• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फुटबलमा देखिएको संकट

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १७:०९
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व खेलकुद ठप्प छ। खेलाडी र प्रशिक्षकमा समेत कोरोना संक्रमण देखिएका छन्। ठूला प्रतियोगिताको मिति सारिएका छन्। यसले फुटबल जगतमा संकटका केही अवस्थाहरु देखिन्छन्। 

फुटबल क्लबहरु अब के हुन्छ भन्ने प्रश्नको खोजिमा लागेका छन्। रोकिएका खेलहरु कहिले सुरु हुने भन्ने यकिन छैन। युरोपमा बढिरहेको कोरोना संक्रमणले खेल जगतमा संकट थप्दै लगेको छ। 

महत्वपूर्ण लिग फुटबलहरु स्थगित छन्। अन्य गतिविधि ठप्प छन्। जसले गर्दा केही क्लबले खेलाडीको तलब घटाउने घोषणा गरिसकेका छन् भने आउँदो सिजन हुने ट्रान्सफरमा पनि असर पर्ने देखिएको छ। 

कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्। 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले क्लबहरुलाई समेत सहज हुनेगरी केही नियम ल्याउने तयारी पनि गरिरहेको छ। 

टिमहरु वेडर बर्मेन, बोरुसिया मोन्चेग्लाबाच, लायोन र हर्टस् जस्ता क्लबले त केही खेलाडीलाई बिदा गर्ने र केही खेलाडीको तलब कम गर्ने गरी काम अगाडि बढाइसकेका छन्। विशेष त क्लबको आम्दानी पूरा बन्द भएको भन्दै ती क्लबले यस्तो कदम चाल्नुपरेको बताएका छन्। 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले क्लबहरुलाई सहज वातावरण बनाइदिन काम गरिने बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले विशेष गरी युरोपियन लिग फुटबलमा केही संकटहरु देखिन्छन्, 

लिग कसरी सकिन्छ? 
रोकिएका लिगहरु कसरी सकाउने भन्ने विषयमा छलफलहरु देखिएका छन्। पहिलो त कोरोना भाइरसको संकट टरेपछि रोकिएको खेल सुरु गर्ने विषयमा छलफल केन्द्रित देखिन्छ। अर्को त अवस्था केही साम्य भएपछि बन्द रंगशालामा खेल गर्ने भन्ने विषयमा पनि कुराकानी भइरहेका छन्। 

अब लिग यत्तिकै सकिने हो कि भन्नेमा पनि केही क्लबहरु लागिपरेका देखिन्छन्। तर यहि अवस्थामा लिग सकाउँदा विजेता बन्न सक्ने क्लबलाई भन्दा रेलिगेसनमा रहने क्लबलाई ठूलो संकट पर्ने हुँदा युइएफए त्यस्तो गर्ने अवस्थामा छैन। तर कोरोनाको यो संकट कति लम्बिन्छ भन्ने कुराले नै अगाडि के हुन्छ भन्ने कुराको निक्योल गर्नेछ। 

विनाशको डर
क्लबहरुको कमाइको बाटो बन्द भएका छन्। खेल बन्द छन्, जसले क्लबहरुले टेलिभिजनमार्फत गर्ने विज्ञापन कमाइ पनि ठप्प छ। कमाइ र खर्चको अनुपात मिलाउने समस्यामा क्लबहरु देखिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो परिस्थिति साम्य भएपछि पनि क्लबहरु कसरी पुरानो अवस्थामा फर्कन्छन् भन्ने यकिन छैन। युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आर्थिक कारोबारसम्बन्धी नियमका कारण पनि नयाँ सिजनमा खेलाडी किन्न समस्या हुने देखिन्छ। 

खेलाडीको भरमा 
धेरै क्लबहरु आफ्ना खेलाडीले पाइरहेको तलब कम गर्न सम्झौता गरुन् भन्नेमा छन्। केही क्लबहरुले खेलाडीलाई रकम कम गर्ने विषयमा पनि कुराकानी गरिरहेका छन्। 

प्रायले १० देखि २० प्रतिशत तलब कम गराउने गरी खेलाडीसँग सम्झौता गर्दै छन्। केही खेलाडीहरु आर्थिक सहयोग गर्न पनि तयार देखिन्छन्। विश्वमै ठूलो कमाइ गर्नेमध्येको स्पेनिस क्लब बार्सिलोनाले समेत खेलाडीको तलब कम गर्ने विषयमा कुराकानी गरेको छ। 

नर्वेको राष्ट्रिय टिमका प्रशिक्षक लार्स लाजरब्याकले आफूले पाउँदै आएको तलबमा २० प्रतिशत कम गरिदिन क्बलसँग मञ्जुरी गरेका छन्। उनको निर्णयपछि नै सहायक प्रशिक्षक पर जोर हानसेन र महिला टिमका प्रशिक्षक मार्टिन सोजरेन पनि तलब कम गर्न राजी भएका छन्। 

यस्तोमा स्वीट्जरल्याण्डको क्लब सिओनमा तलब कम गर्न नमान्ने खेलाडीहरुलाई क्लबले निश्कासन गर्ने बताएको छ। त्यसले बाँकी रहेका क्लबहरुमा पनि डर बढेको देखिन्छ। 

जुन ३० मा सकिने सम्झौता
जुनसम्ममा सम्झौता सकिने खेलाडीहरु र लोनमा रहेका खेलाडीहरु पनि यसले समस्यामा परेका छन्। 

धेरैले अहिले नै खेलहरु रोकिएकाले बाँकी रहेको समयसम्म सम्झौता सकाउन नहुने बताइरहेका छन् भने क्लबहरु नै आर्थिक संकटमा रहेकाले पनि सबै खेलाडीलाई अघि बढाउने मनस्थितिमा देखिँदैनन्। 

ठूला ट्रान्सफरमा डर   
कुनै पनि क्लबले नयाँ ट्रान्सफरको ग्यारेन्टी गर्न सक्ने अवस्था छैन। आय के हुने, लगानी कहाँबाट ल्याउने भन्ने हरेक क्लबलाई समस्या छ। यस्तो भयावह अवस्था अझै केही हप्ता बढ्ने हो भने त्यसबाट बाहिर निस्कन क्लबहरुलाई लामो समय लाग्नेछ। 

अहिले सिजनका बाँकी खेल सकाउनेमा मात्रै धेरैको ध्यान गइरहे पनि त्यसपछि के हुने भन्नेमा बहस राम्ररी सुरु भएकै छैनन्। 

अहिलेको अवस्थामा हेर्दा एक सय मिलियन युरोभन्दा बढी रकम पर्ने नौं खेलाडीहरु देखिएका छन्। जसमा नेमार, केलियन एमबाप्पे, फिलिप कोउटिन्हो, योआओ फेलिक्स, उसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान, क्रिष्टियानो रोनाल्डो, पोउल पोग्बा र इडन हाजार्ड रहेका छन्। 

खेलाडी किनबेचमा कम समय
यही अवस्था बढ्दै गएमा अर्को सिजनका लागि हुनुपर्ने खेलाडी किनबेचमा पनि धेरै समय क्लबहरुलाई मिल्ने छैन। नयाँ टिमको जोड मिलाउन संकट पर्दा त्यसको असर आउने सिजनमा पनि देखिनेछ। 

समय कम हुने वित्तिकै धेरै खेलाडी किनबेचको सम्भावना पनि रहँदैन। किनभने २०२१ मा युरो कप गर्ने नयाँ तालिकाअनुसार २०२०-२१ को फुटबल सिजन पनि त्यसअघि नै सकाउनुपर्ने चुनौती रहन्छ। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्