काठमाडौं– सिनामंगलमा आफ्नै साथीको हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशलाले अमित भन्ने मिनबहादुर पौडेल र मोटे भन्ने सरोज श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरुले चैत २१ गते बेलुका सिनामंगलको भत्केको पुलमुनि रामेछापका ज्ञाने राईको हत्या गरेका थिए।
महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार उनीहरु तीनै जना सडकमा सुत्ने व्यक्ति हुन्। पुलमुनि सुत्ने ठाउँको विषयमा विवाद भएपछि उनीहरुले ढुंगाले हानेर राईको हत्या गरेका थिए। मदिरा पिएकाले सानो विषयमा उनीहरुले झगडा गरेका थिए। हत्यामा संलग्न एकजना फरार छन्।
पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।