• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना बिरुद्धको लडाइँमा लाचार सेनापति र बहादुर सिपाही

हरि न्यौपाने 'निराकार' आइतबार, चैत १६, २०७६  ०८:०५
1140x725

कुनै पनि निर्णयका पछाडि गतिलो तर्क  हुनु पर्दछ। तर्क  बिनाका निर्णयका पछाडि कि त षड्यन्त्र हुन्छ कि त आफ्नो नाकामी । हाल सरकारले कोरोना भाइरसका बिरुद्धको लडाइँमा गरेका केही निर्णय त्यस्तै कारण बिहीन छन्। जसले आम मानिसमा र स्वास्थ्यकर्मीहरुमा शंका उत्पन्न गरिदिएको छ। स्वास्थ्यकर्मीहरु हाल विश्वभरी फैलिएको कोभिड-१९ नामक माहामारीको बिरुद्धमा अग्रपंक्तिमा लड्दै गरेका सैनिक हुन्। उनीहरुलाई नै दुबिधामा राखेर यो लडाइँ जितिएला त?

कोभिड-१९ नामक रोग सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चिनको वुहान राज्यमा देखिँदा सारा विश्वले उक्त महामारी विरुद्ध जित हात पार्न चिनले गरेको संघर्ष नियालिराखेका थिए। यसको मतलब नेपाल लगायतका देशहरुलाई महामारीका विरुद्ध लड्न पूर्व  तयारी गर्ने केही  समय थियो। तर, यस  महामारीलाई हल्का रुपमा लिनाले अधिकांश पश्चिमी मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नु परिराखेको छ। अत्यन्त राम्रो स्वास्थ्य प्रणाली भएको मुलुकलाई समेत हम्मेहम्मे परेको बेला नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको मुलुक झन् चनाखो हुनु पर्दथ्यो। तर दुई तिहाइको दम्भमा चुर्लुम्म डुबेको सरकार यो महामारीलाई फैलनबाट रोक्न अनेकौंपटक नराम्ररी चुकेको छ, जसले गर्दा नेपालले पनि भोलिका दिनहरुमा ठूलो क्षति ब्यहोर्नुपर्ने हुन सक्छ।

वुहान सहर महामारीका विरुद्ध लडिराखेका बेला यो सरकारका पर्यटन मन्त्रीले नेपाललाई  'कोरोना फ्री जोन' भन्दै स्वयम् चिनियाँहरुलाई नेपाल घुम्न आउनका लागि आमन्त्रित गरेका थिए। चिन आफैंले महामारीलाई फैलन नदिन सहर नै 'लक डाउन' गरिराखेका बेला पशुपतिनाथबाट सम्पूर्ण नेपालीले अजम्बरी हुने बरदान प्राप्त गरेझैं नेपाललाई कोरोना फ्री घोषणा गर्नु कत्तिको लज्जास्पद अभिव्यक्ति थियो सायद त्यो कुरा पर्यटन मन्त्रीले अहिले मनन गरिसकेका होलान्। सारा विश्वले अन्तराष्ट्रिय उडान र देशका सिमानामा कडाइ गर्दा सम्म पनि हाम्रो पर्यटन मन्त्री 'भ्रमण वर्ष २०२०' को एकसुरो धुनमा उफ्रिरहनु सारा नेपालिको स्वास्थ्य माथी गरिएको एउटा नमिठो मजाक थियो। एउटा नेताको बहुलठ्ठीपनाको सजायँ सारा नेपाली र देशले कति  चुकाउन पर्ने हो त्यो बिस्तारै थाहा हुँदै जाला। मौकामा गरिएको उपद्रोको कुनै भर्पाइ र फुर्सदमा गरिएको पश्चतापको कुनै मूल्य हुँदैन भन्ने कुरा सायद मन्त्रीज्यूलाई थाहा नै होला।

महामारी गत सालको डिसेम्बरमा देखिएको हो र जनवरीसम्ममा सारा संसारले यसका बारेमा जानकारी पाइसकेका थिए। तर,  मार्चको अन्त्यसम्म आइपुग्दा पनि हाम्रो तयारी निकै नै टिठलाग्दो छ। समय होउन्जेल हामी महामारीलाई निमन्त्रणा दिनैमा भुलौं। छिमेकीले राम्रो तयारी गरिराखेकै छ, हाम्रो सम्ममा न आउला भनेर ढुक्कले बस्यौँ। सिमानामा र विमानस्थलमा गरिएको देखावटी तयारीमा बुर्कुसी मार्यौं।  भब्य  तयारीमा जुट्नुपर्ने बेलामा सरकार नै बिरामी प्रधानमन्त्रीको उपचारमा यसरी लाग्यो, मानौं कि  प्रधानमन्त्री निको नहोउन्जेल महामारी  दुबइको विमानस्थलमै  कुर्नेछ वा सिमापारि रक्सौलमा दुईचार दिन आराम गर्ने छ।  सायद दुई तिहाई समर्थनको भयंकर सरकार देखेर कोरोना डराउने छ भन्ने भ्रम मन्त्री परिषदले पालेको थियो। तर यो प्रतिपक्ष नभएर महामारी हो भन्ने कुरा सरकारले भुलेछ।

जब छिमेकमै महामारीले तहल्का पिट्न थाल्यो बल्ल सरकारको हंशले ठाउँ छोड्यो। महामारी भित्रिने पक्का भयो तर सामना कसरी गर्ने भन्ने बलियो योजना सरकारसँग थिएन। योजना नै नभएको सरकार संग तयारी हुने कुरै भएन। अनि सुरु भयो सस्तो लोकप्रियताका लागि २४ घण्टे , ४८ घण्टे, ७२ घण्टे अस्पताल बनाउने होडबाजी। सबैलाई चिनियाँ राष्ट्रपति जत्तिकै योग्य देखिने  भयंकर रहर जाग्यो। सरकारले ४८ घण्टामा गाईको गोठ बनायो भन्दा पनि पत्याउन गाह्रो हुने हैसियत भएको सरकारले त्यत्ति  समय मै आस्पताल नै बनायो होला त?

दुईचार बेड राख्दैमा अस्पताल बनी हाल्ने भए हरेक नेपालीका घर आस्पताल हुन् महोदय। कोभिड-१९ का सामान्य बिरामीलाई उपचारका लागि अस्पताल आउन पर्दैन। उनिहरु घरैमा बसेर निको हुन सक्दछन्। जसलाई रोगले च्यापेर अस्पताल सम्म आउनु पर्दछ उनिहरुलाई आइसीयु र भेन्टिलेटरको आवस्यकता पर्छ। महामारीले विक्षिप्त परेका देशका डाक्टरहरुले भनी राखेकै छन ' भेन्टिलेटरले गम्भीर बिरामी मर्ने कि बाँच्ने भन्ने बिच मुख्य  भुमिका खेल्दछ।' त्यसो भए हाम्रा नवनिर्मित अस्पतालमा कतिवटा भेन्टिलेर थपिएका छन त?

जोकरहरु मलामी जान र सरकारमा बस्न हुँदैन। किनकी ती दुबै गम्भीर भएर देखिनु पर्ने ठाउँ हुन र  गम्भीर परिस्थितिमा मजाक चल्दैन ।  हाल कोभिड-१९ संग लड्न अग्रपंक्तिमा उभिएका सिपाही भनेकै स्वास्थ्यकर्मी  हुन र ती सिपाहीका सेनापती  हुन स्वास्थ्य मन्त्री । जुनसुकै युद्ध जित्नका लागि सेनापतीको ढाडसले ठूलो भुमिका खेलेको हुन्छ। युद्धमा मृत्यु असम्भव हुँदैन। तरपनि सेनापतीले थपिदिएको उर्जाकै कारण सिपाही आफ्नो ज्यान दाउमा राख्न तयार हुन्छन्।  कोभिड -१९ बिरुद्धको लडाइँमा पनि संसारभर धेरै स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्।  कोभिड-१९ विरुद्धको लडाइमा पि.पि.इ. भनेको यस्तो सुरक्षा कवच हो जसले स्वास्थ्यकर्मीलाई उक्त महामारीको संक्रमणबाट बचाउँछ। तर हाम्रा स्वास्थ्य मन्त्रीरुपि सेनापतीलाई पि.पि.इ. को महत्व धरी थाहा छैन। त्यसैले त स्वास्थ्यकर्मीहरुले पि.पि.इ. चाहियो भन्दा मजाक उडाउछन्। 

सरकार आम जनता र स्वास्थ्यकर्मीको महामारी प्रतिको  जोखिमका बारेमा  गम्भीर छ भनेर कसरी पत्याउने? जबकि उसैले गठन गरेको  'नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा' एकजना पनि स्वास्थ्यकर्मीलाई सामेल गराउन आवश्यक ठानिएको छैन। मानौं कि राजनितीको खुरापाती ज्ञान जतासुकै प्रयोग गर्न सकिन्छ। 'म जत्तिको जान्ने कोही छैन'  भन्ने  अहम् नै विपत्तिका बेला सबैभन्दा बढी प्रतिउत्पादक हुन्छ। त्यसैले त संक्रमण एक ब्यक्तिबाट अर्कोमा कसरी सर्छ भन्ने मूल ज्ञानको अभावमा सरकारले पि.पि.इ. प्रयोगमा विश्व स्वास्थ्य संगठनको गाइडलाइन प्रयोग गर्ने आश्वासन दिँदै गर्दा स्वास्थ्य  सचिबले कोभिड १९ संक्रमणको शंका गरेका बिरामिलाई चेकजाँच गर्ने स्वास्थ्यकर्मीले पि.पि.इ.  प्रयोग गर्न नपर्ने अचम्मको  ठोकुवा गर्छन् यस्तो दिब्यवाणी कहाँबाट प्राप्त हुन्छ महोदय?

Ncell 2
Ncell 2
nimb
nimb

यो महामारी विरुद्धको लडाइँ कति गम्भीर रुपले लड्न आवस्यक छ भन्ने कुरा युरोपेली मुलुकलाई हेरेर थाहा हुन्छ।  लडाइँ जति गम्भीर हो, युद्ध जित्न त्यति नै अनुभवी सिपाही चाहिन्छ। तर स्वास्थ्य मन्त्रालयले यस महामारीमा छात्रवृत्तिमा पढेकालाई  अग्रपंक्तिमा खटाउने निर्णयले आफ्नो तयारीको हविगतलाई उदांगो पारेको छ। छात्रवृत्तिमा पढेर करारमा खटिएका डाक्टरहरु सबैभन्दा कम अनुभव भएका स्वास्थ्यकर्मी हुन्, उनीहरुलाई मात्र अग्रपंक्तिमा प्रयोग गर्नु भनेको युद्ध जित्ने तयारी भन्दा पनि तयारी गरेझैं गरिटोपल्न खोज्ने  भयंकर नाकामी हो। सरकारको यस्तो निर्णयमा दंग परेर बस्ने अग्रणी तथा अनुभवी स्वास्थ्यकर्मीलाई मेरो एउटै सल्लाह : युद्धमा गोली कसलाई लाग्छ थाहा हुँदैन, तर त्यो गोली मलाई नै लाग्छ भन्ने ठोकुवा गरेर युद्धबाट भाग्नेले सिपाही हुने हैसियत समेत राख्दैन। 

अहिले स्वास्थ्यकर्मीलाई सरकारको फितलो तयारीका बीच महामारीसँग  जुध्नपर्ने बाध्यता आइपरेको छ। यस्तो अवस्थामा  डर र त्रास हुनु जायज नै हो।  तर आफू जसरी भएनि बच्न  पाए हुन्थ्यो भन्ने मनसाय राख्नु जायज हुँदैन। सायद अग्रणीहरुको यस्तै मनसायबाट दिक्क पर्दै काठमाडौंकै नाम चलेको सरकारी अस्पतालमा कार्यरत नर्सले सामाजिक सञ्जालमा लेखेकी थिइन्,  'कोभिड१९ का बिरामी राखिएको वार्डमा अविवाहितलाई खटाउने रे।  सायद समयमै विवाह नगरेको गल्तिको सजायँ अहिले भोग्नुपर्ने भयो।" प्राय गरेर अविवाहित भनेका भर्खरै जागिर खान थालेका कम अनुभवी स्वास्थ्यकर्मी हुन्छन्। अविवाहितहरुका श्रीमान/ श्रीमती पो हुँदैनन, परिवार त हुन्छ नि। र यस्ता बक्कम्फुसे निर्णय भनेका कनिष्ठहरुलाई जसरी भए नि पेल्ने दुषित मनस्थितिबाट उब्जेका षड्यन्त्र हुन्। के यस्ता कुरामा सरकारले ध्यान दिएको छ?

महामारी हाम्रो संघारमा छ। तर यस्तो विपतको घडीमा पनि सरकार निकट केही नेताका कुरा सुन्दा उनीहरु संकटमा चौका हान्न व्यग्र रहेको भान हुन्छ । नेकपाका केन्द्रिय समितिका एक नेताले ' सरकारमा भटाभट निर्णय गर्न सक्ने गोकुल बाँस्कोटाको कमीको अनुभव भएको कुरा सामाजिक सञ्जालमा पोखेका थिए। भर्खरै भ्रष्टाचारको आरोप लागेर सरकारबाट बाहिरिएका पूर्वमन्त्री बारे बिना संकोच यसरी बोल्नुले उनको नियत उदांग पारेको छ। संकटको बेला सबैभन्दा मूल्यवान कुरा भनेको नेताको नियत हो, जुन गोकुल बास्कोटाको छर्लङ्ग भैसकेको छ। यस्तो निच तर्क राख्ने उनलाई यस  पंक्तिकारको एउटै सुझाव - ' भटाभट निर्णय लिने क्षमता त चाल्स सोभराज सँग पनि होला, कुनै मन्त्रालयमा नियुक्ति दिए भैहाल्यो नि।'

यस  महामारीका विरुद्ध लड्न सरकारको तयारी कस्तो छ भनेर बुझ्न टाढा जानै पर्दैन। स्वास्थ्य सचिव सँगे र स्वास्थ्य सेवा विभागका प्रमुक स्वास्थ्य मन्त्रीकै अगाडी एक आपसमा  पाखुरा सुर्किदा पनि मन्त्री टुलुटुलु हेर्छन्।

स्वास्थ्य मन्त्री पि.पि.इ. भनेको केहो बुझ्दिन भन्छन्, अनि स्वास्थ्य सचिव विश्व स्वास्थ्य संगठनको गाइड लाइन बिपरित शंका लागेका बिरामीलाई चेकजाँच गर्न पि.पि.इ नचाहिने ठोकुवा गर्छन्। अग्रपंक्तिमा सबैभन्दा कम अनुभव भएका स्वास्थ्यकर्मीलाई खटाउने निर्णय हुन्छ। गाईको गोठ बनाउने हौसियत नभएकाले केही घण्टामा अस्पताल नै बनाएको ठोकुवा गर्छन्।  मौका ढुकेर बसेकाहरू भ्रष्टाचार आरोपितलाई फेरि सरकारमा ल्याउन सकिन्छ कि भनेर न्वारानदेखिको बल प्रयोग गर्छन्।  

दिन बिराएर अस्पतालमा भर्ना हुने प्रधानमन्त्री अस्पतालकै बेडबाट भएनि  देशको सारथि बनिराख्ने दृढ इच्छा व्यक्त गर्छन्।  र, यस्तो हरिबिजोग परिस्थितिमा पनि स्वास्थ्यकर्मी कोभिड १९ नामक महामारीसँग जुध्न कम्मर कसिसकेका छन्। यी वीर सिपाही र आम नेपाली जनतालाई श्री पशुपतिनाथले सदा रक्षा गरून्। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किन तानिए सिराहाका सिडिओ पौडेल ?
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्