• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खाडीमा नेपाली अलपत्र परेका उजुरी बढे, उद्धार कसले गर्ने?

64x64
निर्मला घिमिरे शनिबार, चैत ८, २०७६  १३:१५
1140x725

काठमाडौं- ‘मेरो छोरा ५ महिनाअघि दुबई गएको। ५ दिन अगाडिदेखि उसले खान पाएको छैन रे, रुखमा कहाँ भोकै बसेको छ रे। म यतैबाट पैसा पठाइदिन्छु मेरो छोरालाई खान देओ भनेर भनेँ तर खान दिएको छैन रे, जसरी हुन्छ उद्धार गर्नुपर्‍याे।’ बाराकी शिवकुमारी धिताल वैदेशिक रोजगार विभागमा गुनासो गरिरहेकी थिइन्।

उनले छोरा राजेश धितालको तत्काल उद्धार गरिपाउँ भन्दै विभागमा उजुरी दिएकी छन्।

यस्तै कैलालीका रोशन सुनारले आफन्त मुकेश घिमिरे साउदीमा समस्यामा परेको भन्दै तत्काल उद्धार गरिपाउँ भनेर विभागमा उजुरी दिएका छन्। वेटर कामका लागि भन्दै अलएसमास म्यानपावर कम्पनीमार्फत् साउदी पुगेका उनलाई कम्पनीले भाँडा माझ्ने काम लगाएको तर पारिश्रमिक नदिएकाले समस्यामा रहेको भन्दै उद्धार गरिनुपर्ने उजुरीमा उल्लेख छ।

पछिल्लो समय खाडीलगायतका मुलुकमा विभिन्न समस्या देखाउँदै उद्धारका लागि उजुरी बढेको विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले बताए। ‘पछिल्लो समय आफन्त विदेशमा समस्यामा रहेकाले उद्धार गरिपाउँ भन्ने खालका उजुरी बढेका छन्‚’ निर्देशक ज्ञवालीले नेपाल लाइभसँग भने। अहिले दैनिक ५ वटाभन्दा बढी उद्धारका लागि उजुरी आइरहेको विभागले जनाएको छ।

कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले शुक्रबार मध्यरातको १२ बजेबाट कोरोना अतिप्रभावित मुलुकबाट आवागमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सो पश्चात यूरोपेली मुलुकहरु, पश्चिम एसियाली मुलुकहरु, खाडीसँगै इरान, दक्षिण कोरिया, जापानलगायतका मुलुकबाट मार्च २० देखि अप्रिल १५ सम्म ती मुलुकका नागरिकमात्र होइनन्, त्यहाँ रहेका नेपाली पनि नेपाल प्रवेश गर्न पाउने छैनन्। ती मुलुकलाई ट्रान्जिट बनाई आउनसमेत प्रतिबन्ध लगाइएको छ।

Ncell 2
Ncell 2

उद्धार कसले गर्ने? 
गन्तव्य मुलुकबाट आवागमनमा प्रतिबन्ध लगाएपछि अलपत्र परेका नेपालीहरुको उद्धार हुने की नहुने त?, उद्धार गरेर नेपाल ल्याउने वा कुटनीतिक पहल गरी गन्तव्य मुलुकमै समस्याको हल गर्ने? यस विषयमा सरकारले स्पष्ट जवाफ दिएको छैन। 

समस्यामा पर्दा उद्धार हुन्छ : श्रम मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य मुलुकस्थित नेपालीहरु समस्यामा परे उद्धारको काम नरोकिने जनाएको छ। तर उद्धार गरेर स्वदेश फिर्ती गर्ने वा गन्तव्य मुलुकमै सुरक्षित वातावरण मिलाउने भन्ने विषयमा खुलाइएको छैन। 

‘उद्धार नियमित काम हो, समस्यामा परेका नेपाली नागरिकको उद्धार हुन्छ’ श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले नेपाल लाइभसँग भने। 

जहाँ नेपाली त्यहाँ सरकार : परराष्ट्र मन्त्री ज्ञवाली 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जहाँ नेपाली त्यहाँ सरकार रहेको बताएका छन्। ‘सरकार नेपाली जनताको अभिभावक हो, नेपालीहरु जहाँ समस्यामा हुनुहुन्छ त्यहाँ सरकार छ। गन्तव्य मुलुकस्थित नेपालीहरु समस्यामा परेमा उद्धार हुन्छ‚’ नेपाल लाइभसँग बोल्दै मन्त्री ज्ञवालीले भने।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस बुधबार, माघ १४, २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्