काठमाडौं– २५ हजार रुपैयाँ घुससहित २ प्रहरी जवान पक्राउ परेको घटनामा इन्सपेक्टरकै संलग्नता देखिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका इन्सपेक्टर काले बम्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
गत चैत १३ गते आयोगले सशस्त्र प्रहरी जवान ठाकुर खत्री र नवीन खड्कालाई भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको थियो।
बयानको क्रममा इन्सपेक्टरकै निर्देशनमा घुस लिएको बताएपछि इन्सपेक्टर लामालाई पनि पक्राउ गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।