काठमाडौं– काठमाडौंका व्यस्त सडकमा पकेटमारी गर्ने ५ जनाको समूह पक्राउ परेको छ। महानगरीय प्रहरी प्रभाग बलम्बुले १७ वटा चोरीका मोबाइलसहित समूहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैतडीका कबिन्द्र बोहरा, सुनसरीका बिनोद गुरुङ, सिन्धुलीका कान्छा थापा मगर, कुमार थापा मगर र सिन्धुपाल्चोकका देब बहादुर राउत पक्राउ परेका हुन्।
उनीहरुले काठमाण्डौको सुन्धारा,रत्नपार्क , चाबहिल ,कलंकी लगायत बिभिन्न स्थानमा पाकेटमारी गर्दै आएको प्रहरीले जनाएको छ।
सतुङ्गल स्थित देब बहादुर राउत र कुमार थापा मगरको कोठामा लुकाई राखेको चोरीका मोबाइल प्रहरीले बरामद गरेको हो। पक्राउ परेका उपर काठमाडौं परिसरले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।