काठमाडौं- पढाइका क्रममा अमेरिका पुगेका नेपाली युवा दिवेश पोखरेल १८औं संस्करणको 'अमेरिकन आइडल'को उत्कृष्ट २० मा पुगेका छन्।
'अमेरिकन आइडल'ले अप्रिल ५ मा टप २० प्रतिस्पर्धी छानेको थियो। परिवारसहित टप २० का लागि प्रस्तुती दिन गएका उनले बब मार्लीको गीत आफ्नै शैलीमा गाए। निर्णायकहरुको मन जिते। कार्यक्रममा 'आर्थर गन'को उपनामबाट प्रतिस्पर्धा गरिरहेका उनी टप २० को छनौटमा परे।
दिवेशको प्रस्तुती हेर्न पुगेका उनका परिवारका सदस्यहरुदिवेशले आफू 'टप-२०'मा परेकोमा खुसी लागेको प्रतिक्रिया दिएका थिए। उनी टप २० मा पुग्दाको क्षणमा रमाउन उनीसँग अमेरिकामा रहेका उनका परिवारका सदस्यसमेत सहभागी थिए।
टप २० मा छनौटका लागि प्रस्तुती दिँदै दिवेश'टप-२०' को छनौटपछि भने अमेरिकन आइडलले पनि आफ्नो कार्यक्रम केही समयका लागि स्थगित गरेको छ। बढ्दो कोरोना संक्रमणका कारण कार्यक्रम स्थगित गरिएको आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।