• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारका लागि होइन, आफ्नै लागि घरमै बस्नुस् : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, चैत १२, २०७६  १८:४८
1140x725

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सोमबार लकडाउने गर्ने निर्णय गर्‍यो। लकडाउनका साथै सरकारले गरेका काम कारबाही, उपचारमा देखिएका चुनौती र सम्भावित जोखिम न्यूनीकरणका लागि भएका प्रयासका सम्बन्धमा नोभेल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः 

तपाईं नोभेल कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिले संयोजक पनि हुनुहुन्छ। यसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कसरी काम गरिरहेको छ? 
उच्चस्तरीय समन्वय समिति फागुन १७ गते बन्यो। त्यसपछि योजनाबद्ध ढंगले समितिले आफ्नो काम अघि बढाइरहेको छ। योजनाबद्ध ढंगले काम गरिरहेको भन्नुको अर्थ परिस्थितिको गम्भीरता कसरी देखा पर्दैछ भन्ने पहिलो कार्य हो। अन्य देशमा के भइरहेको छ हाम्रो देशमा के पर्छ समितिले बुझ्दै गयो। 

सबै पक्षसँग संवाद गर्दै गइयो। सर्वदलीय छलफल र सहमति समितिले गर्‍यो। अब हामी कोरोना भाइरस संक्रमण भएका बिरामीलाई उपचार गर्न छुट्टै अस्पताल चाहिन्छ भन्नेमा निश्चयमा पुग्यौं। त्यसको जिम्मा नेपाली सेनाले लिएको छ। केन्द्रीय कोष नबनाउने हो भने विपत्तिमा प्रभावकारी उपचार हुन सक्दैन। 

स्वास्थ्यकर्मीको लागि सामग्रीको अभाव रहेछ। हाम्रोमा ती सामग्री थिएनन्। बाहिरी देशमा पनि हायलकायल छ। यसै हप्ता स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री ल्याउने क्रममा छौं। देशबाट जहाज पठाएर भएपनि ल्याउने प्रक्रियामा छौं।

स्वास्थ्य उपकरणको अभावमा अप्ठ्यारो नपर्ने गरी हामी सबै काम गर्दछौं। जनतालाई सजग बनाउने, सचेत बनाउन र बाहिर हिडडुल गर्न हुँदैन भन्ने सचेत बनाइरहेका छौं। जनतालाई तपाईंको लागि मात्रै होइन, सबैको लागि हो भनिरहेका छौं। सरकारको लागि मात्रै होइन, तपाईंको लागि र परिवारको लागि, देशको लागि बन्दाबन्दी गरेका छौं। त्यसपछि परिस्थिति कुन रुपमा अघि बढ्नुपर्छ, सरकार त्यसै रूपमा अघि बढ्छ।

निजी अस्पतालहरूले बिरामीहरुलाई उपचार नगरी फर्काइरहेका छन्। डाक्टरहरूले उपचार गर्न मानिरहेका छैनन्। कारोना संक्रमण बढ्दै गइरहेको यस्तो अवस्थामा कसरी बिरामीको उपचार हुन्छ? 
कोरोना भाइरसको संक्रमण देखेर पनि मान्छेहरू आत्तिएका छन्। त्यसकारण पनि तर्सिएका होलान्। दोश्रो कुरा, स्वास्थ्य उपकरण पनि छैनन्। तेश्रो विषय, मानसिकताले पनि काम गरेको छ।

उपचारका लागि स्वास्थ्यकर्मीले उपचार तथा आफ्नै सुरक्षाको कुरा पनि उठाइरहेका छन् नि?
अस्पतालका मान्छेले यो सामग्री छैन भनेर बाहिर प्रचारबाजी गर्ने होइन। जे छ त्यसैको आधारमा अघि बढ्ने हो। अभाव कम गर्न छोटो समयमा पूर्ति गर्न लागिरहेको छ। 

त्यसको व्यवस्थापन गर्न सरकारलाई कति समय लाग्ला?
एक साता भित्र यी चिज उपलब्ध गराउँछौं।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशीले मेडिकल उपकरण दिने भन्दै आएका छन्। किन ढिलाई भइरहेको छ? 
हाम्रोमा उपलब्ध हुँदैन। बाहिरबाट ल्याउनैपर्छ। कति समय लाग्ने हामीले समय उपलब्ध गराउँछौं। 

लकडाउन कति समयसम्म जाला भनेर जनतामा व्यापक चासो छ। सरकारले कस्तो आँकलन गरेको छ?
यो अनुमानबाट चल्ने कुरा होइन। यो संक्रमणको गम्भीरता कसरी प्रकट हुँदै जान्छ त्यस आधारमा तय हुन्छ। मान्नुस् एकछिनलाई यो संक्रमणको कम देखियो भने छिट्टै पनि हुन सक्छ। साच्चिकै संक्रमणको गम्भीरता धेरै भयो भने लामो समयसम्म जान पनि सक्छ। 

लकडाउनले दैनिक ज्यालादारीमा काम गर्ने, अशक्त अपांगलगायत साना व्यवासायीले सरकारले प्याकेजमा सम्बोधन गर्नुपर्छ भन्दै आएको छन्। यस विषयमा केही सोचिएको छ? 
सबैभन्दा पहिले यो बुझ्नुपर्‍यो कि यो संकट सबैका लागि हो। त्यसकारण हामी सबै संकटमा छौं भन्ने बुझ्नु पर्‍यो। यो संकटको अवस्थामा मानसिक र भौतिक दुवै रूपमा तयार हुनुपर्‍यो। दोस्रो कुरा राज्यले जनतालाई आश्यकताका आधारमा मर्न दिँदैन। तर, संकट भएकाले संकट त आउँन सक्छ त्यस्तो बेला राज्यले गर्नुपर्ने आवश्यक सहयोग सबै गर्छ। राज्यले खेल्नु पर्ने भूमिका खेल्छ। 

नेपालमा कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा देखिएका मुख्य चुनौती के छन्? 
हामीले सामाजिक व्यवहारलाई सुधार गर्नुपर्छ। यो संक्रमण कुनै हावाबाट सर्ने होइन। यो व्यक्ति व्यक्तिबाट सर्ने हो। केही सामाजिक संस्कार र मनोरञ्जनमा परिवर्तन ल्याउन जरुरी छ। जस्तै चाडपर्व, बिहे, ब्रतबन्ध, भोजभतेरमा हिँडडुल  गर्ने, सिनेमा हेर्ने पौडी खेल्नेजस्ता जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारको लागि मात्रै होइन, तपाईंको लागि र परिवारको लागि, देशको लागि बन्दाबन्दी गरेका छौं। त्यसपछि परिस्थिति कुन रुपमा अघि बढ्नुपर्छ, सरकार त्यसै रूपमा अघि बढ्छ।

उपचारमा खटेका चिकित्सकलाई आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। कोरोनालगायत अन्य यस्तै खालका रोगको उपचार गर्न विशेष खालको अस्पताल आवश्यकता देखिएको छ। यस्ता अस्पताल केन्द्रमा मात्रै होइन, प्रदेश र स्थानीयतहमा बनाउनु पर्नेछ। यस्ता रोगको ल्याब परीक्षणको व्यवस्था गर्नु पर्नेछ। त्यो अभाव खड्केको छ। यो कोरोना संक्रमणबाट मुक्त भएपछि यस्ता काम अगाडि बढाउनुपर्ने देखिएको छ। 

चीनको वुहानबाट आएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखियो। भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखिएन भन्ने छ नि? 
त्यो व्यवस्थित कसरी हुन सक्छ? एकै दिनमा यसरी ह्वारह्वार्ती आएपछि कसरी व्यवस्थित हुन्छ? तर पनि उहाँहरूको स्वास्थ्य परीक्षण गरी परिचय लिएर ठेगाना लिएर जुनजुन प्रदेशका हुन्, त्यही प्रदेशमा विधिवत् रूपमा हस्तान्तरण  गरिएको छ। उहाँहरुलई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएका छौं। 

नेपालमा बसिरहेका विदेशीका सम्बन्धमा के हुँदैछ? 
विभिन्न देशबाट नेपालमा घुम्न आएका विदेशी आफ्नो देशमा जान जाहेमा पठाइन्छ। त्यो सबै व्यवस्था सम्बन्धित देशका नागरिकले आफै गर्नुपर्ने छ। यदि विदेश जान नचाहेमा अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नु पर्नेछ। उनको परीक्षण गरेर मात्रै आफ्नो देश जान्छन्।

अन्तमा स्वदेश तथा विदेशमा बसेका नेपालीलाई के भन्न चाहनु हुन्छ? 
यो संकट कुनै सरकार वा राजनीतिक पार्टीका मात्रै अगाडि आएको होइन। कुनै नेता वा मन्त्रीका लागि मात्रै पनि आएको होइन। यो संकट सबै आमजनताका लागि आएको हो। यो सिंगो मुलुकको लागि आइलागेको संकट हो। यो मानवताका लागि आईलागेको संकट हो। त्यस कारण हामी अलग पार्टी, धर्म, भाषाका हौंला, यस्तो अवस्थामा हामी सबै एकताबद्ध भएर समना गर्नुपर्छ। हाम्रा व्यवहारहरुलाई परिष्कृत गर्नुपर्ने छ। हाम्रा व्यवहारलाई सच्याउन जरुरी छ। 

सरकारले आम जनतालाई घरभित्र बस्न भनेको छ। त्यो सरकारका लागि भनेको होइन। त्यो हाम्रो पार्टीका लागि भनेको होइन। यो तपाईंहरूकै लागि हो। तपाईंहरूको परिवारको लागि भनेको हो। यो संक्रमणका विरुद्ध लड्न सबैभन्दा पहिले आफूलाई जिम्मेवार बनाऔं तब मात्रै कोराना विरुद्ध लड्न सकिन्छ। हामी सबै हातेमालो गरेर एकताबद्ध भएर अगाडि बढ्यौं भने यो संकटको सामना गर्न सक्छौं। अथवा संकटबाट निम्तिने जोखिम न्यूनीकरण गर्न सक्छौं।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्