काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले उपत्यकाभित्रका प्रमुख वित्तीय कारोबार हुने क्षेत्रका शाखा कार्यालयहरु खोल्ने भएको छ। नेपाल सरकारले एक साताको लागि लकडाउन गरे पनि वाणिज्य बैंकले ६ स्थानका शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएको हो।
नयाँ बानेश्वर, महाराजगञ्ज, पाटन, भक्तपुर, केन्द्रीय कार्यालयसहित ६ स्थानका शाखा कार्यालय सञ्चालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। उक्त शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।
ग्राहकहरुले उक्त शाखा कार्यालयबाट पैसा झिक्ने, जम्मा गर्ने र रेमिट्यान्सको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए। प्रत्येक शाखा कार्यालयमा दुई जनाको लागि जिल्ला प्रसासन कार्यालयबाट हिडडुल गर्ने अनुमति लिइएको छ। अत्यावश्यक रुपमा पर्न आउने बैंकिङ सुविधा प्रदान गर्न बैंकले आफ्ना काउन्टर खुला गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।