• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

श्रमिक चोकमा दुखेसो : लकडाउन भएपनि छोराछोरी भोको भएको कसरी हेर्नु?

64x64
नेपाल लाइभ बुधबार, चैत १२, २०७६  १७:४७
1140x725

नयाँ दिल्ली- कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरेका छन्। उनले जनतालाई घरभित्रै बस्न आग्रह गरेका छन्। तर उनीहरू दैनिक सामग्री खरिदका लागि भन्दै बजारमा भिड लाग्न भने छोडेको छैन। 

बिबिसीका लागि विवेक पाण्डेले कामदारको दैनिकीको बारेमा तयार पारेको फिचर
मजदुरहरूको भेला हुने भारत नोयडाको श्रमिक चोकमा सँधै चिच्याहट लाग्दो हुने गर्छ। यहाँ हजारौं मजदुर कन्सट्रक्सनको मजदुरी खोज्न भेला हुने गर्दछन्। 

सानो गल्लीले छुट्टाएको दिल्लीको उपनगर मजदुर छान्नका लागि हट स्पट हो। यहाँ बिल्डर्सहरुले कामका मजदुर यहीँ आएर छानेर लैजाने गर्छन्। यहाँ हरेक बिहान उनीहरु भेला हुन्छन्। ठेकेदार आउछ‚ काममा लैजान्छ। त्यही दैनिकीबाट उनीहरुको घर चल्छ। 

हिजोको लकडाउनको घोषणापछि यहाँ पुग्दा यो क्षेत्र सुनसान थियो। केवल चराहरुको आवाजले मात्र वातावरण गुन्जिएको थियो। सँधै मानिसको चिच्याहट र कोलाहल हुने यो क्षेत्र आज अर्कै देखिएको थियो। 

यहीँ शान्त रहेको अर्को कुनामा मैले केही मानिसहरु मुख कुल्ला गर्दै गरेको देखें। म सतर्कताका साथ उनीहरुबाट दूरी कायम गर्दै सोधें‚ ‘तपाईंहरुले लकडाउनलाई पालना गरिरहनुभएको छ?’ 

Ali Hassan

मेरो प्रश्न खस्न नपाउँदै एक मजदुर रमेश कुमार भने‚ ‘खै हामीलाई काम दिने कोही पनि आएनन् तर पनि कोही आउला कि भन्ने आशमा बसेका छौं।’ रमेश कुमार यहाँ उत्तर प्रदेशको बनदा जिल्लाबाट आएर केही वर्षदेखि कन्सट्रक्सनको क्षेत्रमा मजदुरी गरिरहेका छन्।

‘म यो मजदुरीबाट दैनिक ६ सय रुपैयाँ कमाउथें, मेरो घरमा पाँच जनाको परिवार खानका लागि ममा निर्भर छन्,’ उनले भने‚ ‘म यो कोरोना भइरसको जोखिम जान्दछु। तर म आफ्ना छोरोछोरी भोको भएको कसरी हेर्न सक्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

दैनिक ज्याला मजदुरी गर्ने हजारौं श्रमिकहरुको समस्या रमेशकुमारको जस्तै छ। प्रधानमन्त्रीले तीन साताका लागि लकडाउन घोषणा गरेकाले अब उनीहरुको यो अवधीसम्म यस्तै अवस्था हुने निश्चितप्रायः छ। केही दिनपछि दैनिक मजदुरी गर्नेहरुका लागि खाद्यान्नहरु पनि पाउन मुस्किल हुने उच्च सम्भावना छ।

किसनलाल इलाहावादको दक्षिणी शहरबाट आएर यहाँ रिक्सा चालकको रुपमा कार्यरत छन्। उनले चार दिनदेखि एक रुपैयाँ पनि  कमाउन सकेका छैनन्। भारतमा ५०० मानिसमा कोरोना संक्रमित भएको पाइएको छ भने १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। 

Kishan Lal lies next to his unused rickshaw

धेरै जसो राज्य सरकारले उत्तर प्रदेश, केरला, दिल्लीलगायतले रमेशकुमार जस्ताहरुको बैंक खातामा केही रकम पठाउने वाचा त गरेको छ तर लागू भइसेकको देखिँदैन। प्रधानमन्त्री मोदी सरकारले पनि लकडाउनका कारण प्रत्यक्ष प्रभाव परेका दैनिक ज्यालादारी मजदुरहरुको बारेमा विशेष ध्यान दिने त भनेको छ। तर त्यहाँ धेरै प्राविधिक चुनौती बाँकी नै छन्।

कम्तीमा ९० प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा कार्यरत छन्। आइएलओका अनुसार सेक्युरिटी गार्ड, सफाइकर्मी रिक्सा चालक, सडक मजदुर, फोहोरो संकलन गर्ने र घरेलु कामदारहरु धेरै रहेका छन्।

उनीहरुसँग पेन्सन हुँदैन, उपचार बिदा हुँदैन, बिदामा पैसा आउँदैन र कुनै पनि प्रकारको इन्स्योरेन्स हुँदैन। यतिसम्म कि उनीहरुको कुनै बैंक खाता पनि हुँदैन। उनीहरु दैनिक प्राप्त नगदबाटै गुजारा चलाउँदै आएका छन्। 

यसरी रहेका मजदुरहरु अधिकांश अन्य क्षेत्रबाट बसाईं सरेर आएकाहरू छन्। उनीहरु काम पाउने क्षेत्रमा आवतजावत गर्ने गरिरहने भएकाले एक क्षेत्रमा स्थायी रुपमा बस्न सक्दैनन्। काम पाउनकै लागि एक क्षेत्रबाट अर्को क्षेत्रमा सरिरहने भएकाले उनीहरूको गणनामा पनि समस्या छ। 

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले यो ठूलो चुनौती भएको भन्दै ध्यान राख्नुपर्ने बताए। 

‘यस्तो अवस्थामा  सरकारले तदारुकता देखाउन जरुरी हुन्छ, मानिसहरू घरभित्रै बन्द हुने भएकाले उनीहरुको आवश्यकताअनुसारको खाद्यान्न, तरकारीलगायतका वस्तु वितरण र खरिद गर्ने स्थान व्यवस्थापन गरिनुपर्दछ‚’ यादवले भने। 

उनी खासगरी आफ्नै राज्य उत्तर प्रदेशको चिन्तामा छन्। किनकी यहाँ धेरै जनसंख्या छ। 

‘हामीलाई ठूलो चुनौती भनेको मानिसलाई बाहिर निस्कन, एक शहरबाट अर्को शहरमा जान रोक्नु नै हो‚’ उनले भने‚ ‘सामाजिक हेलमेल रोक्न र खाद्यान्नहरुको जोहोको नाममा हुने भिडलाई नियन्त्रण गर्न कठिन छ। त्यस्तै, मानिसहरू आपतकालीन अवस्था भयो भन्दै गाउँ फर्कन खोज्ने भएकाले यो समस्या पनि हुनेछ।’ 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा रहेका र बाहिर राज्यबाट आएका सबै दैनिक मजदुरहरुलाई राज्य सरकारले सहयोग गर्ने बताएका छन्। भारतीय रेल्वे सेवा पनि मार्च ३१ सम्मका लागि बन्द रहेको छ। यहाँ दैनिक सयौं मजदुरहरु कार्यरत रहेका थिए।

उनीहरु पनि दैनिक पनि प्रभावित भएको छ। हजारौं मजदुरहरु लकडाउन हुनुअघि आफ्नो गाउँमा प्रवेशका लागि दिल्ली, मुम्बई र अहमदावादमा लाइन लागेका थिए। यो एक प्रकारको रोग सर्नसक्ने जोखिम थियो । सामूहिक रुपमा मानिसहरु यसरी भेला हुनुले रोग समुदायमा सर्ने जोखिम वृद्धि हुने गर्दछ। 

किसनलाल जो रिक्सा चलाउदै आएका छन् उनले चार दिनदेखि एक रुपैयाँ आर्जन गर्न नसक्दा चिन्तामा छन्। 

‘मलाई पैसा कमाउन जरुरी छ किनकी मेरो परिवारलाई कमाएर खुवाउने ममात्रै हो।’ उनले भने‚ ‘सरकारले हामीलाई पैसा दिने भनेको सुनेको छु तर मैले कसरी पाउँछु‚ केही थाहा छैन।’ किसनलालका साथी हुन् अली हुसेन जो सफाई मजदुरको काम गर्दछन्।

उनी अहिले खाना किन्नका लागि पैसाविहीन भएका छन्। ‘दुई दिनदेखि पसलहरु बन्द छन्, मैले काम पनि पाएको छैन, काम गरेबापतको पैसा पनि पाएको छैन‚’ उनले दुखेसो पोखे‚ ‘कहिले खुल्छ केही थाहा छैन, म धेरै तनावमा छु मेरो परिवार छ कसरी उनीहरुलाई बचाउने हो थाहा छैन।’ 

हजारौं भारतीयहरु सडक व्यपारबाट  दैनिक गुजारा गर्दै आएका थिए। ती मानिसहरू जसका साना व्यवसाय थिए‚ उनीहरु अहिले बिचल्लीमा परेका छन्।

सडकमा युवाहरुलाई लक्षित गरेर चिसो बेच्दै आएका मोहमद सविर अहिले दिक्क मानिरहेका छन्। गर्मीको सिजन भर्खर सुरु भएकाले उनले आफ्नो व्यवसाय चलाउन दुईजना मानिस पनि राखेका थिए तर यही समयमा कोरोना फैलिएर बन्द गर्न परेको छ। उनी यो सिजनमा आर्जन गरेर वर्षभरि पुर्‍याउने गर्थे।

Mohammed Sabir sat at his tiny stall selling yogurt-based drinks

‘म अहिले उनीहरुलाई पैसा दिन सक्ने अवस्थामा छैन। आफ्नै परिवारलाई धान्न सक्ने पनि पैसा छैन‚’ उनले भने ‘हामी गाउँमा किसानी गरेर केही कमाउथ्यौं तर यो वर्ष असिनाका कारण बाली नष्ट भएकाले मेरो सहयोगको आस गरिरहेका थिए।’ कोरोना भाइरसका कारण निकै असहज समय आएको उनले बताए। 

‘म आफैं  सहयोगविहीन भएको छु‚’ उनले भने‚ ‘मलाई डर लागिरहेको छ‚ कतै भोकमरीले हामीलाई कोरोना भाइरस हुनुअघि नै त मार्दैन!’ 
देशमा सबै गतिविधी बन्द छन्। कोरोनाको प्रभावमा परेको अर्को क्षेत्र पर्यटकीय क्षेत्र पनि हो। 

तेजपाल कस्यप जो इन्डिया गेटमा फोटोग्राफी गरेर गुजारा चलाइरहेका थिए‚ उनी पनि अहिले निराश छन्। उनको अनुभवमा यस्तो अवस्था आजसम्म देखेका थिएनन्। 

‘गत दुई हप्तादेखि म कामविहीन छु‚ जुन समयमा लकडाउन नै सुरु भएको थिएन, पर्यटकहरु आउन बन्द भए‚’ उनले भने‚ ‘अब त देश नै लकडाउन छ के हुनु, यो अवस्थामा म गाउँ फर्कन पनि सक्दिन न त काम नै गर्न सक्छु।’ आफू दिल्लीमा बिचल्लीमा रहेको र उता गाउँ उत्तर प्रदेशमा रहेको आफ्नो परिवार पनि अप्ठारोमा परेको उनले बताए। 

Tejpal Kashyap, a photographer, at the iconic India Gate in Delhi,

ट्याक्सी चालकहरु उबेर र ओला पनि यस्तै समस्यासँग जुधिरहेका छन्। जगदिश चौधरी जो ट्याक्सी चलाएर दैनिकी चलाइरहेका थिए। उनी दिल्ली एयरलाइन्सका कामदार हुन्। उनी सरकारले यस्तो अवस्थामा सहयोग गर्नुपर्ने बताउँछन्।

‘मलाई थाहा छ लकडाउनको महत्व, कोरोना भाइरस खतरनाक भाइरस हो। हामीले यसबाट बच्नुपर्छ तर हामीसँगै आश्रित परिवार पनि छन्‚’ उनले भने‚ ‘काम नहुने हो भने उनीहरुलाई कसरी पाल्ने? लकडाउन तीन हप्तासम्म हुने भनिएको छ।’ 

केही सडकका मानिसले भने कोरोना भाइरस नाम सुनेपनि बुझेका छैनन्। सडकमा जुत्ता सिलाउने काम गर्ने एक व्यक्ति(जसले आफ्नो नाम खुलाउन चाहेनन्) पनि यही पीडामा छन्। 

उनी लामो समयदेखि अहमदावादको रेल स्टेशनमा मानिसहरुको जुत्तामा पोलिस लगाउने काम गर्दै आएका थिए अहिले कामविहीन भएका छन्। उसलाई कोरोना भाइरसका बारेमा केही जानकारी छैन। उ आजभोली किन मानिसहरु पोलिस गर्न आउँदैनन् छक्क परेका छन्।

‘मलाई थाहा छैन के भएको हो, किन मानिसहरु यात्रा गरिरहेका छैनन् र रेल चढ्न किन आउँदैनन् र किन रेल बन्द भयो‚’ उनले भने। 

बिनोद प्रजापती जो सडकमा पानी बेचेर गुजारा गर्थे। रेल स्टेशनमा आउने जाने मानिसहरुलाई उनी पानी बेच्ने गर्थे।

‘मलाई थाहा छ कोरोना भाइरस धेरै डरलाग्दो रोग हो, विश्व नै यसको शिकार भएको छ‚’ उनले भने‚ ‘सबै मानिसहरुलाई घरमै बस्न भनिएको छ, मजस्तै मानिसहरुलाई पनि बाहिर ननिस्कन भनिएको छ तर हामीजस्ताले सुरक्षा रोज्ने की भोक? म कुनलाई चुनौं?’

बिबिसीबाट भावानुवाद

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्