काठमाडौं– लोपोन्मुख वन्यजन्तु रेडपान्डाको कारोबारमा संलग्न २ जना लाजिम्पाटमा पक्राउ परेका छन्।
बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई काठमाडौं मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने २३ बर्षीय शुसिल शाहीलाई एउटा रेड पाण्डाको छाला सहित प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट उक्त रेड पान्डाको छालासहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।