• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोना सकिएपछि खोज्नेछ फुटबलले आफ्नो विजेता

64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  १३:१२
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण विश्व फुटबल ठप्प छ। रोकिएका लिगहरु कहिले कसरी सुरु हुन्छन् भन्ने ठेगान छैन। केही खेलाडी र प्रशिक्षकमा पनि संक्रमण देखिएको छ। यसैले खेलाडीहरु ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। 

महत्वपूर्ण लिग फुटबलहरु स्थगित छन्। अन्य गतिविधि ठप्प छन्। जसले गर्दा केही क्लबले खेलाडीको तलब घटाउने घोषणा गरिसकेका छन् भने आउँदो सिजन हुने ट्रान्सफरमा पनि असर पर्ने देखिएको छ। 

कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्लबहरुलाई समेत सहज हुनेगरी केही नियम ल्याउने तयारी पनि गरिरहेको छ।

रोकिएका लिगहरु कसरी सकाउने भन्ने विषयमा छलफलहरु देखिएका छन्। पहिलो त कोरोना भाइरसको संकट टरेपछि रोकिएको खेल सुरु गर्ने विषयमा छलफल केन्द्रित देखिन्छ। अर्को त अवस्था केही साम्य भएपछि बन्द रंगशालामा खेल गर्ने भन्ने विषयमा पनि कुराकानी भइरहेका छन्। च्याम्पियन्स लिग र युरोपा लिग जस्ता प्रतियोगिताको नकआउट चरण दुई लेगमा नगरी एक खेलमा नै निर्णय गर्ने गरी युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले तयारी गरिरहेको छ। 

च्याम्पियन्स लिग र युरोपा लिगबाहेक पनि युरोपभर लिग फुटबलले आफ्नो विजेता टिम पाएको छैन। युरोकप फुटबल २०२१ मा गर्नेगरी मिति सरेकाले आउँदो सिजन पनि त्यसअघि नै सकाउनुपर्नेछ। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्। 

प्रिमियर लिग

इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्।

Ncell 2
Ncell 2
nimb
nimb

हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ। अप्रिल ३० सम्मका लागि खेल स्थगित भनिए पनि त्यसपछि पनि सुरु गर्न कठीन छ। 

ला लिगा

स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच यो सिजन उपाधि भिडन्त रोचक हुने देखिएको थियो। तर कोरोनाका कारण खेल स्थगित भएसँगै त्यो रोमाञ्चकता पनि सकिएको छ।

Xtrem

Xtrem

२७ खेल सकिँदा ५८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो। दोस्रोमा रहेको रियल मड्रिडको ५६ अंक छ। अहिले स्थगित रहेको खेल कहिले हुने भन्ने यकिन छैन। 

सिरी ए

युरोपमा कोराना भाइरसको सबैभन्दा ज्यादा त्रासदी इटालीमा नै देखिन्छ। जहाँ इटालियन सिरी ए मा पनि यो सिजन उपाधि होड प्रतिस्पर्धात्मक देखिन्छ। शीर्षमा रहेको युभेन्टस र दोस्रोमा रहेको लाजियोबीच एक अंकको मात्र फरक छ।

युभेन्टसको २६ खेलमा ६३ अंक छ भने लाजियोको २६ खेलमा नै ६२ अंक रहेको छ। एक खेल कम खेलेको इन्टर मिलान पनि २५ खेलमा ५४ अंकसहित नजिक नै देखिन्छ। सिरी ए अप्रिल ३ सम्म स्थगित भनिए पनि त्यसपछि पनि स्थगित हुने निश्चित छ। 

बुन्डेस लिगा

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख लगातार आठौँ उपाधिका लागि बढिरहेको छ। शीर्षमा रहेको बायर्न म्युनिखको २५ खेलमा ५५ अंक छ। दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डको २५ खेलमा ५१ अंक छ।

२८औँ चरणको खेलमा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीच भेट हुँदा उपाधिमाथिको दाबेदारी अझ प्रस्ट हुनेछ। खेलहरु अप्रिल २ सम्म स्थगित गरिने सूचना आए पनि कोरोना संक्रमणको अवस्था बढ्दो रुपमा रहेकाले त्यो कठिन देखिन्छ। 

लिग वान

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अरु क्लबले उछिन्ने छाँटकाँट देखिँदैन। पिएसजीको २७ खेलमा ६८ अंक भइसकेको छ। दोस्रोमा रहेको मार्सेलीको २८ खेलमा ५६ अंक रहेको छ। स्टार खेलाडीले भरिएको पिएसजीलाई उपाधि जित्न भने कहिलेसम्म पर्खनुपर्ने हो यकिन छैन। 

युरोपमा धेरै हेरिने यी लिगबाहेक अरु लिगहरुको अवस्था उस्तै छ। नेदरल्याण्ड्स र पोर्चुगलमा हुने लिगमा पनि उपाधि भिडन्त रोचक बनिरहे पनि कोरोना भाइरस नै बाधक बनिरहेको छ। नेदरल्याण्ड्समा आयाक्स र अल्कामरको प्रतिस्पर्धा देखिन्छ भने पोर्चुगलमा पोर्टो र बेनफिकाबीच प्रतिस्पर्धा देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्