एजेन्सी- कोरोना भाइरसको बढ्दो संक्रमण र यसले पारेको संकटका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुराकानी भएको छ।
प्रधानमन्त्री मोदीले ट्वीटर मार्फत ट्रम्पसँग कुराकानी भएको जानकारी गराएका छन्। ‘कोरोना भाइरसको संकटका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तारमा कुराकानी भएको छ‚’ मोदीले लेखेका छन्‚ ‘कोरोना भाइरस नियन्त्रणका लागि भारत-अमेरिका साक्षेदारीको पूर्ण क्षमताका साथ प्रयोग गर्ने सहमति भएको छ।’
हाल भारतमा भन्दा अमेरिकामा कोरोना भाइरसका संक्रमित धेरै रहेका छन्। भारतमा ३ हजार संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या सयभन्दा मुनी नै रहेको छ। अमेरिकामा हाल २ लाख ७५ हजारको संख्यामा मानिसहरू संक्रमित भएका छन् भने ७ हजार ४ सय ५१ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।