• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्यासी चुरेपहाड : पानीको मुहान सुकेपछि बसाइँ सर्ने सोचमा स्थानीय

64x64
नेपाल लाइभ आइतबार, चैत २५, २०७४  १०:२८
1140x725

राजविराज- खडेरी र सुक्खा मौसमका कारण सप्तरी, सिरहा, उदयपुर लगायत चुरेपहाड आसपासका दर्जनौं बस्तीमा खानेपानीको संकट सुरु भएको छ।

चुरे पहाडदेखि बग्ने अधिकांश खोलाको मुहान सुक्न थालेपछि बस्तीमा भएका इनार, कुवा तथा ट्युवेलमा पानीको अभाव देखिन थालेको छ। नदीमा पानी सुकेपछि कतिपय खानेपानी योजना समेत प्रभावित भएका छन्।

सप्तरीको सप्तकोसी नगरपालिाका १, फत्तेपुरस्थित खोरियाटोलको सुख्खा क्षेत्रका लागि सञ्चालित अमाहा खानेपानी योजना पानी अभावकै कारण प्रभावित हुँदै आएको छ। आयोजनाका लागि पानी प्रयोग हुँदै आएको अमाहा खोलाको शाखा खोला (मूल खोला)मै पानी सुकेको स्थानीयले बताए। सरकारी स्तरबाट सुरु गरिएको यो योजना हाल समुदायले सञ्चालन गर्दै आएका छन्। 

‘खोलामा पानी बग्न छोडेपछि ट्यांकीमा पर्याप्त पानी जम्मा हुँदैन’, स्थानीय लालबहादुर विष्ट भन्छन्, ‘कहिलेकाहीँ त २/३ दिनसम्म पानी आउँदैन।’

योजना प्रभावित हुँदा यस क्षेत्रका करिब १ सय ५० घरधुरी खानेपानीको संकटमा पर्ने गरेका छन्। सुख्खा मौसममा पानी सुक्ने र वर्षा लागेपछि बाढीले पाइप बगाउने गर्दा अमाहा खानेपानी योजना भरपर्दो नभएको खोरियाटोलका बासिन्दाको गुनासो छ। इनार र ट्युवेलमा समेत पानी नआउने भएकाले यस क्षेत्रका लागि वैकल्पिक व्यवस्था खोज्नुपर्ने स्थानीयहरु बताउँछन्।

यसका साथै पानीको स्रोत सुक्न थालेपछि सप्तरीको गंगाजली, वलार्दह, रुपनगर, प्रिपापश्चिम, हर्दिया, कल्याणपुर, महुली लगायतका क्षेत्रमा खानेपानीको संकट गहिरिँदै गएको छ। 

‘पहाडबाट बग्ने खोलामा पानी बग्दैन, त्यसैले पहिलेको जस्तो जताजतै पानीको स्रोत अब छैन’, फत्तेपुरका युवा पारस दाहाल भन्छन्, ‘यस्तै अवस्था रह्यो भने १५/२० वर्षपछि चुरेको पुछारमा रहेका गाउँ पानीको संकटकै कारण विस्थापित हुनुपर्ने अवस्था आउँछ।’


फत्तेपुरमा खानेपानी आयोजनाको बेहाल

Ncell 2
Ncell 2
nimb
nimb

बढ्दो जनसंख्यासँगै वनजंगलको विकास र जलवायु परिर्वतनको असरले खोलामा पानीको मुहान सुक्न थालेको उनी बताउँछन्।

यति मात्रै होइन, चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने साना/ठूला गरी करिब ३ दर्जन खोलाको अवस्था यस्तै छ। जसमध्ये एक दर्जनभन्दा बढी खोला सिरहा र सप्तरीतर्फ तथा करिब २ दर्जन खोला उदयपुरतर्फ बग्ने गरेका छन्। सिरहाको बलान र सप्तरीको महुली, खाडो लगायतका खोलामा वर्षातको समयमा पानीभन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको छ। जमिनमुनिको पानीको स्रोत भास्सिँदै गएको र बालुवा थुप्रिँदै गएको स्थानीयहरु बताउँछन्।

पानीको स्रोत सुक्दै जाँदा उदयपुरको कटारी र त्रियुगा नगरपालिकासहित रिस्कु, भलायडाँडा, जोगीदह, हँडिया, सुन्दरपुर, चौदण्डी, मैनामैनी, लेखानी, मंयखु, डुम्रे, बर्रे, भलयडाँडा लगायतका क्षेत्र खानेपानीको समस्यामा छन। पानी अभावमा पहाडी क्षेत्रका गाविसका दर्जनौं बस्ती बसाइँ सरी त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा सरेका छन्। तर, अहिले त्यहाँ पनि स्रोत सुकेकाले समस्या भएको स्थानीय बताउँछन्।

Xtrem

Xtrem

पानी नहुँदा पशुपालन र कृषि व्यवसाय मात्र नभई मानिसले समेत संकट भोग्नुपरेपछि गुजारा गर्न गाह्रो हुन थालेको स्थानीयहरु बताउँछन्।

‘वर्षौंदेखि पानी खाएको कुवा सुकेको तीन वर्ष भयो’, उदयपुरको जोगीदह ३ की शकुन्तला चौधरी भन्छिन्, ‘अब चाहिँ ठाउँ नै छाड्ने सोचमा छौं।’ 

पानीको मुहान सुकेपछि सिरहाको तरेगना गोविन्दपुर र विष्णुपुरकट्टीका सयौं सर्वसाधारण बसाइसराइ गरेर अन्यत्र गएका छन् भने चन्द्रोउदयपुर, बडरामाल, कर्जना लगायतका क्षेत्रमा अहिले पनि पानीको समस्या यथावत् छ।

वनजंगलको विनास तथा जलवायु परिवर्तनका कारण खोलामा पानिको स्रोत सुकेको स्थानीयहरु बताउँछन्। २०७२ सालको भूकम्पका कारण पनि पानीका स्रोतमा असर पुगेको जानकारहरुको भनाइ छ। समयमै पर्याप्त वर्षा नहुँदा झन् संकट उत्पन्न भएको भन्दै सर्वसाधारणहरु अहिले पानीको वैकल्पिक स्रोतको खोजीमा जुटेका छन्।

प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्