामा राख्ने संकेत गरेको छ। चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट सिलिङ कम भएकाले के-के गर्न सकिन्छ भनेर छलफल गर्नै बाँकी रहेको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दुवाडीले जानकारी दिए। 

'विभिन्न मन्त्रालयगत छलफल चलिरहेको होला। हाम्रो मन्त्रालयको पालो आइसकेको छैन,' उनले भने, 'केही दिनमा छलफल हुन्छ। यो वर्ष हाम्रो मन्त्रालयको पुराना आयोजनालाई निरन्तरता नै हुनेछ।' 

बजेट के-कति हुन्छ पर्याप्त बजेट भएको अवस्थामा मन्त्रालयको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम पनि हुने सहसचिव दुवाडीले जानकारी दिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित नागरिक आवास कार्यविधिसमेत संशोधन गरेको छ। सो कार्यविधि सोमबार नै राजपत्रमा प्रकाशित भइसकेको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०९:३२
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्