• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सहज ढुवानीमा स्थानीयको अवरोध- निर्माण सामग्री अभावका कारण विकास आयोजना प्रभावित

सिमेन्ट नपाएपछि मध्य भोटेकोशीको काम बन्द, ६ दर्जन बढी कामदार कामविहीन
64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०७७  १६:३८
1140x725

काठमाडौं- लकडाउनका कारण आपूर्ति तथा ढुवानी व्यवस्था अस्तव्यस्त बनेपछि त्यसको असर विकास निर्माण आयोजनामा देखिन थालेको छ। सरकारले केही आयोजनाहरुमा लकडाउन अवधिमा पनि काम सुचारु राख्ने भनेपनि निर्माण सामाग्री अभाव भएपछि काम रोकिन थालेको छ।

केन्द्र सरकारले आवश्यक सुरक्षाका मापदण्ड पुरा गरेर विकास निर्माण तथा पूर्वाधार आयोजनाहरुमा काम सुचारु राख्न भनेपनि स्थानिय तहले भने त्यसमा सहजीकरण गर्नुको साटो उल्टै बाधा पुर्‍याउन थालेका छन्। मन्त्रिपरिषद निर्णयबाट अत्यावश्यक र कामलाई निरन्तरता दिनैपर्ने आयोजनाहरुमा आकश्यक सुरक्षा उपायहरु अवलम्बन गरी निर्माणको काम सुचारु राख्न भनेपनि निर्माण सामग्रीको अभावमा अधिकांश आयोजना ठप्पप्रायः भएका छन्। आगामी वर्षातअगावै सम्पन्न गरिसक्नुपर्ने काम पनि प्रभावित बनेको छ। 

निर्माण सामग्री अभाव हुनुमा लकडाउनका कारण ढुवानी प्रणाली प्रभावित बन्नु र स्थानीय मानिसहरुले मालसामान ढुवानी गर्ने सवारी साधनलाई संचालन निषेध गर्नु प्रमुख कारणका रुपमा देखिएका छन्। उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले पनि विकास निर्माणका आयोजनाको कामलाई निरन्तरता दिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरिसकेको छ।

निर्माण व्यवसायका लागि आवश्यक पर्ने कच्चा पदार्थको नियमित आपूर्ति गर्न सवारी पासको व्यवस्था गर्ने निर्णयसमेत गरिसकेको छ। आपूर्ति तथा ढुवानी व्यवस्था सहज बनाउन गृह प्रशासनले आवश्यक व्यवस्था मिलाउने भनेपनि स्थानीयको अवरोधका कारण सवारीसाधन संचालनमा समस्या हुन थालेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणअन्तर्गतका अधिकांश जलविद्युत आयोजना र प्रशारण लाइन आयोजनामा निर्माण सामग्री अभावको समस्या देखिएको बताउँछन्। ‘निर्माण सामग्रीको अभाव छ। ढुवानीमा समस्या हो। निर्माण सामग्रीहरु उत्पादन गर्ने केही उद्योग नै पनि बन्द भएका छन्। धेरै जिल्लाबाट जानुपर्छ। निर्माण सामग्री अभाव भएपछि आयोजनाको काम पनि रोकिएको छ। धेरै ठाउँमा समस्या छ,’ घिसिङले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार निर्माण सामग्री केही स्टक रहेका आयोजनामा काम भइरहेको छ भने बाँकी ढुवानी हुन नसकेका आयोजनामा काम बन्द हुन थालिसकेको छ। निर्माण सामग्रीको ढुवानी व्यवस्था सहज बनाउन प्राधिकरणले गृह मन्त्रालय, अर्थमन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यालयसँग पहल गरिरहेको पनि घिसिङले बताए।

‘लकडाउनले समस्या त सबै आयोजनामा छ। तर तत्काल काम गर्नैपर्ने आयोजनाको कामलाई निरन्तरता दिन प्राधिकरणले सकेसम्म गरिरहेको छ,’ उनले भने। 

निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासनबाट सवारी पास लगायतका व्यवस्था भएपनि स्थानीय मानिसहरुको अवरोधका कारण बढी समस्या देखिन थालेको छ। स्थानीयले सिमेन्ट कारखानाबाट सामान लोड हुन नदिएपछि केही दिनयता १ सय २ मेगावाट उत्पादन क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको काम ठप्प छ।

पछिल्लो चार-पाँच दिनदेखि आयोजनामा काम रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले बताए। ‘सिमेन्ट लिन गएका सवारी साधनलाई स्थानीयले अवरोध गरे भन्ने सुनेका हौं। पछिल्लो चारपाँच दिनदेखि आयोजनाका लागि चाहिने सिमेन्ट आएको छैन। अहिले डण्डीको मात्रै काम भइरहेको छ,’ उनले भने।

मध्ये भोटेकोशी जलविद्युत आयोजनामा अहिले ७० देखि ८० जना कामदार काममा खटिइरहेका छन्। तर निर्माण सामग्री अभाव हुँदा उनीहरु कामविहीन भएर बस्नुपरेको आयोजना प्रमुख लामाको भनाइ छ। सिमेन्ट लिन होङसी सिमेन्टको कारखाना जान लागेका सवारी साधनलाई नवलपरासीका स्थानीयले छिर्न दिएका थिएनन्। त्यस्तै माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेका सवारी साधनलाई पनि स्थानीयले अवरोध गरेका थिए। 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह विभिन्न आयोजनाहरुमा निर्माण सामग्री अभाव भएको, सवारी साधन संचालनमा स्थानीयको अवरोधका कारण सामान बाटोमै रोकिएको जस्ता समस्या निर्माण व्यवसायीहरुले भोग्नु परेको बताउँछन्।

‘अहिले अत्यावश्यक र काम नगरी नहुने आयोजनाको निर्माण कार्य सुचारु राख्न सरकारले भनेको छ। यसको मतलब सबै विकास निर्माणका काम सुरु गर भनेको होइन। तर अहिले काम गर्नै पर्ने आयोजनामा पनि समस्या छ। स्थानीयको जनभावनाविपरीत काम गर्न सक्ने अवस्था छैन,’ उनले भने।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्